काठमाडौं- यामाहाले १२५ सीसी इन्जिन क्षमताको हाइब्रिड स्कुटर ‘रे जेडआर’ सार्वजनिक गरेको छ। यो स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर भएको कम्पनीको दाबी छ।
रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। स्टाण्डर्ड, डिलक्स र प्रिमियम/प्रिमियम प्लस रहेका छन्। रे जेडआर १२५ हाइब्रिडमा शक्तिशाली एयर कूल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिन छ।
१४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राममा उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट-अफ फङ्सन, र २१ लिटर अन्डर-सीट भण्डारण जस्ता सुविधा यो स्कुटरमा छन्।
स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी इन्धन बचाउने विशेषता यसमा जडान भएको कम्पनीको दाबी छ। यामाहा नेपालका सीईओ राजु क्षेत्रीले यो स्कुटर शक्ति, शैली र सुरक्षाको संयोजन भएको बताए।
रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य रू २ लाख ८० हजारबाट सुरु हुन्छ। यामाहा नेपालले हाइब्रिड टेक्नोलोजीको सिमलेस एकीकरणको साथ पावर, सुरक्षा र शैलीका बीचमा पूर्ण सन्तुलन खोज्ने सवारहरूलाई किफायती विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ।


