२०८३ कार्तिक १२ गते बुधबार

अन्नपूर्ण पदयात्रामा जे देखियो [तस्बिरहरू]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
ABC Trek_ Nepalphotolibrary.-432

कास्की- अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाडलगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरुको लागि एक उत्तम गन्तव्य हो।

विविध परम्परागत गाउँघरहरू, गाउँले परिपेश, भिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्व चर्चित बनेको छ।

यस पदमार्गअन्तर्गत ६ जिल्ला पर्ने गर्दछन्। जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी। बेशिशहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ।

यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरी, माछापुच्छ्रे, मनास्लु, गङ्गापूर्ण, हिउचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६०००-८००० मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ।

यस चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भञ्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भञ्ज्याङ मध्ये एक हो। यो मनाङ र मुस्ताङ जिल्लाको बीचमा अवस्थित छ।

यस पदयात्रा दुवै तर्फबाट सुरु गर्न सकिन्छ, तर ८० प्रतिशतभन्दा बढी पदयात्रीहरू बेसीशहरबाट सुरु गर्छन्। यद्यपि, कहिलेकाहीँ डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भञ्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ।

विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ। पहिले बेसीशहरबाट हिँड्दा पाँचौं दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौंबाट सवारी साधनमा हिँडेकै दिन मानिसहरू मनाङ गाउँ पुगेर बास बस्छन्।

त्यस्तै, बाग्लुङ–पोखरा सडकखण्डको नयाँपुलबाट यात्रा सुरु भएको पाँचौं दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन्।

यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ। जथाभावी सडक निर्माणको काम रोकी यस पदमार्गलाई पैदलयात्री मैत्री बाटो, सुविधा सम्पन्न बसोबास र पर्यटक सुरक्षामा जोड दिनु आवश्यक देखिन्छ।

 

प्रकाशित: २०८२ बैशाख २९ गते सोमबार १२:५६
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना