२०८३ कार्तिक ११ गते मङ्गलबार

एनआरएनएको एकता महाधिवेशन तोकिएकै समयमा गर्न माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १८
NRNAQatar

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन तोकिएकै मितिमा गर्न प्रतिनिधिहरुले माग गरेका छन्। महाधिवेशनका लागि विश्वभरिबाट काठमाडौँ आइपुगेका डेलिगेट्स (प्रतिनिधिहरू) ले तोकिएको मिति वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) मै  महाधिवेशन सम्पन्न गर्न जोडदार माग  गरेका छन्।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिको आह्वानमा महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगेका प्रतिनिधिहरूले बिहीबार एक संयुक्त अपिल प्रकाशित गर्दै  त्यस्तो माग गरेका हुन्।

महाधिवेशनमा भाग लिन करिब ३,२०० जनाले प्रतिनिधिका लागि आवेदन दिइसकेको र निर्वाचन समितिले पहिलो चरणको मतदाता नामावली पनि प्रकाशित गरिसकेको उल्लेख गर्दै प्रतिनिधिहरूले भनेका छन्, ‘सर्वोच्चको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले पारदर्शी रूपमा तयारी अगाडि बढाइ रहेको छ । होटेल बुकिङ, उद्घाटन समारोहलगायत सबै तयारी पुरा भइसकेको अवस्थामा महाधिवेशन सार्ने प्रयास गर्नु संस्थाको साखमाथि गम्भीर प्रहार हुनेछ।’

प्रतिनिधिहरूले महाधिवेशन सारिएमा हजारौँ एनआरएनहरूको टिकट, बिदा र तयारीमा लागेको रकम खेर जाने उल्लेख गरेका छन् । ‘हामी महिनौँ अगाडि छुट्टी लिएर, महँगो टिकट काटेर आएका हौँ । महाधिवेशन नहुनु भनेको हाम्रो समय, श्रम र स्रोतको घोर अपमान हो । महाधिवेशनमा भाग लिएर मतदान गर्न पाउनु तथा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नु हाम्रो नैसर्गिक तथा संविधान प्रदत्त अधिकार हो । यदि यो अधिकार कुण्ठित गरियो भने हामी नेपाल वा बसोबास गरिरहेको मुलुकका कानुनी निकायबाट न्याय माग्न बाध्य हुनेछौँ,’ संयुक्त अपिलमा भनिएको छ।

गैर आवासीय नेपाली संघ लामो समयदेखि आन्तरिक विवादमा अल्झिँदै आएको छ । उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतले दिएको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको भन्दै प्रतिनिधिहरूले न्यायिक आदेशको सम्मानमा महाधिवेशन तोकिएको मितिमा गरिनु पर्ने बताएका हुन्।

उक्त संयुक्त अपिलमा जापान, अमेरिका, बेल्जियम, कतार, युके, अष्ट्रेलिया, कोरिया, स्पेन, जर्मनी, सिंगापुर, क्याम्बोडिया, युएई, मलेसिया लगायत ३० भन्दा बढी देशबाट आएका  प्रतिनिधिहरूले जारी गरेका हुन्।

उनीहरूले भनेका छन्, “अब बहानाको समय होइन, एकताको महाधिवेशन सफल बनाउने अवसर हो । हामी संस्थाका सबै पदाधिकारी, अभियन्ता र हितचिन्तकहरुसँग आग्रह गर्छौँ– महाधिवेशन तोकिएको मितिमै गरौँ, एनआरएनएको गौरव बचाऔँ।”

प्रकाशित: २०८२ बैशाख १८ गते बिहिबार ०९:१५
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना