२०८३ कार्तिक १२ गते बुधबार

भारतको किट विश्वविद्यालयमा एकपछि अर्को कलंक, के गर्दैछ सरकार?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १९
kiit_prisha
किट विश्वविद्यालयमा सुरक्षाकर्मी र इन्सेटमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साह।

काठमाडौँ- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली छात्रा मृत भेटिएकी छन्। पाली छात्रा प्रिसा साह आफैँ बस्ने होस्टेलको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्।

प्रिसाको मृत्युको कारण खुलेको छैन। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। प्रिसा उक्त विश्वविद्यालयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत छात्रा हुन्।

वीरगञ्ज महानगरपालिका-१५ भिस्वा निवासी श्याम साहकी छोरी हुन्। साहको स्थायी घर सर्लाहीको मलंगवा हो। प्रिसाका परिवारका सदस्य त्यहाँ पुगेपछि पोस्टमार्टम गर्ने तयारी छ। प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन्।

पारिवारिक स्रोतका अनुसार प्रिसाले बिहीबार दिउँसो ३ बजेतिर घरमा फोन गरेकी थिइन्। फोनमा उनले आफू कलेज परिसरमा नै भएको उल्लेख गरेकी थिइन्। अब कलेजमा बिदा सुरु हुन लागेकाले मे १८ तारिखमा बिदामा घर आउने पनि उनले फोनमा भनेकी थिइन्।

गत फागुन ४ गते पनि सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन्। उनी पनि होस्टलमै मृत फेला परेकी थिइन्। प्रकृति लम्साल र प्रिसा बस्दै आएको होस्टल एउटै हो।

किट विश्वविद्यालयमै फागुनमा मृत भेटिएकी प्रकृति।

विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डले नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालेर धपाएका थिए। त्यहाँबाट कुटपिट गरेर धपाइएका ५ सय बढी विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएका थिए।

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्किन आह्वान गरेको थियो। प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। ओडिसा राज्य सरकारले समेत उक्त घटनाको उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो।

लगातार दुई नेपाली छात्राको मृत्यु भएपछि भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले पनि दोषीलाई कारबाही गर्न माग गरेको छ। एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ। एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ।

नेपाली समुदायले घटनाको गम्भीर छानबिनको माग गरेका छन्। घटनापछि सामाजिक सञ्जालमार्फत दुवै देशका सरकारहरूलाई दबाब दिन थालिएको छ।

घटनाको अनुसन्धान सुरु गरिएको भारतीय प्रहरीले जनाएको छ। ओडिसा राज्य सरकारले पनि प्रिसाको मृत्युका विषयमा छानबिन सुरु भएको बताएको छ। स्थानीय प्रहरीलाई बिहीबार राति ८:१० बजे घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले गहिरो समवेदना प्रकट गर्दै फेसबुकमा लेखेकी छन्, ‘प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ उनले मन्त्रालयले भारत सरकार, ओडिसा राज्य सरकारका उच्च अधिकारीहरूसँग समन्वय गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल सुरु उल्लेख गरेकी छन्। मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत समेत आवश्यक कानुनी प्रक्रिया र अनुसन्धानका लागि समन्वय भइरहेको जनाएको छ। ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ,’ उनले लेखेकी छन्।

प्रकाशित: २०८२ बैशाख १९ गते शुक्रबार ०९:५९
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना