पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलामबारे धेरै मानिसको दिमागमा सुन्दर चियाबगानको तस्बिर आउँछ। इलामको मनमोहक चियाबगानले अब कृषिलाई मात्र प्रतिनिधित्व गर्दैन, यसलाई छुट्याउनै नसकिने गरी पर्यटकीय विशेषता गाँसिइ सकेको छ।
इलाममा फस्टाएको विधा हो सूर्योदय दर्शन पर्यटन। सूर्योदय नगरपालिका-५ स्थित श्रीअन्तु डाँडा सूर्योदय दर्शन पर्यटनको केन्द्र बनेको छ।
समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा अवस्थित श्रीअन्तु पूर्वी नाका पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरी पुग्न सकिन्छ। मौसम खुलेका बेला नेपाल र भारतका थुप्रै स्थान देख्न सकिने श्रीअन्तुमा नेपालका साथै भारतको पश्चिम बंगालका पर्यटकहरू बढी मात्रामा पुग्ने गरेका छन्।
तस्बिरमा हेरौँ श्रीअन्तुमा एक दिन













