२०८३ कार्तिक १२ गते बुधबार

‘कुलिङ पिरियड’मा झेल भएपछि देउवाले अड्काइदिए शिक्षा विधेयक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
deuba

काठमाडौँ- प्रतिनिधि सभाले असार १५ गते पारित गरेको निजामती विधेयकमा झेल भएको भन्दै कांग्रेस असन्तुष्ट बनेको छ। निजामती सेवाबाट अवकाश पाएका सबै कर्मचारीका लागि दुई वर्षसम्म कुनै पनि लाभको पदमा नियुक्ति गर्न नपाइने व्यवस्थाका लागि जोड गरेको कांग्रेसको अडाविपरीत विधेयक पारित भएपछि कांग्रेस असन्तुष्ट बनेको हो। निजामती सेवा विधेयकमा बिच्किएको कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई अड्काइदिएको छ।

निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने गरी ‘कुलिङ अफ पिरियड’को व्यवस्था राखिएको थियो। तर, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी र सांसदले यसमा गम्भीर जालझेल गरी विधेयकको प्रतिवेदन परिवर्तन गरेको भेटिएको छ। विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था यथावत राखिए पनि उपदफा ५ थपेर त्यसलाई निष्क्रियसमान बनाइएको छ। कांग्रेसले उपदफा ४ को व्यवस्थाका लागि अडान लिएको थियो। तर उपदफा ५ कसरी घुसाइयो भन्दै असन्तुष्टि व्यक्त गरेको हो।

विधेयकको दफा ८२ को उपदफा (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने व्यवस्था थपिएको छ। यसले दुई वर्षे कुलिङ पिरियडलाई निष्प्रभावी बनाइदिएको छ।

कुलिङ पिरियडमा भएको उक्त जालझेलप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदहरूले मंगलावर प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटी ध्यानाकर्षण गराउने भएका छन्। कुलिङ पिरियड हटेको विषयमा सोमवारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले कुरा उठाएका थिए। सभापति देउवाले पनि प्रतिवेदनमा गडबडी गरिएकामा आपत्ति जनाउँदै सांसदहरूलाई यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए।

कांग्रेस नेता शेखर कोइरालाले कुलिङ पिरियडलाई निस्तेज बनाउने गरी उपदफा (५) थपिएको भन्दै आपत्ति जनाए। उनले त्यसलाई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमानको संज्ञा दिएका छन्। कुलिङ पिरियडमा कांग्रेसको विगतको अडान अनुसार नै कायम गराउन कांग्रेसले कदम चाल्नुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयकमा ‘बाहेक’ शब्द कसरी पर्‍यो भन्ने कुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्। ”बाहेक’ शब्द कसरी घुस्यो थाहा छैन। यो हट्नुपर्छ,’ उनले भने।

कुलिङ पिरियडमा भएको उक्त जालझेलप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदहरूले मंगलावर प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटी ध्यानाकर्षण गराउने उनले जानकारी दिए। ‘यो विषयमा हामी सभामुखको ध्यानाकर्षण गराउँछौँ,’ उनले भने। सभामुखसँग भेटका लागि मंगलवार बिहान १० बजेको समय आफूहरूले लिएको उनले बताए।

प्रतिनिधि सभाबाट विधेयक पारित भएकाले अब राष्ट्रियसभाले सच्याउनुपर्ने कांग्रेसको धारणा छ। ‘हामी पुरानै अडानमा छौँ,’ रामहरि भन्छन्, ‘अब राष्ट्रियसभाले यसलाई हटाउनुपर्छ।’ निजामती सेवा विधेकयमा कुलिङ पिरियडको व्यवस्था हटाइएको भन्दै सोमवारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले सभापति देउवाको जवाफ मागेका थिए। सभापति देउवाले पनि प्रतिवेदनमा गडबडी गरिएकोमा आपत्ति जनाएका थिए। उनले उक्त विषयमा कांग्रेसको अडानमा टसमस नगर्न र यो विषयलाई गम्भीर रूपमा लिन पनि सांसदहरूलाई निर्देशन दिए।

निजामती विधेयक पछिल्ला दिनमा कुलिङ पिरियडका कारण चर्चामा थियो। सचिव र सहसचिवलाई अवकाशपछि २ वर्षसम्म अन्यत्र काम गर्न रोक्ने गरी कुलिङ पिरियडको व्यवस्था गरिएको भनिएको थियो। तर त्यो व्यवस्थालाई प्रधानमन्त्री केपी शर्मा ओली र सबै सचिव तथा सहसचिवहरूले गम्भीर आपत्ति जनाएका थिए। कुलिङ पिरियडलाई निस्तेज गराउन मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरूले हुल बाँधेर घरदैलो अभियान नै चलाएका थिए। कुलिङ पिरियडमा एमालेको उच्च नेतृत्व र कर्मचारी संयन्त्रले चलखेल गरेको आशंका कांग्रेसलाई छ।

कुलिङ पिरियडमा आफूहरूको अडानलाई निस्तेज गर्ने गरी प्रतिनिधि सभाले निजामति सेवा विधेयक पारित भएपछि कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई अड्काइदिएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक सोमबार पारित गर्ने तयारी भइरहेका वेला कांग्रेसले विधेयकलाई अड्काइदिएको हो।

कांग्रेसले मुख्य सचेतक श्याम घिमिरेले विधेकयका विषयमा शिक्षक महासंघको धारणा लिन सरकारलाई भनेको थियो। विधेयकमा शिक्षक महासंघका प्रतिनिधिले शिक्षक पदपूर्ति गर्दा आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुला प्रतिस्पर्धाबाट २५ प्रतिशत शिक्षक छनौट हुनुपर्ने अडान राखे। यसअघि समितिले आन्तरिक प्रतिस्पर्धाबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशत पदपूर्ति गर्ने गरी सहमति जुटाएको थियो। तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक पदपूर्तिको विषय समितिले टुंगो लगाइसकेकाले पछि हट्न नसकिने बताए। कांग्रेसले भने महासंघका माग सम्बोधन नगरी विधेयक ल्याउन नसकिने अडान राखेपछि मन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका थिए। देउवाले यो विषयलाई केही दिन होल्ड गर्न भनेपछि मन्त्री पन्तले समितिमा आएर त्यही कुरा सुनाए। बैठक केही दिन रोक्नका लागि प्रस्ताव गरे। विधेयक अड्कियो।

बैठकमा सांसदहरूले सरकार र समितिमाथि दबाबमा परेको भन्दै आक्रोश पोखेका थिए। नेकपा एमालेकी सांसद तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले ‘सरकार हरेक स्वार्थ समूहको पछि लाग्ने हो भने संसदको मर्यादा बाँकी नरहने’ बताइन्।

समिति सभापति अम्मरबहादुर थापाले शिक्षकहरूले स्वत: स्थायीको माग पूरा नभएपछि बार्गेनिङ गरिरहेको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विधेयक शिक्षकको दबाबमा रोकिँदा ‘प्यान्डोराज बक्स’ खुल्ने चिन्ता व्यक्त गरिन्।

निजामती सेवा विधेयकमा प्रधानमन्त्री तहबाट नै चलखेल भएको आशंका गरेको कांग्रेसले अब उनी स्पेनबाट फर्किएपछि उनीसँगै कुराकानी गरेर मात्र निजामती सेवा विधेयक र शिक्षा विधेयक अघि बढाउने रणनीति बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली असार २० गते दिउँसो ४:४५ बजे काठमाडौँ अवतरण गर्ने कार्यतालिका छ।

प्रकाशित: २०८२ असार १७ गते मङ्गलबार ०८:५७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना