काठमाडौँ- रक ब्यान्ड ‘१९७४ एडी’ले काठमाडौँमा प्रस्तुति दिएको छ। ३०औं वार्षिकोत्सव मनाउने क्रममा ब्यान्डले काठमाडौँ प्रस्तुति दिएको हो।
ब्यान्डले साढे दुई वर्षपछि काठमाडौँमा प्रस्तुति दिएको हो।
शनिबार बौद्धस्थित हायात ग्राउन्डमा १९७४ एडी गुञ्जिएको थियो।
ब्यान्डले ‘तिमीलाई पिरतीले बाँधुला’लगायतका थुप्रै गीत प्रस्तुत गरेको थियो।
‘१९७४ एडी’ सन् १९९४ मा स्थापना भएको थियो।
एड्रियन प्रधान, फिरोज स्याङ्देन, संजय श्रेष्ठ, मनोज कुमार केसी, निराकार याकथुङ्बा, फिरोज स्याङ्देन ब्यान्डका सदस्य छन्।
यस्तो रह्यो हायात ब्यान्डको प्रस्तुति


