काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेसले सरकारको गति नपुगेको निष्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्षकर्ष निकालेको हो।
सत्तागठबन्धन दलबीच समन्वय र सन्तुलनका साथ सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
गठबन्धन सरकार एउटै दलको नहुने भएकाले समन्वयको आवश्यकता रहेकोमा बैठकले जोड दिएको उनले भनाइ थियो।
‘तालमेल र समन्वयका विषयमा नेतृत्व तहले कुराकानी गरिरहेको र सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ,’ प्रवक्ता महतले भने।
प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार ढल्दैछ भन्नु स्वाभाविक रहेको भन्दै प्रचण्डले भनेकै आधारमा सरकार बन्ने वा भत्किने भन्ने नहुने जिकिर गरे।
बैठकमा आगामी केन्द्रीय समिति बैठकमा लैजाने एजेण्डा, संगठनका विषय, शिक्षक आन्दोलन लगाएतका बिषयमा छलफल भएको प्रवक्ता महतले बताए।
प्रचण्डले भनेकै आधारमा सरकार नढल्ने निष्कर्ष पनि कांग्रेसको छ। ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् भन्नु स्वभाविक हो’, महतले भने, ‘उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन।’
बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राखेका थिए।
सरकारका कामकारबाहीबारे बाहिर धारणा राख्नुअघि संयन्त्रमा राख्ने र त्यसबाट हल नभए मात्र बाहिर कुरा राख्ने विषयमा पनि सभापति देउवाले पदाधिकारीहरूको ध्यानाकर्षण गराएका थिए।
भिडियो:


