२०८३ कार्तिक १२ गते बुधबार

एमालेसँग दूरी बढाउँदै कांग्रेस, माओवादीसँग नजिकिँदै एमाले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २३
oli_deuba_prachanda

काठमाडौँ- सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू आपसमा घनीभूत छलफलमा छैनन्। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सार्वजनिक रूपमा असन्तुष्टिका स्वर नसुनिएपनि कांग्रेसका धेरै नेताहरूले ओली नेतृत्वको सरकारको चर्को आलोचना गरिरहेका छन्।

पछिल्लो समय कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा नै सरकारको कार्यशैलीको आलोचना गर्न थालेका छन्। कांग्रेसका अर्का प्रभावशाली नेता शेखर कोइरालाले सुरु गरेको आलोचना पछिल्लो समय महामन्त्री हुँदै थुप्रै नेताहरूसम्म पुगेको छ।

थापाले त सरकारले गर्नुपर्ने काम नगरिदिँदा कांग्रेसले पनि जनताबाट आलोचित बन्नुपरेको टिप्पणी मात्र गरेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्म नै बिचौलियाको पहुँच पुगेको आरोप लगाएका छन्। यसको जवाफस्वरूप ओलीले बिचौलिया आफ्नो बेडसम्म पुगेको प्रमाण पेस गर्न सार्वजनिक मञ्चबाट नै चुनौती दिइसकेका छन्।

कांग्रेसका नेता कान्छाराम तामाङलाई ओलीले ऊर्जाराज्यमन्त्रीबाट बर्खास्त गरेपछि ओलीको आलोचना गर्ने कांग्रेस नेताहरू बढेका छन्।

कांग्रेसका नेताहरूको सार्वजनिक आलोचनालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खास ठूलो विषय बनाएका छैनन्। बरु कांग्रेस सभापति देउवासँग भेट मिलाएर सबै नेताहरूको मुखमा बुझो लगाउने प्रयास गरेका छन्।

ओली-देउवा चिसोपना सार्वजनिक मञ्चमा प्रकट भइनसकेको भएपनि सम्बन्धमा विस्तार आउने गरी काम भने भएको छैन। देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्टलाई लैजान पटकपटक ओलीसँग भेट गरिरहेका छन्। तर गभर्नर नियुक्तिको प्रक्रिया अघि बढेको छैन। भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा स्वीकृत भएको छैन। गभर्नर सिफारिसका लागि गठित उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल नेतृत्वको समितिले पनि आफ्नो काम गरेको छैन। भट्टको राजीनामा कायममुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गरिदिएकी छैनन्। उनी आफैँ गभर्नर बन्ने दौडमा छिन्। एमालेको भागमा गभर्नर पद परेको खण्डमा उनी आफैँ गभर्नर बन्नेमा ढुक्क छिन्। त्यसर्थ पनि उनी अन्तिम समयसम्म पनि भट्टको राजीनामा स्वीकृत नगर्ने पक्षमा छिन्।

सम्भावित गभर्नर सिफारिस गर्न अटेरी गरेका एमालेका नेता पौडेलले मंगलवार प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्।

बिहानै खुमलटार पुगेका उनले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गरेको दाबी गरिएको छ। तर यो विषय यतिमा मात्र सीमित नरहेको बुझ्न गाह्रो छैन।

प्रचण्ड उनै हुन् जसले केही दिन पहिले मात्र ओली सरकार ढल्न लागेको र अब देउवा प्रधानमन्त्री बन्न लागेको बताउँदै हिनेका थिए। नयाँ वर्षको सुरुमा देउवालाई प्रधानमन्त्री बनाउने दिन टाढा नरहेको र माओवादी पनि देउवा सरकारमा सामेल हुने बताउने गरेका प्रचण्डले अहिले भने आफूहरू सरकार ढलाएर अस्थिरताको पक्षमा नलाग्ने बताउन थालेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच हातेमालो देखिएको थियो। प्रचण्डले सोमबार विपक्षी नेताको हैसियतामा संसदमा संम्बोधन गरेका थिए। बैठकमा ओली पनि सहभागी थिए। अघिल्लो पटक ओली प्रधानमन्त्रीको हैसियतमा प्रश्नोत्तरमा सहभागी हुँदा प्रचण्ड तराई गएका थिए भने प्रचण्डले विपक्षी नेताको हैसियतमा सम्बोधन गर्दा ओली तराई पुगेका थिए। सोमबारको बैठकमा ओली पनि पनि र प्रचण्ड पनि सहभागी मात्र भएनन्। ओली सचिवालयले थप एक हर्कत पनि गर्‍यो। ओली र प्रचण्डबीचको हातेमालोका तस्बिर प्राथमिकताका साथ फेसबुकमा ओली सचिवालयले सार्वजनिक गर्‍यो। ती तस्बिरमा ओलीले प्रचण्डसँग हात मिलाएको र केही संवाद गर्दै गरेको देखिन्छ।

 

ओलीले प्रचण्डलाई अंकमाल गर्नु र त्यसलाई प्राथमिकताका साथ सचिवालयले सार्वजनिक गर्नु मात्र होइन, भोलिपल्टै नेता पौडेललाई खुमलटार कुदाउनु पछाडिका कारण कांग्रेसलाई दबाबमा राख्नु पनि हो। तर दबाबमा राख्ने नियतले गरिएका नियमितका निकटताले भविष्यमा गठबन्धनको मुख्य घटकबाट फेरबदल गरी कांग्रेसलाई विपक्षी कित्तामा धकल्नेसम्मको स्थिति आए पनि यसको सुरुवात बिन्दु यो नै हुन सक्ने देखिन्छ।

एमाले नेतृत्वमा सरकार भएपनि महत्वपूर्ण नियमाक निकाय धितोपत्र बोर्ड र बिमा प्राधिकरणमा कांग्रेसले बाजी मारिसकेको छ। गभर्नर आफ्नो दलले पाउनु पर्ने अडानमा ओली अझसम्म पनि छन्। देउवा भने भट्टलाई बनाउने सहमति भइसकेको भनेर संकेत दिइरहेका छन्। यस्तो बेला माओवादीलाई देखाएर कांग्रेसलाई गलाउने रणनीतिमा ओली देखिन्छन्। देउवाले सोमबार नै गभर्नर नियुक्ति होस् चाहेका थिए तर ओलीले बिहीबारसम्मको भाका दिएका छन्। निर्वाचन आयोगमा प्रमुख आयुक्त पनि रिक्त छ, यसमा पनि कसले भाग पाउने भनेर गठबन्धनमा सहज छैन।

आइतबार मात्र पनि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो। टीआरसीका विषयमा छलफल भएको भनिएको छ। तर दुई नेताबीच भेट भएपछि एक विषयमा मात्र कुरा भएको होला भन्ने विश्वस्त आधार हुँदैन।

कांग्रेसले विद्युत् प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताउँदै आएका छन्। नीति तथा कार्यक्रममा पनि कांग्रेसका नेताहरूले विभिन्न टिप्पणी गरिरहेका छन्। तर कांग्रेसले समग्रमा ठिकै नीति कार्यक्रम आएकाले समर्थन गरेर अघि बढ्ने निधो भने लिइसकेको छ।

प्रकाशित: २०८२ बैशाख २३ गते मङ्गलबार ११:४४
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना