सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा जावलाखेलले जित निकालेको छ। लिगको पछिल्लो खेलमा फ्रेन्ड्स क्लबसँग बहोरेको हारबाट अघि बढ्दै जावलाखेलले थ्रीस्टारलाई १-० ले हराएको हो।
जावलाखेलको लागि एक मात्र गोल विदेशी खेलाडी एनकोटो इसोनोस मसोअबीले गरेका थिए। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उनले १६औं मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए। त्यो अग्रता बचाउँदै जावलाखेलले जित निकालेको हो।
यो जितसँगै जावलाखेलले पाँच खेलबाट १० अंक जोडेको छ। तेस्रो स्थानको जावलाखेल तालिकाको शीर्षस्थानबाट दुई अंक मात्र टाढा छ। यता, हार व्यहोरेको थ्रीस्टारले भने ५ खेलबाट ७ अंक बनाएको छ।


