२०८३ कार्तिक ११ गते मङ्गलबार

कोहलपुरबाट इटहरी नियाल्दा

 |  जेसश खत्री
Sanket

जेसश खत्री

काठमाडौँ, चैत ४
ithari

एसएलसी (कक्षा १०) को नतिजा प्रकाशन भएपछि सबैको दिमागमा महत्वाकांक्षी सोच आउन थाल्दछ। त्यसबाट म मात्र कसरी बच्न सक्थेँ। सरकारले कक्षा १२ सम्मलाई विद्यालय तह घोषणा गरे पनि कक्षा १० पछि कलेज सुरु हुन्छ भन्ने भावना अझैसम्म ज्युँकात्युँ छ। अब कलेज जाने, यसो गर्ने, उसो गर्ने। यस्तै उस्तै।

मेरो जन्म कोलिकोटमा भएपनि बाल्यकाल बाँकेको कोहलपुरमा बित्यो। कक्षा १० को नतिजासँगै उच्च शिक्षाको लागि म पूर्वी जिल्ला सुनसरीको इटहरी जानुपर्ने भयो। कोहलपुर पश्चिमको केन्द्र थियो। इटहरी पूर्वी केन्द्र रहेछ। दुवै तराईका सहर। मौसम मिल्दोजुल्दो। गर्मीयाममा तराईमा उखपातै घाम चर्किन्छ। बाँकेको बसाइले मलाई बानी परिसकेको थियो। जति गर्मी भएपनि हुर्काइका क्रममा बाँके जिल्लाका तातिएको छतुमनि बस्ने गरेकाले मैले तराईको गर्मी र घामपानी पचाइसकेको थिएँ। कोहलपुरको गर्मी खाइसकेकाले इटहरीको गर्मी पचाउन सक्ने हिम्मत ममा भरिएको थियो।

इटहरी जाने मिति तय भयो। यात्रा रात्रि बसको थियो- कोहलपुर टू इटहरी। हातमा टिकट लिएर ठूलो बसको ठूला सिटमा आफूलाई स्थिर राखेँ। तर मन स्थिर हुन सकेन। आकाश स्थिर भए पनि बादल मडारिरहेको वातावरण थियो। मेरो हालसँग त्यो ठ्याक्कै समान थियो।

बसको गति सुरु हुँदै गर्दा छातीमा घण्टी नै बज्न थाल्यो। मनमा कुरा खेल्न थाले। लामो यात्रा अनि धेरै मानिसबीच एक्लिएको म! छेउछाउमा धेरै मानिस भएपनि गन्तव्यको टुङ्गो हुँदाहुँदै पनि मनले एकालाप गरिरहेको थियो। अँ, मनमा एक्लोपन टम्मै भरिएको थियो।

तीन दिनको लगातार वर्षाको असरले होला, बाटो हिलाम्य थियो। जाम र बढ्दो गर्मी मेरो यात्राका शत्रु सावित भइरहेका थिए। अन्जान मानिसबीच हुँदा पनि यो मुख खुब चलमलाई रहन्थ्यो। शब्दहरू फुटिरहन्थे। तर आज फरक थियो, म केही बोल्न सकिरहेको थिइनँ।

मेरो सिटको छेउमा उमेर बिताइसक्नु भएकी एक महिला पनि यात्रा गरिरहनु भएको रहेछ। बोल्ने बानी! के बोलौँ के बोलौँ भइहाल्यो। केही बेरको मौनतालाई समाप्त पार्ने सोचेँ। संवाद कसरी अगाडि बढाउने भनेर मनमा कुरा खेल्न थाले। मेरो मन कुराहरुको भुमरीमा चलमलाउन थाल्यो, जामले गर्दा बस जंगलबीच अडिएको थियो।

चारैतिर निस्पट अँध्यारो र सुनसान। समय बिताउन छेउमा बसेकी महिलासँग कुराकानी गर्नुशिवाय विकल्प थिएनन्। अनि सुरु भयो परिचय साटासाटको कुराकानी। दुवैका मुख खुले। हाम्रा सोच र कुराहरूको वर्षात् यति निरन्तर भयो कि जाम सकिएको पत्तै भएन। गर्मी एकाएक शीतल हावाजस्तै बन्यो।

