२०८३ कार्तिक १२ गते बुधबार

अस्तायो नेपाली साहित्यको एउटा प्रदीप्त नक्षत्र

 |  रुद्र बराल
Sanket

रुद्र बराल

काठमाडौँ, चैत १
leelbahadur_kshetri

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ। भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो।

उपन्यास, निबन्ध र नाटकमा कलम चलाउने क्षेत्री नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएवापत जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए। उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरिएको थियो।

सन् १९३३ मार्च १ मा भारत गुवाहटी टकौबारीको पुलिस रिजर्भमा प्रेमबहादुर छेत्री र पवित्रा देवीका सन्तानका रूपमा जन्मिएका लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा (२०२५ मार्च १३) मा निधन भएको हो।

बिहीवार राति स्थानीय समयअनुसार १०:१० बजे गुवाहाटी मरिखालीस्थित आफ्नै निवासमा उनको निधन भएको हो। उनका दुई श्रीमती, दुई छोरा, दुई बुहारी र चारजना नाति-नातिना छन्।

असममा जन्म भएर सिलाङमा बाल्यकाल बिताएका क्षेत्री हिन्दी, बङ्गला, नेपाली र अङ्ग्रेजी भाषामा पोख्त थिए। उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे। माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका छत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भएको थियो।

‘बसाइँ’ उपन्यास क्षेत्रीले २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशन गरेका थिए। पूर्वोत्तर भारतको पहिलो उपन्यास ‘बसाइँ’ नेपाली आख्यान साहित्यमा सम्भवत: सर्वाधिक लोकप्रिय हो। उनको दोस्रो उपन्यास ‘अतृप्त’ (१९६७) पूर्वोत्तर भारतको पहिलो मनोवैज्ञानिक उपन्यास हो। क्षेत्रीको तेस्रो उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’ एक आञ्चलिकतावादी उपन्यास हो।

पूर्वोत्तर भारतबाट अकादमी पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली साहित्यकार हुन्। क्षेत्रीको चौथो तथा अन्तिम उपन्यास ‘प्रतिध्वनिहरू विस्मृतिका’ (२००४)उनका बाबू प्रेमबहादुर छेत्रीको जीवनआधारित जीवनीपरक उपन्यास हो।

क्षेत्रीका चारैवटा उपन्यासको विषय, प्रवृत्ति, भाषाशैली भिन्नाभिन्नै प्रकृतिको छ। सन् १९८७ मा साहित्य अकादमी नेपाली साहित्य उपन्यासतर्फ मोडियो र नाटकका अतिरिक्त उनको सिर्जनशील प्रतिभा निबन्ध, समालोचना आदि साहित्यका सबै विधा चहार्न पुग्यो। तर पनि आख्यानकारकै रूपमा चर्चित र पुरस्कृत पनि भए।

उनले ‘तीन दशक बीस अभिव्यक्ति’ (१९८३), ‘लीलबहादुर कथाहरू’ (१९९३) र ‘छरिएको बिस्कुन’ (२०१६) शीर्षक तिनथान कथा प्रकाशित गरेर नेपाली आख्यान साहित्यमा थप योगदान पुऱ्याएका छन्। “दिल नफुक्ने गाँठो” शीर्षकको उनको अर्को एउटा कथा सङ्कलन सन् २०१३ डा. खगेन शर्मा र एकदेव अधिकारीको सम्पादनमा प्रकाशित भएको थियो। यसमा उनका २९ वटा कथा सङ्कलित भएको पाइन्छ। ‘बसाइँ’ उपन्यास लेख्नुभन्दा ८ साल अघि नै उनले कथालेखन थालेका थिए।

कथाहरू सामाजिक यथार्थवादको सेरोफेरोधित रचिएका छन् भने केही कथाहरू स्वच्छन्दतावाद र आदर्शवादका बाछिटाले भिजेका छन्। ‘छरिएको बिस्कुन’ लोककथाको आधारमा रचिएको’ कथाकृति हो।

क्षेत्रीलाई आख्यान साहित्यको मुकुट पहिराएर आख्यानकारकै साँध-सीमाभित्र राख्न खोजे तापनि उनको निबन्ध प्रतिभालाई कसै छोप्न मिल्दैन। प्रकाशित निबन्धलाई सङ्ख्याकै हिसाबले हेरौं अथवा गुणवत्ता हेरौँ। आख्यानभन्दा निबन्धमा उनले कम आत्मनियोग गरे भन्न मिल्दैन।

प्रकाशित निबन्धहरू:

१. असममा नेपाली भाषाको साहो-गाह्रो (१९६१)
२. पूर्वाञ्चल भारतीय नेपाली कथा-साहित्य र पत्रकारिताको इतिवृत (१९९७)
३. झ्याउरे पार्टीमा लाग्दा (१९९९)
४. पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन (२०००)
५. सिमलको भुवा (२०११)
६. अतीतका ऐनामा विविध झाँकीहरू (२०२५, सम्पादक : डा. खगेन शर्मा

विभिन्न समयमा विभिन्न पुस्तकका लागि उनले लेखेका भूमिकाहरूको सँगालो ‘लीलबहादुर क्षेत्रीका ऐतिहासिक भूमिका’ शीर्षकमा डी. आर. पोखेलद्वारा सम्पादित पुस्तक सन् २००१ मा प्रकाशित भएको छ। रुद्र बरालद्वारा सम्पादित उनका अन्तर्वार्ताहरूको सँगालो ‘लीलबहादुर क्षेत्रीको कायाकैरन’ (सन् २०२३) पनि प्रकाशनमा आइसकेका छन्।

समालोचक डा. गोपाल भण्डारीले उनलाई ‘कथात्मक शैलीका निबन्धकार’ को संज्ञा दिएका छन्। “जीवनका तिता मिठा अनुभवहरूलाई समेटेर निबन्ध लेख्ने असमेली निबन्धकार लीलबहादुर क्षेत्री उपन्यासकारका रूपमा सुपरिचित भइसकेका भए पनि निबन्धकारका रूपमा सघन चर्चामा छैनन् … निबन्धकार लीलबहादुर क्षेत्री तथ्यका प्रस्तोता बन्न पुगेका छन्। उनले धेरैजसो निबन्धमा आफैले देखेको, भोगेको र अनुभव गरेको विषयवस्तुलाई इ‌मान्दारीपूर्वक प्रस्तुत गरेको देखिन्छ।” (साहित्यकार लीलबहादुर क्षेत्री : व्यक्तित्व र कृतित्व, सम्पादक : डा. खगेन शर्मा, पृ.७०-७१)

प्रवृत्तिगत तरिकाले हेर्दा क्षेत्रीका निबन्धहरू खोज-अनुसन्धानमूलक, ऐतिहासिक तथ्यपरक, जातीय समस्यामूलक,भाषा-साहित्य-संस्कृतिविषयक र नियात्रापरक छन्।

लीलबहादुर क्षेत्रीले असमको नेपाली नाटक र एका‌ङ्कीको विकासका लागि पनि धेरै काम गरेका छन्। उनी आफू पनि एक कलाकार तथा नाटक निर्देशक हुन्। अल इन्डिया रेडियोको गुवाहाटी केन्द्रमा कार्यरत रहँदा उनले रेडियो रूपकहरू पनि लेख्नु र प्रसारण गर्नुपरेको थियो। उनले रेडियो रूपक, एका‌ङ्कीदेखि पूर्णाङ्क नाटकसम्म रचना गरेर हरिनारायण विद्याभूषणहरूले थालेको र प्रेमसिंह सुवेदीहरूले मलजल गरेको असमेली नेपाली नाट्य साहित्यमा तिनथान नाटक थपेर यसलाई समृद्ध पारेका छन्।

प्रकाशित नाटकहरू
१. दोबाटो (१९६७)
२. माग (एका‌ङ्की, १९७८) र
३. शुरुको शुरु (१९८७)

उनका अरू केही स‌ङ्कलित र असङ्कलित नाटकहरू एकत्रित पारेर का गोविन्दराज भट्टराईको सम्पादनमा ‘ लीलबहादुर क्षेत्री चर्चित नाटकहरू’ शीर्षकमा सन् २०२१ मा काठमाडौँबाट प्रकाशित भइसकेको छ। यस स‌ङ्कलनमा उनका ‘लक्ष्य’ र ‘दोबाटो’ दुई पूर्णाङ्क नाटक, ‘शुरुको शुरु’, ‘माग’ र’ भाइटिकाभित’ तिन एकाङ्‌की तथा ‘प्रतीक्षा’, ‘अर्द्ध शताब्दीभित्र एक जोर परेवा’, ‘कन्याथों’ ‘मिलन’ र ‘महिषासुर वध’ यी ५ वटा रेडियो रूपक समावेशित छन्।

