२०८३ कार्तिक ११ गते मङ्गलबार

दल खोल्दा हात थामेकी झाँक्री र नेपालको तिक्तता किन बढ्यो?

 |  कविता घिमिरे
Sanket

कविता घिमिरे

काठमाडौँ, असार २०
jhakri

काठमाडौँ- गत असार १५ गते एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘मरेको सिनो’को संज्ञा दिएकी थिइन्।

कुनै बेला हात समाएर पार्टी बनाउनका लागि नेपाललाई अघि लगाएर हिँडेकी नेतृले त्यो स्तरको शब्द प्रयोग गर्लिन् भन्ने सायदै नेकपा एसका नेताहरूलाई लागेको थियो। तर झाँक्रीले धेरै नेताहरुलाई चक्मा दिँदै ‘मरेको सिनो’ प्रयोग गरिन्।

२०७८ भदौ २ गते नयाँ दल दर्ताका लागि माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री र मेटमणि चौधरीलगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए। आयोगमा झाँक्रीले नेपाललाई हात समाएर आयोग पुर्‍याएकी थिइन्। उनको उक्त फोटो भाइरल भएको थियो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा क्याबिनेटको सिफारिसमा अध्यादेश ल्याइदिएपछि नेपालको नेतृत्वमा एमाले विभाजन भएर नयाँ दल बनाउने बाटो खोलिदिएको थियो। यसअघिको ४० प्रतिशत केन्द्रीय कमिटी आवश्यक नहुने र संसदीय दलमा २० प्रतिशत सांसद पुगे दल विभाजनन हुन सक्ने व्यवस्था गरिएको थियो।

त्यसरी नेपालको नेतृत्वमा पार्टी बनाउन नेपाललाई डोहोर्‍याएकी झाँक्री अहिले उनै नेपालका विषयमा कटु टिप्पणी गर्न पछि पर्दिनन्। नेपालमाथि कानुनी र संवैधानिक हिसाबले समस्या भएकाले काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने उनको भनाइ थियो। नेकपा एसले अध्यक्ष नेपाललाई उक्त शब्द प्रयोग गर्न चाहँदैन। बरुले झाँक्रीतिरै फर्काइदिने कोसिस गरिरहेको हो।

झाँक्री नेपालप्रति किन कठोर बनिन् त?

नेकपा एस बनाउने बेला नेपालसँग निकट सम्बन्ध बनाएकी झाँक्री त्यसयता भने उनको विश्वासपात्र बन्न सकिनन्। झाँक्रीनेपाललगायतको सक्रियतामा नयाँ दल नेकपा एस बनेलगत्तै सरकारमा सहभागी भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा झाँक्री सहरीमन्त्री बनेकी थिइन्। २०७८ असोज २२ गते सहरीमन्त्री बनेर सिंहदरवार छिरेकी झाँक्रीलाई नेपालले आकस्मिक रूपमा सरकारबाट फिर्ता बोलाएका थिए। त्यसमा पनि झाँक्रीको चित्त दुखाइ थियो।

त्यसअघि पनि नेपालले झाँक्रीलाई विभिन्न काम गर्न निर्देशन दिने गरेका थिए। त्यसमा पनि नेपालले आफूमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै झाँक्रीले निकटस्थहरूसँग बताउने गरेकी थिइन्। आफ्नो मन्त्रालयका सरुवा-बढुवा र नियुक्तिहरूमा नेपालले दबाब दिन थालेपछि झाँक्रीलाई नेपाल मन पर्न छोडेको थियो।

झाँक्री मन्त्रीबाट फिर्ता भएपछि मन्त्रालयमा पत्रकार सम्मेलनमा नै रोएकी थिइन्। आम रूपमा देखिने गरी नेपालप्रति उनको चित्त दुखाइको प्रस्थानबिन्दु यही थियो। असार १२, २०७९ मा नयाँ व्यक्तिहरूलाई सरकारमा पठाउन नेपालले झाँक्रीसहितका नेकपा एसका मन्त्रीहरूलाई फिर्ता बोलाएका थिए। त्यसबेला बजेटमाथि छलफल भइरहेको थियो। भरसक उक्त आर्थिक वर्षभर (असार मसान्तसम्म) नभएपनि कम्तीमा बजेटका विषयमा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले उठाएका प्रश्नहरुको जवाफ आफूले दिन पाउनुपर्ने उनको अडान थियो। तर नेपालले केही दिन पनि कुर्न मानेनन्। झाँक्री सहरीमन्त्रीबाट बिदा भइन्। बिदा हुने बेलाको दुखेसो क्यामेराका अघि लुकाउन सकिनन्।

तत्कालीन सहरी विकासमन्त्री झाँक्रीले आयोजना गरेको अन्तिम पत्रकार सम्मेलन। उक्त सम्मेलनमा नै झाँक्री रुन पुगेकी थिइन्।

गत वर्ष भदौमा नेकपा एसको महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन भएको थियो। यो निर्वाचनमा नेपालले झाँक्रीलाई रुचाएनन्। महिला उपाध्यक्षमा आफूलाई पराजित गराउन भूमिका खेलेको आरोप झाँक्रीको छ। नेपालको समर्थन पाएकी जयन्तीदेवी राई विजयी बनिन्। राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत मात्र प्राप्त गरेकी थिइन्। यसअघि झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो।

झाँक्री गएको प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएकी थिइन्। तत्कालीन नेपाली काग्रेस र माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेकी झाक्री गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन्। बारबार आफूलाई हराइएको बुझाइ झाँक्रीको छ। यीलगायतका घटनाले बढाउँदै लगेको नेपाल-झाँक्री दूरी कम हुने लयमा छैन।

000

झाँक्रीको कठोर टिप्पणीले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समेत प्रवेश पाइसकेको छ। बैठकमा रामकुमारी झाँक्रीलाई पार्टीबाट निष्कासित गर्नुपर्ने विभिन्न नेताहरुले आफ्नो धारणा राखे पनि पार्टी अध्यक्ष माधव नेपाल भने मौन रहेका छन्। आजका मितिसम्म उनले झाँक्रीप्रति कुनै पनि धारणा सार्वजनिक गरेका छैनन्।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाटै निकाल्नुपर्ने भन्दै नेपाललाई सुझाव दिएका थिए।

नेकपा एसकी उपाध्यक्ष जयन्तीकुमारी राईले झाँक्रीले बोलेको कुरालाई लिएर प्रायः सबै नेताले आपत्ति जनाएको बताइन्। ‘अधिकांशले अक्षम्य अभिव्यक्ति दिएको भन्दै कडा कारबाही गरेर जानुपर्ने कुरा उठाउनुभयो। थप निर्णय त बैठकले गर्ला नै’, उनले भनिन्। तर नेपालबाट कुनै धारणा नआएको उनको भनाइ छ।

अध्यक्ष माधव नेपालले भने राजनीतिक विषयमा कुरा गरेको तर, यो विषयमा केही नबोलेको सहभागी एक नेताले बताए।

बैठकमा पतञ्जली प्रकरणमा अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चलाएको भ्रष्टाचार मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा उपाध्यक्ष धर्मनाथ साह, राजेन्द्र राईलगायतले बोलेका थिए।

बिहीबारै स्थायी कमिटी बैठकमा पुगेकी झाँक्रीले सञ्चारमाध्याममा आएजस्तो आफूलाई पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको विषयमा भने अनभिज्ञता जनाएकी थिइन्। उनले भनेकी छन्, ‘कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन।’

बरु उल्टै झाँक्रीले पार्टी सचिवालय बैठकमा जवाफ दिन पाउनुपर्ने भन्दै नेताहरुले आफूप्रति दिएको प्रतिक्रियाविरुद्ध लडाइँ लड्ने बताइन्। ‘पार्टीका धेरै ठूला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु,’ उनको भनाइ थियो।

उनले मिडिया र भर्चुअल प्लेटफर्ममा समेत आफूविरुद्ध राजनीतिक प्रतिशोधले व्यक्तिगत लाञ्छना लगाउँदै व्यक्तिगत स्वास्थ्य र बढीसेमिङ गरेर हिंसात्मक ढंगले बोलिरहेको भन्दै लिखित ध्यानाकर्षण समेत गराएकी थिइन्।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र संगठन विभाग प्रमुख डा. बेदुराम भुसाललाई बोधार्थ दिई पार्टी अध्यक्षलाई लेखेको पत्रबारे सचिवालयमा जानकारी गराइएको थियो।

झाँक्रीले स्पष्टीकरण नसोधिएको बताइरहँदा यता नेताहरूले भने अनुशासन समितिले स्पष्टीकरण पत्र पठाएको जानकारी गराएका थिए।

उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिए। तर झाँक्री उपाध्यक्षको कुरालाई चुनौती दिइरहेकी छन्। झाँक्री आफूविरुद्ध निराधार हल्ला चलाइएको जिकिर गर्छिन्।

बरु आफूविरुद्ध केही नेताहरूले मिडियामा गएर स्पष्टीकरण सोधिएको भन्ने कुराको हल्ला चलाइएको आरोप उनको छ। उक्त विषयमा उनी प्रष्ट पार्न भन्दै सचिवालय बैठकमा पुगेको बताउँछिन्। आफूमाथि उठेका विषय सचिवालय बैठकमै प्रस्ट पार्न पाउँ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिएकी छन्।

‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ। मलाई त सोधिएको छैन,’ उनको जिकिर थियो।

उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताउँछन्।

यसैबिच झाँक्रीले पार्टीमा स्पष्टीकरण सोध्ने अधिकार महासचिवलाई मात्र भए पनि अनुशासन आयोगले सोधेकाले त्यसलाई आफूले स्पष्टीकरणका रूपमा नलिने निकटस्थहरूसँग बताउने गरेकी छन्। यसबारे उपाध्यक्ष खतिवडाले अनुशासन आयोगले पार्टीका जो कसैलाई स्पष्टीकरण सोध्न सक्ने प्रष्ट पारिसकेका छन्।

आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भई निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको झाँक्रीको दाबी छ। तर पार्टीका ठूला नेताहरूले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसाबले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ।

उनले आफूले बोलेका विषयमा भने पार्टीको बैठकमा राख्ने उल्लेख गरिन्। स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थित भई स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी छन्।

त्यसो त महासचिव घनश्याम भुसालको स्वास्थ्य समस्या कारण देखाउँदै आइतबार (२२) गतेसम्मका लागि सचिवालय बैठक सारिएको छ।

प्रकाशित: २०८२ असार २० गते शुक्रबार ०३:०७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना