२०८३ कार्तिक १२ गते बुधबार

कांग्रेसलाई एमालेसँग गठबन्धन टिकाउनु पनि छ, आलोचना पनि गर्नु छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
congress-meeting_CC
फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले सरकार प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका हुन्।

सरकार सातबुँदे सहमतिअनुसार अघि बढ्न नसकेको कांग्रेसका केन्द्रीय सदस्यहरूको धारणा छ। संविधान संशोधनको मुद्दामा कुनै प्रगति नभएकोमा पनि कांग्रेस नेताहरूले असन्तुष्टि जनाएका छन्।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारमा कांग्रेसका पहिचानमा नै प्रश्न उठेको बताएका थिए। ‘सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको पहिचान देखिन कम भयो भन्ने छ। त्यो अभिव्यक्ति केन्द्रीय समितिमा पनि आएको छ,’ उनले भने।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने कुरा वक्ताहरूले राखेको जानकारी दिए। ‘सरकारको प्रभावकारिता बढ्नुपर्‍यो, मेहनत गर्नुपर्छ। अझ प्रभावकारिताका साथ काम गर्नुपर्छ,’ उनले भने।

केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सातबुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्ने बताएका थिए। ‘सातबुँदेलाई आधार बनाएर सरकार चल्नुपर्छ भन्दै आएका छौँ। सातबुँदे भन्नेबित्तिकै यो सरकार गठनको औचित्य, भाबी कार्यदिशा र यसले मुलुकलाई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सम्बन्धित हुन्छ। यसमा संविधान संशोधन, सुशासन, भ्रष्टाचार निवारणका कुराहरू थुप्रै मुद्दाहरू छन्। यसमा सरकार प्रभावकारी रूपमा काम गर्नुपर्छ भन्नेकुरा पार्टीभित्र राख्दै आएका छौँ,’ उनले भने ।

केन्द्रीय सदस्य राजन केसीले संविधान संशोधनको मुद्दाबारे बोलेका थिए।

एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको विषयमा पनि वक्ताहरूले धारणा राखेका थिए। बैठकमा उठेका कुरा सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका हुन्।

‘गठबन्धनबारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन,’ महतले भने। गठबन्धन भन्नेबित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने पनि उनको भनाइ छ। अहिले कांग्रेसभित्र गठबन्धनबारे प्रतिकूल विचार केही नआएको उनले बताए। सरकारमा सहभागी मन्त्रीहरूको डेलिभरी अझ राम्रो हुनुपर्ने बताउँदै उनले त्यसका लागि राम्रो काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य विनोद चौधरीले नेता शेखर कोइरालाप्रति आक्रोश व्यक्त गरेका थिए। सोमबार कोइरालाले विनोद चौधरीलाई केन्द्रीय समितिमा ल्याउँदा विधि र विधान मिचेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए। चौधरीको उपस्थितिलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भनेका थिए।

शेखरले विधि र प्रक्रियाको कुरा गरेर आर्थिक बागडोर सम्हालेको व्यक्तिलाई पाखा पार्न खोजिएको भन्दै चौधरीले आपत्ति जनाएका थिए। आफूहरू गुटको शिकार बनाउने प्रयत्न भइरहेको उनको गुनासो थियो।

‘उहाँले हिजो प्रश्न उठाउनुभयो, विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअघि नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत थियो भनेर,’ चौधरीले बोलेका कुरालाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘सारा विधि पुर्‍याएर, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी पक्ष, पार्टीको कानुन विभागले गरेको विश्लेषण र निर्णयपछि केन्द्रीय समितिमा चुनाव लडेको थिएँ । अहिले आएर ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’को नाममा छेक्न खोजिएको हो? गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्ने काम किन हुँदैछ?’

शेखरलाई चौधरीका प्रश्नहरू थिए, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ भनेको के हो? एउटा उद्यमीले अर्थतन्त्र चलाउन पाउँदैन? ढोका बन्द गर्न लागिएको हो? खाली जेल र नेल खाएका बाहेक हामीलाई आवश्यकता छैन भनेर यो बैठक निर्णय गर्न तयार छ?’ महामन्त्रीहरुले ल्याएको आर्थिक सोचले एकातिर आफूहरु उत्साही भए पनि अर्कोतिर अर्कोतिरका अभिव्यक्तिले दुखित तुल्याएको बताएका थिए।

मंगलवार केन्द्रीय सदस्यहरु रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कण्डेल, डा. डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल के.सी., सीताकुमारी राना, राधा घले, सितादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुली बोलेका थिए। मंगलवारका लागि स्थगित बैठक असार १८ गते दिउँसो १२:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: २०८२ असार १७ गते मङ्गलबार ०८:२१
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना