२०८३ कार्तिक १७ गते सोमबार

प्रजनन स्वास्थ्य सचेतनामा जोड, सभापति थापा भन्छन्- देश समृद्ध बन्न नागरिक स्वस्थ हुनुपर्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १८
cit_bahas

काठमाडौँ- संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले नागरिक स्वस्थ रहे मात्र देश समृद्ध बन्ने बताएका छन्।

कैलालीको गोदावारी नगरपालिकामा सञ्चालित अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन्।

रोग लागे पनि नदेखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने, स्थानीय तहमा प्रजनन स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्नुपर्ने र शिक्षा, स्वास्थ्य र विकासमा राजनीति गर्न नहुने सभापति थापाले बताए।

कैलालीको गोदावारी नगरपालिकामा पाइलट प्रोजेक्टका रुपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरेका थिए।

विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शंकर धामीले जानकारी दिए।

संयोजक धामीले सामुदायिक जवाफदेहिता संयन्त्रको स्थापना तथा कार्यान्वयन, विपद् तयारी, प्रतिकार्य र पुनर्स्थापनासँग सम्बन्धित कानुन र नीतिहरुमा प्रमाण–आधारित वकालत, स्वास्थ्यकर्मी तथा मानवीय सहायता प्रदायकको क्षमता विकास र विपद् अनुगमन प्रणालीमा यौन तथा प्रजनन स्वास्थ्यका सूचकहरु समावेश गरी कार्यान्वयनका लागि मानवअधिकार संस्थाहरुसँग पैरवी गर्ने परियोजनाको मूल उद्देश्य रहको बताए।

नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले बताइन्। उपप्रमुख रोकायले परियोजना पूर्णरुपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न आग्रह गरिन्। परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उनले बताइन्।

उपमेयर रोकायाले गैरसरकारी संस्थाको सहयोगमा ऐन निर्माण भएपछि, ऐन कार्यान्वयनका लागि १ करोड रुपैयाँ विनियोजन भएको, स्वास्थ्य सेवाका लागि पालिकाले १५ लाख रुपैयाँ बजेट छुट्टाइएको, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पालिकाले उपलब्ध गराइएकोलगायतका प्रगति भएको बताइन्।

यो परियोजना सम्पन्न भएपछि गोदावरी नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धी भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए। पालिकामा १८ वटा स्वास्थ्य संस्था रहे पनि सेवाका बारेमा सुसूचित नभएको उनले बताए। पालिकामा १०७ जना स्वास्थ्यकर्मी रहे पनि सबै समेट्न नसकेको, स्वास्थ्य स्वयमसेवकले ६ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउने जस्ता स्वास्थ्य क्षेत्रका समस्या उनले सुनाए।

धेरै हिसाबले अन्य पालिकाभन्दा गोदावरी नगरपालिका धेरै अगाडि रहेको एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले बताए। प्रगतिशील स्थानीय कानुन निर्माण गरेर पालिकाले आफूलाई अगाडि राखेको उनको भनाइ थियो। केयर नेपालका कालिदास जोशीले २१ वटा वडामा २१ वटा समुदाय गठन गरी सहजकर्ता तोकेर काम गरेको बताए।

समुदायले प्राप्त गर्ने सेवाबारे जानकारी गराइएको उनले बताए। समुदाय स्तरीय जवाफदेहिताबारे निड्स नेपालकी कार्यक्रम अधिकृत रुचि रानामगरले स्पष्ट पारेकी थिइन्। रिप्रडक्टिभ राइटका प्रभावर श्रेष्ठले गोदावारी नगरपालिकामा सञ्चालन भएको पाइलट परियोजना विस्तृत जानकारी दिएका थिए। कार्यक्रममा परियोजना सञ्चालनको उद्देश्य, तयारी र चुनौतिका बारेमा श्रव्यदृश्यका सामाग्री प्रस्तुत गरिएको थियो।

सेन्टर फर रिप्रोडटिप राइटकी प्रविना बज्रचार्यले दुईवटा समूहलाई एक ठाउँमा राखेर काम गर्नुपरेको बताइन्। परियोजना सम्पन्न भएपछि प्राकृतिक जोखिममा प्रजनन स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा पालिकाले उपलब्धी हालिस गरेको विश्वास व्यक्त गरिन्।

प्रकाशित: २०८१ चैत १८ गते सोमबार ०७:२१
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना