२०८३ साउन १३ गते बुधबार

बार निर्वाचन : श्रेष्ठकै गृहजिल्लामा मिश्रले पाए दोब्बरभन्दा बढी मत [पूर्ण विवरणसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २६
bijay_raman

काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा बाग्लुङ मतदान केन्द्रको गणना सकिएको छ।

८५ मत खसेको बाग्लुङ केन्द्रमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको भन्दा दोब्बरभन्दा बढी मत पाएका छन्।

निर्वाचन समितिका निर्वाचन अधिकृत ताराबहादुर सिटौलाका अनुसार बाग्लुङ मतदान केन्द्रबाट मिश्रले ५५ मत पाएका छन्। उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले २५ मत मात्र प्राप्त गरेका छन्। बाग्लुङ श्रेष्ठकै गृहजिल्ला हो। गृहजिल्लाबाट आफ्नो प्यानलमा धेरै मत आउने अपेक्षा रमण प्यानलले गरेको थियो। पर्वत जिल्ला, म्याग्दी जिल्ला र बागलुङ उच्चका लागि बागलुङ मतदान केन्द्र तोकिएको थियो।

योसँगै १३ केन्द्रको मतगणनामा सकिएको छ। १३ केन्द्रको गणनामा मिश्रले ७६२ मत पाएका छन् भने श्रेष्ठले ४५९ मत पाएका छन्।

निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार अहिले चितवन, पोखरा, हेटौँडा, पर्सा र जनकपुर मतदान केन्द्रका गणना जारी छ। चितवनमा १७७, पोखरामा ३५४, जनकपुरमा १४३ र पर्सामा ११२ मत खसेको छ।

सोमवार झापा, इलाम, विराटनगर उच्च, मोरङ जिल्ला, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिरहा, सर्लाही, रौतहट र बारा मतदान केन्द्रको गणना सकिएको बार निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए।

यी १३ केन्द्रमा खसेको १२६९ मत गणना गर्दा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्र नेतृत्वको प्यानलले २५ वटै पदमा अग्रता बनाइरहेको छ।

झापा केन्द्रमा मिश्रका पक्षमा ९६ मत खस्दा श्रेष्ठले ३६ मत पाए।

इलाम केन्द्रमा मिश्रले ३७ मत पाउँदा श्रेष्ठलाई २३ जनाले मत दिएका छन्।

विराटनगर उच्चमा मिश्रले ५७ मत ल्याउँदा श्रेष्ठले ६२ मत पाए।

मोरङ जिल्ला बार केन्द्रमा भएको मतदानमा मिश्रले १४९ मत पाउँदा श्रेष्ठ ५३ मत पाए।

सुनसरीमा १२६ मत मिश्रको भागमा पर्दा श्रेष्ठले ६७ मत हात पारे।

धनकुटा केन्द्रबाट मिश्रलाई २७ मत आएको छ भने श्रेष्ठलाई २८ मत आएको छ।

राजविराज केन्द्रमा मिश्रलाई ९६ मत पर्दा श्रेष्ठलाई ७२ मत परेको छ।

उदयपुर केन्द्रमा मिश्रले २४ मत पाउँदा श्रेष्ठले २७ मत पाए।

सिरहा बारबाट मिश्रले ३१ मत पाउँदा श्रेष्ठका भागमा १८ मत परेको छ।

सर्लाही बारमा मिश्रले २३ मत पाउँदा श्रेष्ठले ८ मत प्राप्त गरे।

रौतहटमा मिश्रले २७ मत पाउँदा श्रेष्ठले २० मत पाए।

बाराबाट मिश्रले १४ मत ल्याउँदा श्रेष्ठले २० मत पाए।

महासचिव पदमा पनि मिश्र प्यानलकै केदार कोइरालाले ७६८ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानले ३९४ मत पाएका छन्। बाँकी पदहरुमा पनि मिश्र-कोइराला प्यानलकै अग्रता छ।

शनिबार देशभरका ३६ मतदान केन्द्रमा मतदान भएको थियो। काठमाडौँबाहिर ३५ वटा मतदान केन्द्र थिए। काठमाडौँ उपत्यकाको मतदान केन्द्रमा मात्र ६ हजार १०२ मतदाता थिए। उपत्यकामा ४ हजार ६४३ मत खसेको छ। ९ हजार ९९७ मतदाता रहेको बार निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो।

अध्यक्षका उम्मेदवार मिश्रलाई डीएलए, एमाले निकट पीपीएलए र राप्रपा निकट एनडीएलएको समर्थन छ। माओवादी केन्द्र निकट आरपीएलए र रास्वपाका निकटका कानुन व्यवसायीको गठबन्धनबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्ष उम्मेदवार हुन्।

मिश्रको प्यानलबाट उपाध्यक्षहरूमा अधिवक्ताहरू पदमप्रसाद लिम्बू(कोशी), अजयशंकर झा (मधेश), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (लुम्बिनी), सिद्धराज ओझा (सुदूरपश्चिम) र सरस्वती श्रेष्ठ (महिला) उम्मेदवार छन्।

यो प्यानलको कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की छन्। दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) सदस्य अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुल्ला सदस्य रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुल्ला) सदस्य अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) सदस्य अधिवक्ता इन्दिरा आर्चाय, महिला (खुल्ला) सदस्य रञ्जिता कार्की, खुल्ला (उपत्यका बाहिर) सदस्यहरूमा किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, माधव मैनाली छन्। श्रेष्ठ वरिष्ठ अधिवक्ता हुन् भने बाँकी उम्मेदवारहरू अधिवक्ता हुन्।

श्रेष्ठको प्यानलबाट महासचिवमा बनेका न्यौपाने रास्वपानिकट कानुन व्यवसायी हुन्। उपाध्यक्षहरूमा कर्णबहादुर राई (कोशी), प्रमोद प्रसाद (मधेश), डेकेन्द्रप्रसाद सुवेदी (बागमती), सुकदेव गौतम (गण्डकी), तीर्थराज ज्ञवाली (लुम्बिनी), धर्मराज न्यौपाने (कर्णाली), पदमराज शर्मा (सुदूरपश्चिम) र दिना श्रेष्ठ (महिला) उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई छन्।

सदस्यहरूमा रामबहादुर मिजार (दलित), सञ्जुकुमारी शाह (मधेशी, मुस्लिम), देवशरण यादव (मधेश खुला), निश्चल राई (आदिवासी जनजाति), देवकुमार मोक्तान (खुल्ला, आदिवासी), कला त्रिताल (महिला उपत्यकाबाहिर), सुलोचना बज्राचार्य महिला (खुल्ला) रहेका छन्। खुला सदस्यतर्फका उम्मेदवारमा कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेद्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल रहेका छन्।

मिश्रले ‘स्वच्छ बार, कानुन व्यवसायीको हित’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका छन्। बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आफूलाई निर्वाचित गर्नुपर्ने मिश्रको नारा रहेको थियो। बारको शुद्धता, संविधान संशोधनमा बारको प्रभावकारी भूमिका, लयर्स एकेडेमी स्थापना पनि उनको एजेन्डा रहेको छ।

त्यस्तै, नवोदित, युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्ने, कानुन व्यवसायीको सक्षमता अभिवृद्धि गर्ने, सल्लाह र सुझावका आधारमा काम गर्नेलगायतका एजेन्डा रहेको घोषणापत्र नै मिश्रले जारी गरेका छन्। श्रेष्ठले भने ‘विवेकको आधारमा नेतृत्व छानौँ’ भन्ने मूल नाराका साथ चुनावी अभियान चलाएका थिए।

यस्तो छ मतगणनाको पूर्ण विवरण

प्रकाशित: २०८१ चैत २६ गते मङ्गलबार ११:०८
प्रतिक्रिया

थप समाचार

कागजी निर्यातले धानेको अर्थतन्त्र: बाहिरको भटमास, नेपालमा प्रशोधन, १ खर्ब २८ अर्बको पुनःनिर्यात

तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गरी नेपालमा प्रशोधनपछि पुनःनिर्यात हुने यही तेलले नेपालको कुल निर्यातमा करिब ४० प्रतिशत हिस्सा ओगटेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना