काठमाडौँ– नेपालका भेटनरी डाक्टरको छाता संगठन नेपाल भेटनरी एसोसियसनका नयाँ नेतृत्व निर्वाचित भएको छ। शुक्रवार र शनिवार काठमाडौंमा सम्पन्न एसोसिएसनको केन्द्रीय कार्यसमितिको अधिवेशनले डा रामकृष्ण खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खतिवडा ३८० मत ल्याएर विजयी भएका हुन्। उनले डा कृष्ण काफ्लेलाई पराजित गरे। काफ्लेले २६५ मत पाएका थिए। त्यसैगरी उपाध्यक्षमा डा अशेष भट्टराई ३४५ मत पाएर विजयी बन्दा उनका निकटम् प्रतिष्पर्धी डा अर्जुन अर्यालले २९७ मत पाएका थिए।
महासचिवमा डा केदार सुवेदी निर्वाचित भएका छन्। सुवेदी नेपाल भेटनरी एसोसियसनको निर्वाचनमा नै सर्वाधिक मत पाएका छन्। सुवेदीले ४९० मत ल्याउदा उनका प्रतिस्पर्धी डा योगेन्द्रराज पन्तले १४८ मत पाएका थिए।
सचिवमा डा शंकर न्यौपाने, कोषाध्यक्षमा डा सिकेश मानन्धर निर्वाचित भएका छन्। न्यौपानेले ३७६ मतका साथ विजयी भएका हुन भने मानन्धर ३४९ मतका साथ विजयी भएका हुन्।
सदस्यहरुमा डा नवीन पन्थी, डा निकेश खनाल, डा मलिसा श्रेष्ठ, डा लोकेन्द्र न्यौपाने, डा शत्रुधन शाह र डा सुमित शर्मा निर्वाचित भएका छन्।


