काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रको सडकमा ढुंगा बिछ्याएको ६ महिना नपुग्दै पुनः खनेर कुरूप बनाउन थालिएको छ।
महानगरले पुराना कंक्रिट ढुंगा हटाएर पानी जमिनमा सोसिने र रिचार्ज हुने गरी कंक्रीटविनाको नयाँ ढुंगा बिछ्याइएको थियो। तर हाल विद्युत प्राधिकरण, नेपाल टेलिकम र अन्य निकायद्वारा लाइट तथा सेवा जडानका लागि सो क्षेत्र फेरि खन्न थालिएपछि विश्व सम्पदाको संरक्षण प्रश्न चिह्न उठेको छ।
ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण यस विश्व सम्पदा क्षेत्रलाई पटक–पटक खनिँदा त्यसको दीर्घकालीन संरक्षणमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
यस प्रकारको अव्यवस्थित कार्यले आन्तरिक तथा बाह्य पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुन सक्ने र देशको पर्यटन क्षेत्रमै असर पर्ने सम्भावना बढेको विज्ञहरू बताउँछन्।
यसरी पटकपटक एउटा काम गर्दै त्यसलाई भत्काएर फेरि उही काम दोहोर्याउँदा राज्यको ठूलो रकम बालुवामा पानी बनेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


