२०८३ कार्तिक १२ गते बुधबार

देशमा १५ प्रतिशत रोपाइँ, सुदूरपश्चिम सबैभन्दा अघि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १४
Ropai sindhuli (16)

काठमाडौँ- यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ सकिएको छ। केन्द्रका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा हाल सम्म जम्मा २ लाख १७ हजार २८९ हेक्टर जमिनमा रोपाइँ सकिएको हो। गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म १.६ प्रतिशत रोपाइँ कम भएको छ।

प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ। गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ४० प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो। सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म ८० हजार १२८ हेक्टरमा रोपाइँ सकिएको हो।

कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ। त्यस मध्ये हाल सम्म करीब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्षको यस अवधि सम्म भने यस प्रदेशमा हाल सम्म करीब २४ प्रतिशत रोपाइँ सकिएको थियो।

लुम्बीनी प्रदेशमा हाल सम्म ९.७ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म लुम्बीनीमा १८.५ प्रतिशत धान रोपाइँ भएको थियो। यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ।

गण्डकी प्रदेशमा हाल सम्म १३.८ प्रतिशत धान रोपाइँ भएको केन्द्रले जनाएको छ। गत वर्ष यस अवधि सम्म यस प्रदेशमा १२.४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो। यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ।

बागमती प्रदेशमा हाल सम्म २०.५ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे १९ प्रतिशत रोपाइँ भएको थियो। यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ।

मधेश प्रदेशमा हाल सम्म सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको छ। यद्यपी, सप्तरी, रौतहट र महोत्तरी जिल्लाको धान रोपाइँको तथ्यांक हाल सम्म उपलब्ध नभएकाले यसमा समावेश नभएको केन्द्रले जनाएको छ। यस प्रदेशमा कुल ३ लाख ८० हजार हेक्टर जमिनमा धानखेती हुनेगरेको छ।

कोशी प्रदेशमा हाल सम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ। यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

प्रकाशित: २०८२ असार १४ गते शनिवार ११:२४
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना