काठमाडौँ- नेपाली फिल्म उद्योगमा एक्सन जनराका फिल्म लिएर आए अभिनेता सुशील श्रेष्ठ। सुशीलले लामो समय विश्राम लिएर ठूलो पर्दामा धमाकेदार कमब्याक गरेका छन्। उनको नयाँ फिल्म ‘आउट ल दफा २१९’ अहिले प्रदर्शन भइरहेको छ, र एक्सन लभरहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
सुशील श्रेष्ठले यसअघि होस्टेल रिटर्न्स, कारखाना, बादशाह जुट, सायद-२ जस्ता फिल्ममा अभिनय गरेका थिए। अधिकांश फिल्मले औषत मात्र व्यापार गरे। यसपछि धेरै वर्ष उनले फिल्म खेल्न अस्वीकार गरे। ‘आउट ल दफा २१९’मार्फत फिल्म उद्योगमा फर्किएका कारण उनको फिल्मले दर्शक तानिरहेको छ।
फिल्म हेर्ने दर्शकले ‘आउट ल दफा २१९’को लागि सुशीलले मेहनेत गरेको भन्दै प्रशंसा गरेका छन्। त्यसो त उनको दमदार एक्सन, फिटनेस र अभिनयको तारिफ पहिले पनि भइरहेको हुन्थ्यो। यसपटक फिल्म प्रदर्शनपछि फेरि उस्तै प्रतिक्रिया पाइरहेको छ।
के एक्सन नै सुशीलको सही मार्ग हो?
सुशीलको शारीरिक बनावट, दमदार एक्सन स्टाइल, र अभिनय एक्सन जनराका फिल्महरूसँग राम्रो मेल खान्छ। यही कारणले गर्दा दर्शकहरूले उनलाई विशेषगरी यस्तै भूमिकामा मन पराउने देखिन्छ।
नेपाली फिल्म उद्योगमा एक्सन स्टारहरू कमै पाइन्छन्। र सुशीलले यही विधामा आफ्नो करियर अगाडि बढाएमा उद्योगलाई नयाँ उचाइमा पुर्याउन सक्ने टिप्पणी हुन थालेको छ।

तर फिल्मप्रेमीहरू यसलाई रमाइलो एक्सन फिल्मको रूपमा लिइरहेका छन्। सुशील श्रेष्ठका प्रशंसकहरूले उनलाई अझ उत्कृष्ट एक्सन फिल्महरूमा हेर्न चाहन्छन्। के उनले अब एक्सन विधामा नै आफ्नो करियर केन्द्रित गर्लान्? त्यो चाँडै नै स्पष्ट हुनेछ!
