२०८३ कार्तिक १२ गते बुधबार

भातृसंस्थाले महाधिवेशन नगरेपछि बढ्यो देउवा र गगन-विश्वको दूरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
gagan_bishwa

काठमाडौँ- नेपाली कांग्रेसका ७ भ्रातृसंस्थाले तोकिएको समयसीमाभित्र महाधिवेशन नगरेपछि पार्टीमा विवाद चुलिएको छ। पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको तिक्तता बढेको हो।

भातृसंस्थाहरूमा हाल कायम रहेका तदर्थ समितिको म्याद थप्ने वा पुरै विघटन गर्ने भन्ने विषयमा सभापति देउवा र महामन्त्री गननविश्वबीच मतभेद फराकिलो भएको हो।

कांग्रेस पदाधिकारी बैठकले फागुन १ गते १० वटा भ्रातृसंस्थालाई चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। महाधिवेशन गराउनका लागि निर्देशन समिति पनि गठन गरिएको थियो। ७ भातृसंस्थामा निर्देशन समितिले न त काम गर्‍यो, न त महाधिवेशनको कुनै प्रक्रिया नै अघि बढ्यो।

कांग्रेसमा महाधिवेशन नगर्ने/हुन नदिने नयाँ समस्या होइन। महाधिवेशन नगर्नुलाई नेताहरूले सफलताको एउटा मानकका रूपमा दर्‍याउने गरेका छन्। तर चैत मसान्तभित्र तीन वटा भातृसंस्थाले समयमै महाधिवेशन गरेर कांग्रेसीहरूलाई आश्चर्यमा पारेका छन्। नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल भूतपूर्व सैनिक संघले महाधिवेशन सम्पन्न गरेका छन्। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, थारू संघ, दलित संघ, किसान महासंघ र लोकतान्त्रिक खेलकुद संघले अझैसम्म महाधिवेशन गरेका छैनन्।

नेपाल दलित संघ महाधिवेशन गराउन केन्द्रीय निर्देशन समितिको संयोजक बनेका सहमहामन्त्री जीवन परियारले पनि तोकिएको समयमा महाधिवेशन गराउन सकेनन्। यो समितिका सदस्यद्वय लक्ष्मी परियार र शान्ति विकले पनि महाधिवेशन गर्ने गरी संयोजक र तदर्थ समितिलाई जिम्मेवार बनाउन सकेनन्।

यसैगरी, नेपाल महिला संघको महाधिवेशन गराउन जिम्मा पाएका थिए कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले। यो समितिमा सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला थिए। उनीहरुले महाधिवेशन प्रक्रिया अघि बढाउन कुनै कसरत गरेनन्।

नेपाल किसान महासंघको महाधिवेशन गराउने जिम्मा पाएका रमेश रिजालले कुनै गतिविधि गर्न सकेनन्। यो समितिमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठले पद मात्र लिएर चुपचाप बस्न सके।

नेपाल लोकतान्त्रिक खेलकुद संघको जिम्मा पाएका मोहनबहादुर बस्नेतले महाधिवेशन गर्नुभन्दा पनि खेलकुदका गतिविधि गर्नेतर्फ काम अघि बढाए। सभापति कप फुटबल खेलाए। महाधिवेशनका कुनै प्रक्रिया अघि बढाउनु थिएन उनलाई। बरु यति बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्सका उपकरण खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि चुपचाप बनेका छन्। यो निर्देशन समितिका सदस्यहरूमा उमेशजंग रायमाझी र गणेश लामा मौन छन्।

नेपाल थारू संघमा नयाँ नेतृत्व ल्याउन उदयशम्शेर राणा असफल बने। डा. गोपाल दहित र योगेन्द्र चौधरीले कुनै कसरत नै गरेनन्। महिला संघ, नेपाल विद्यार्थी संघ र तरुण दलमा महाधिवेशनको कुरा सुरु गरे मनमुटाव हुने स्थिति छ।

नेपाल तरुण दल महाधिवेशन गराउने थियो सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई। उनका सहयोगी तोकिएका थिए केन्द्रीय सदस्यद्वय र सरिता प्रसाइं र जीतजङ्ग बस्नेत। उनीहरूले पनि कुनै काम गरेका छैनन्।

नेपाल विद्यार्थी संघको महाधिवेशन गराउने जिम्मा सहमहामन्त्री किशोरसिंह राठौरलाई थियो। केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतमले सहयोग गर्ने भनिएको थियो। तर महाधिवेशनको कुनै काम अघि बढेन।

एनपी साउदले नेपाल भूतपूर्व सैनिक संघको महाधिवेशन गराउन सफल भए। उनलाई टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बूले सहयोग गरेका थिए।

यस्तै राष्ट्रिय लोकतान्त्रिक अपांग संघको महाधिवेशन गराउने जिम्मा पाएका मधु आचार्य पनि सफल बने। यो सफलतामा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठले पनि क्रेडिट लिए।

नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन गराउने जिम्मा प्राडा गोविन्दराज पोखरेललाई परेको थियो। उनले पनि तोकिएको समयमा काम पूरा गरे। मुक्ताकुमारी यादव र कान्तिका सैजुवालको सहयोगमा पोखरेललाई सफलता हात परेको थियो।

समयसीमा उल्लंघन गरेको दुई महिना बितिसक्दा पनि पार्टीले ती संस्थाका तदर्थ समिति खारेज गरेको छैन। बरु नेतृत्व तहमा म्याद थप्ने तयारी छ। देउवा म्याद थप गर्नुपर्ने पक्षमा छन्। निर्देशन समिति र तदर्थ समितिहरूलाई केही समय थप दिई महाधिवेशन गराउनुपर्ने धारणा देउवाको छ। तर महामन्त्री थापा र शर्मा भने पार्टीको निर्णय पालना गराउने अडानमा छन्। समयसीमा उल्लंघन गर्ने निर्देशन समिति र भातृसंस्थाका तदर्थ समितिका जिम्मेवारहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्।

भ्रातृसंस्थाको महाधिवेशन गराउन नसक्ने कांग्रेसले आफूलाई लोकतन्त्रको मसिहा ठान्दछ। तर लोकतन्त्रको मूल मर्म आवधिक निर्वाचनलाई भने सँधै पाखा पार्दै आएको छ। समयमै महाधिवेशन नगर्नु र त्यसमा स्पष्ट निर्णय लिन नसक्नुले पार्टीको अनुशासन प्रणालीलाई छर्लंग पारेको छ।

देउवाले जेठ १९ गतेको पदाधिकारी बैठकमा पनि निर्देशन समिति र तदर्थ समितिको म्याद थप गरिदिनुपर्ने बताएका थिए। तर नयाँ निर्देशन समिति ल्याउँदा संगठन बुझ्न समय लाग्ने भएकाले अहिलेको समितिलाई नै समय थपेर भरपर्दो कार्यतालिका माग्ने विकल्प उत्तम हुने उनको भनाइ छ।

तर महामन्त्री थापा/शर्मा भने देउवाको प्रस्तावसँग असहमत छन्। थापाले अहिलेसम्म महाधिवेशन गराउन नसकेको निर्देशक समितिले अब पनि गर्न नसक्ने बताउन थालेका छन्। म्याद थप्नु समय खेर फाल्नु मात्र हुने उनको भनाइ छ।

सभापति र महामन्त्रीबीच मत नमिलेपछि कांग्रेसले भ्रातृसंस्थाका निर्देशन समिति र तदर्थ समितिलाई एउटै ठाउँमा राखेर महाधिवेशन कार्यतालिका माग्ने रणनीति बनाएको छ। महामन्त्री विश्वप्रकाश शर्माले यो प्रक्रियाले निष्कर्ष निकाल्ने बताउँछन्।

थापाशर्माले जेठ ३० गते नेपाल दलित संघका निर्देशन समिति र तदर्थ समितिसँग संयुक्त छलफल गरेका थिए। निर्देशन समिति संयोजक जीवन परियार र तदर्थ समिति संयोजक लोकबहादुर विश्वकर्माबीचको गुटगत विवाद समाधान गर्दै कात्तिकभित्र महाधिवेशन गर्ने सहमति भएको थापाले जानकारी गराएका छन्। महामन्त्री थापाले असार पहिलो साताभरमा महाधिवेशन नगराउने निर्देशन समिति र तदर्थ समिति छलफल हुनेछ।

महिला संघमा केन्द्रीय सदस्यहरूको सामूहिक राजीनामा, नेविसंघमा अध्यक्ष दुजाङ शेर्पा र इतर समूह नेतृ प्रेमिका राना मगरबीचको विवाद र तरुण दलमा लमजुङ जिल्ला अधिवेशनमा खुकुरी प्रहार भएपछि यी संस्थामा महाधिवेशन गराउनु कांग्रेसका लागि फलामको च्युरा बनेको छ।

अब यो विषयमा अन्तिमा निर्णयका लागि असार १५ गते केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने तयारी भएको छ।

प्रकाशित: २०८२ असार ३ गते मङ्गलबार ०८:२८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना