२०८३ कार्तिक १७ गते सोमबार

वायु प्रदूषण बढेको भन्दै जनस्वास्थ्य आपत्काल घोषणा गर्न माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २२
WhatsApp Image 2025-04-04 at 19.53.28

काठमाडौँ– वायु प्रदूषण बढेको भन्दै तत्काल जनस्वास्थ्य आपत्काल घोषणा गरी सुधारका काम गर्न सरोकारवालाहरूले माग गरेका छन्।

महिला र बालबालिकाको क्षेत्रमा कार्यरत महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले शुक्रबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्‌काल घोषणा गरी वायु प्रदूषण नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेको हो।

वायुप्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले संवैधानिकरुपमा स्थापित हकलाई व्यवहारमा सुनिश्चत गर्न सरकारसँग माग गरेका छन्।

ओरेकका कार्यक्रम संयोजक तथा अधिकारकर्मीहरू सावित्री विक, कमला पोखरेल, अनुपमा पोखरेल र अम्बिका अमात्यले वनमन्त्री शाहीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।

‘काठमाडौं उपत्यकामा विगत एक हप्तादेखि देखिएको खतरनाकस्तरको वायु प्रदूषणले विशेषगरी महिला, बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमाहरू र जेष्ठ नागरिकहरू तथा सडकपेटीमा रहेर श्रम गर्ने श्रमिकहरूमा गम्भीर स्वास्थ्य जोखिम सिर्जना गरेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने मौलिक अधिकार व्यवस्था गरेको छ। यद्यपि, हालको वायु प्रदूषण संकटले यो संवैधानिक अधिकारको उल्लंघन गर्दै जनस्वास्थ्यमा गम्भीर खतरा सिर्जना गरेको छ।’

काठमाडौँका अस्पतालहरूमा देखिएको बिरामीको चापले पनि श्वासप्रश्वाससम्बन्धी आपत्कालीन घटनाहरूमा वृद्धिको संकेत गरेको उनीहरूको भनाइ छ ।

उनीहरूले वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्‌काल घोषणा गरी तत्काल न्यूनीकरणका उपायहरू कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै, अनुगमन संयन्त्रहरूलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमान्तकृत समुदायहरूमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, र शहरी हरियालीको विस्तार जस्ता दीर्घकालीन, दिगो समाधानहरूमा लगानी गर्नुपर्ने, वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्नुपर्ने तथा मानव अधिकार र पर्यावरणीय न्यायप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २०८१ चैत २२ गते शुक्रबार ०८:०५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना