दक्षिण अमेरिका- संयुक्त राज्य अमेरिकामा आँधीका कारण कम्तीमा ३४ जनाको मृत्यु भएको छ।
आइतबार आएको आँधीका कारण विभिन्न राज्यमा उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ।
मृत्यु हुनेमध्ये १२ जनाको मिसौरीका छन्। कन्सासमा ८ जनाको मृत्यु भएको समाचार बीबीसीले प्रकाशन गरेको छ।
धेरै सवारी साधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ।
ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो ७ राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा बिजुली छैन ।
यी राज्यहरूमा मिसिगन, मिसौरी र इलिनोइस छन्।


