काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ।
सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन।
विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको एक व्यवसायीले बताए। कतिपय मानिस सुन बिक्रीको लागि पनि आउने गरेको उनले सुनाए।
तस्बिरमा न्यूरोड क्षेत्रका सुन पसल
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