उनले आफ्ना कथा र उपन्यासको परम्परा र प्रवृत्तिलाई अक्षुण्ण राख्तै नाटकहरूमा पनि जातीय समस्या उजागर पारेका छन्, रुढीवादको विरोधमा मोर्चा कसेका छन्, निम्नवर्गको दुखेसो बुझेर त्यसको निदानको गोरेटो खोजेका छन्।

यति हुँदाहुँदै पनि पूर्वोत्तरको आख्यान विधालाई अँगालोमा हालेर उनले जुन स्थानसम्म पुऱ्याए निबन्ध, कविता वा नाटककाक्षेत्रमा सायद त्यसो हुन सकेन। सायद पूर्वोत्तरको नेपाली निबन्धलाई प्रतिष्ठित गराउने श्रेय मणिसिंह गुरुङबाट र कवितालाई प्रतिष्ठित गराउने श्रेय हरिभक्त कटुवालबाट उनले खोस्न खोजेनन्। फरक यति छ, उनी साहित्यका सबै विधामा आफ्नो सशक्त योगदान पुऱ्याउने पूर्वोत्तरका अग्रणी प्रतिभा हुन्। असमेली नेपाली साहित्यका देवकोटा हुन्, इन्द्रबहादुर राई हुन्।

सात दशक लामो साहित्ययात्रामा उनी धेरै सम्मान र पुरस्कार पाउन सफल भए। पद्मश्री पुरस्कार प्राप्तिको आनन्ददायक क्षणमा आइपुग्ने यात्रापथमा उनी धेरै राष्ट्रिय र अन्तराष्ट्रिय सम्मान र पुरस्कारले सम्मानित भइसकेका थिए। सन् १९८३ मा नेपाली साहित्य सम्मेलन दार्जिलिङले ‘दियालो पुरस्कार’ प्रदान गरेपछि उनले सम्मान र पुरस्कारका लागि पर्खिबस्न परेन। सन् १९८५ मा पश्चिम बङ्गाल राज्य सरकारले प्रदान गर्ने ‘भानु’ पुरस्कार प्राप्त गरे र एउटै कृति ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यास सन् १९८७ मा साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बन्यो।

उनले पाएका अरू पुरस्कार

  • ‘मदन स्मारक व्याख्यानमाला सम्मान’, वाराणसी, – २००१
  • वेदनिधि पुरस्कार (काठमाडौं)- २००३
  • अगम स्मृति पुरस्कार (सिक्किम)- २००५
  • असम नेपाली साहित्य सभा पुरस्कार, २००६
  • अभिजमान ट्रस्ट पुरस्कार, कुवैत, २००८
  • सिक्किम सम्मान सम्मेलन गान्तोकद्वारा सम्मानित, २००४
  • नई देरुनिख अन्तराष्ट्रिय पुरस्कार, २०१२
  • पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार (अभि-जामान ट्रस्ट्रद्वारा), २०१२
  • हरिभक्त कटुवाल स्मृति पुरस्कार(असम नेपाली साहित्य सभा, २०१३)
  • जगदम्बाश्री अन्तराष्ट्रिय पुरस्कार, काठमाडौ, २०१६
  • बसुन्धराश्री पुरस्कार, काठमाडौ, २०१६

सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित भएर क्षेत्रीले समग्र पूर्वोत्तरका गोर्खाहरूको शिर उचो पारे। कारण यो पुरस्कार थाप्ने उनी पूर्वोत्तरका पहिला गोर्खा सपूत हुन। पूर्वोत्तर भारतका साहित्य शिरोमणि, आर्य विद्यापीठ कलेज, गुवाहाटीका अर्थशास्त्रका सेवानिवृत्त अध्यापक लीलबहादुर क्षेत्रीलाई सोमवार(नोभेम्बर ८,२०२१) राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक गरिमामय समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट देशको चौथो सर्वोच्च असामरिक सम्मान “पद्मश्री पुरस्कार”ले सम्मानित गरियो।

नेपाली भाषा-साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा रहेको योगदानका निम्ति उनलाई यस सम्मानले सम्मानित गरिएको हो। राष्ट्रपति भवनमा सम्पन्न एक भव्य कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायत थुप्रै गण्यमान्य व्यक्तिहरूको उपस्थितिमा राष्ट्रपति रामनाथ कोविन्दका बाहुलीबाट क्षेत्रीले यो सम्मान थापे। यस प्रतिष्ठित सम्मानले सम्मानित हुने क्षेत्री पूर्वोत्तर भारतका प्रथम गोर्खा सन्तान हुन्।

प्रकाशित: २०८१ चैत १ गते शुक्रबार ०८:४७
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना