२०८३ कार्तिक १२ गते बुधबार

जलवायु संकटको न्याय खोज्न सगरमाथा संवाद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २
thame

काठमाडौँ-  तीन वर्षअघि तीन दशकको पर्खाइपछि सञ्चालनमा आएको मेलम्ची खानेपानी आयोजनालाई बाढीले विनास गर्‍यो। खानेपानी मन्त्रालयका अनुसार रु दुई अर्बभन्दा बढीको क्षति भएको थियो। अहिले पनि झन्डै आधा वर्ष मेलम्ची बन्द रहने र आधा वर्ष मात्रै सञ्चालनमा रहने गरेको छ।

तीन वर्षअघि नै मनसुन सकिएपछि आएको बेमौसमी बाढीका कारण रु आठ अर्ब बराबरको धानखेतीमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको ‘डेब्रिज बहाव’ले सडकमा गुडिरहेका दुईवटा यात्रुवाहक बस बगाएको अप्रिय घटना अझै नेपालीको मनमस्तिष्कमा नमिठो सम्झना बनेको छ।

गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनअनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुवाहक बसमा ३६ र वीरगञ्जबाट काठमाडौँ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको एनल डिलक्स लेखिएको यात्रुवाहक बसमा २६ गरी जम्मा ६२ जना यात्री थिए। जसमध्ये गणपति डिलक्सका तीन यात्री नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँच्न सफल भए भने बाँकी ५९ जना बेपत्ता भएका थिए।

पहिरोले बगाउँदा बस त्रिशूली नदीमा खसेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार भीषण वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा बस नदीमा खसेका थिए। हालसम्म २४ वटा शव फेला परे पनि ३५ जना अझै बेपत्ता छन्। मनसुनजन्य विपद्का कारण एकैदिन यति धेरै मानिसले ज्यान गुमाएका थिए।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आउँदा कहिल्यै कल्पना नगरेको क्षति भएको थामेकी बासिन्दा याङ्गी डोल्मा शेर्पाले बताइन्। ‘नसोचेको घटना भयो त्यो दिन। दिउँसो भएकोले भागेर ज्यान जोगाउन सकियो। राति भएको भए कति क्षति पुग्थ्यो’, उनले भनिन्, ‘त्यसपछि त कतिले गाउँ नै छाडे।’

जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तर वर्षा र तापक्रम वृद्धिका कारण सो क्षेत्रमा हिमपहिरो गएको वा अन्य कारणले थामेखोला जलाधारमा रहेका कुनै हिमताल विष्फोट भएको अनुमान गरिएको छ।

‘प्रारम्भिक अध्ययन गर्दा थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा सानाठूला गरी छवटा हिमताल÷हिमपोखरी देखिन्छ। उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मिलीमिटर वर्षा मापन भएको छ। गत साउन २५ देखि औसत तापक्रम क्रमिक रूपमा बढेर साउन ३१ (अगस्ट १५) मा अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको देखिन्छ’, विभागले जनाएको छ।

गत असोजको भारी वर्षाले काठमाडौँ उपत्यका डुबाएको थियो। यहाँका बासिन्दाले नसोचेको विपद् भोग्नुपरेको थियो। काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा आएको बाढीपहिरोको असर अझै पनि धेरैलाई तर्साइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनमा २५० जनाले ज्यान गुमाएका थिए। १८ जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन्। झण्डै ६ हजार घरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

सहरी विकास मन्त्रालयका अनुसार बाढीपहिरोका कारण मन्त्रालयअन्तर्गतका पूर्वाधार पुनःनिर्माणमा करिब दुई अर्ब ८८ करोड ३४ लाख रुपैयाँ लाग्नेछ। स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ वटा सडकखण्ड र २८ वटा झोलुङ्गे पुल आंशिक रूपमा र ३२ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएका छन्।

मन्त्रालयले जनाएअनुसार बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नक्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारिएको माटो तथा गेग्रान निकाल्न १२ करोड ८१ लाख लागत लाग्नेछ। नदी किनारमा बनाइएका तटबन्धन, पर्खाल र बाटोजस्ता संरचनामा पनि क्षति पुगेको छ, जसको पुनःनिर्माणका लागि ७० करोड अनुमानित लागत लाग्नेछ।

यस वर्ष सुदूरपश्चिमको दक्षिण–पश्चिमी भाग दोधारा, हनुमान नगर र सुन्दरपुरमा अहिलेसम्मकै सबैभन्दा बढी वर्षा मापन भएको थियो। जल तथा मौसम विज्ञान विभागको विसं २००३ (सन् १९४७) देखि संकलन गरिएको तथ्याङ्कअनुसार त्यहाँ सर्वाधिक वर्षा भएको देखिन्छ। गत वैशाख १ देखि चैत १२ सम्म पहिरोका कारण ३५९ जनाले ज्यान गुमाएका छन्। ४८ जना अझै बेपत्ता छन् भने २८७ जना घाइते भएका छन्। पहिरोले ३६९२ घर आंशिक र २०१३ घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। ४० वटा पुलमा क्षति पुगेको छ। बाढीका कारण ९७ जनाको मृत्यु, १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन्। भारी वर्षाका कारण आठ जनाको मृत्यु र ३८ जना घाइते भएका छन्। हुरीबतासले सात जनाको मृत्यु र ४२ जना घाइते भएका छन्। हिउँपहिरोले एक जना बेपत्ता भएका छन्।

नेपालले भोगेका यस्ता जलवायुजन्य घटनाका धेरै उदाहरण छन्। आजदेखि सुरु भएको सगरमाथा संवादमा नेपालले यिनै उदाहरणमार्फत जलवायु न्यायको आवाज उठाउँदैछ।

सगरमाथा संवाद सचिवालयका सदस्यसचिवसमेत रहेका जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले नेपालले भोगेका जलवायुजन्य संकटका उदाहरण दिँदै जलवायु न्यायमा आफ्नो हक स्थापित गर्ने संवादको उद्देश्य रहेको बताए। ‘हामी कार्बन न्यून उत्सर्जन गर्ने तर उच्च जोखिममा परेका देश हौँ। धनी र औद्योगिक मुलुकले उत्पन्न गरेको जलवायु संकटबाट हामीले न क्षतिपूर्ति पाएका छौँ, न त संरक्षण गरेका स्रोतको लाभ,’ उनले भने, ‘यसैका प्रमाणसहित संवादमा बहस हुनेछ।’

जलवायुविद् राजु पण्डित क्षेत्रीले सगरमाथा संवादले जलवायु न्यायका लागि अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तार गर्न र विश्व समुदायमा पैरवी गर्न मौका दिने बताए। ‘हामी आफैले मात्र विकास अगाडि बढाउन सक्दैनौँ। अन्तरराष्ट्रिय सहयोगको माग गर्नुपर्ने हुन्छ,’ उनले भने।

जलवायुविद् मञ्जित ढकालले सगरमाथा संवादले वैज्ञानिक प्रमाणमार्फत जलवायु संकटका उदाहरण अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सहयोग गर्ने बताए। ‘मेलम्चीको बाढी पनि तापक्रम वृद्धिसँग सम्बन्धित रहेको वैज्ञानिक अध्ययनले देखाएको छ,’ उनले भने।

वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. राजेशकुमार राईले जलवायु परिवर्तनले हिमाली अर्थतन्त्रमा पारिरहेको असर सगरमाथा संवादले अन्तरराष्ट्रियकरण गर्न सघाउने बताए। ‘खडेरी, असामान्य वर्षा, बाढीपहिरोले कृषिमा क्षति पुर्‍याएको छ। यसले ग्रामीण जनताको जीविकामा गम्भीर असर पुर्‍याएको छ,’ उनले भने।

प्रकाशित: २०८२ जेठ २ गते शुक्रबार ०७:२८
प्रतिक्रिया

थप समाचार

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना