काठमाडौँ- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षक आन्दोलनको असर देखिएको छ। नीति तथा कार्यक्रम तर्जुमाका वेला शिक्षकहरूले सडक प्रदर्शन गरेपछि त्यसको असर नीति तथा कार्यक्रममा पनि देखिएको हो।
शिक्षक दरबन्दी पुनरवलोकन गर्ने विषय नीति तथा कार्यक्रममा घोषणा गरेको हो। दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षक दरबन्दी पुनरवलोकन गरिने उल्लेख गरे।
त्यस्तै उनले शिक्षक बैंक स्थापना पनि हुने बताए। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने उनको भनाइ छ।
‘भौगोलिक क्षेत्रमा आवासीय विद्यालय खोलिने छ। शिक्षक दरबन्दीको पुनरावलोकन गरिने छ। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्ने। शिक्षकको राष्ट्रिय मापदण्ड लागू गर्ने। उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने। शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गरिने। विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने छ,’ उनले घोषणा गरेका थिए।


