काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र केएफडब्लू डेभलपमेन्ट बैंक जर्मनीबीच ३५ लाख यूरो पुर्नकर्जा लगानी र ५ लाख बराबरको प्राविधिक सहयोग प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि जर्मनीस्थित, केएफडब्लू डेभलपमेन्ड बैंक र नेपाल राष्ट्र बैंक बीच ग्रामीण र अर्ध–शहरी क्षेत्रहरूमा दिगो आर्थिक विकास अन्तर्गत यूरो ३५ लाख पुर्नकर्जा र यूरो ५ लाख बराबरको प्राविधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो।
नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत केएफडब्लू डेभलपमेन्ट बैंक जर्मनीले नेपाल राष्ट्र बैंक सँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि पुर्नकर्जा प्रदान गर्दै आइरहेको छ।
हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनु पर्छ भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ।


