काठमाडौँ- सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा बिदा दिने निर्णय गरेको छ।
रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा मन्त्रालयले बिदा दिने निर्णय गरेको हो।
‘२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।