फारम भरेको दुई दिनपछि मेरो प्रवेश परीक्षा भयो। नतिजामा दुई नम्बर कम भएको हुँदा मलाई विज्ञान विषय पढ्न नपाउने भएँ। कलेजले मलाई अयोग्यको सूचीमा स्टाम्प लगाइदियो।

सिरहाको लहानलाई छोडेर बस अघि पुगिसकेको रहेछ। बिहान हुँदै थियो। मौसन चिसिँदै थियो। झ्यालबाट छिरेको चिसो चिसो हावाले अनुहारमा हिर्काइरहेको थियो।

झाडी बुट्यान अनि मनलाई छुने रमणीय दृश्य आँखाअघि आउन थालेका थिए। वारि सप्तरी र पारि सुनसरीको बीचमा सप्तकोशी आफ्नै लय दौडिरहेको थियो। आफू सबैभन्दा ठूलो भएर पनि शान्त थियो। बर्खामा त यो पनि कहिलेकाहीँ बदमास बनिदिन्छ।

कोहलपुरमा बसेर गरेको कल्पनाभन्दा बेग्लै सुन्दर लाग्यो पूर्वी नेपालको आवरण। नयाँ ठाउँबारे जान्ने उत्सुकतासँगै मनमा डर छँदै थियो। यसलाई साथी बनाएर यात्रा जारी थियो। मैले यताउता हेरेँ, राजमार्गबाट नजिकका पूर्वाधार विकासकै क्रममा थिए। लाग्थ्यो मानिसहरू धेरै सेवाबाट वञ्चित छन्। सोच्दासोच्दै बिहानको ८ बजेछ। म इटहरीको बसपार्क पुगेँ। त्यहाँ मलाई लिन काका आउनु भएको थियो। हामी सिटीसफारीमा सवारी गरी कोठामा पुग्यौँ।

अब मेरो नजिकको अभिभावक काका नै हुनुहुन्थ्यो। त्यतै पढ्ने भएकोले मेरो काकाले पहिला नै १०+२ को कलेज बुझिसक्नु भएको रहेछ। काकाले मलाई लिएर कलेज जानुभयो। प्रवेश परीक्षाको फाराम भरेर आयौँ। फारम भरेको दुई दिनपछि मेरो प्रवेश परीक्षा भयो। नतिजामा दुई नम्बर कम भएको हुँदा मलाई विज्ञान विषय पढ्न नपाउने भएँ। कलेजले मलाई अयोग्यको सूचीमा स्टाम्प लगाइदियो। मलाई विज्ञान नै पढ्नु थियो। तर नतिजाले मलाई खिन्न बनायो।

विज्ञान पढ्ने मेरो ईच्छा मार्ने पक्षमा म थिइनँ। काका र कलेजलाई भनेँ, आग्रह र अनुनयविनय गरेँ। मेरा लागि पुनः परीक्षा दिने व्यवस्था हुने भयो। फेरि परीक्षा दिएँ। यो पटक भने राम्रो अंकले पास भए।

कलेजमा भर्नाको प्रक्रिया पूरा भएपछि झापाको बिर्तामोड सहरमा गएँ। त्यो भारत बोर्डरभन्दा केही टाढाको सहर हो। पूर्वको पशुपति भनेर चिनिने अर्जुनधाराधाम विर्तामोडबाट नजिक पर्ने रहेछ। अर्जुनले वाण हानेर निर्माण गरेको पोखरी पनि रहेछ। त्यता मेरो दाईभाउजु बस्नु हुन्थ्यो। त्यहाँ मसँगै भिनाजु पनि लोकसेवा परीक्षा दिनको लागि आउनु भएको थियो। उहाँको परीक्षा इलाममा हुने भएको थियो। उहाँले नै मलाई इलाम घुमाउन लिएर जानु भएको थियो।

ओहो! इलाम त नामभन्दा पनि सुन्दर रहेछ। मान्छेले कुरा गरेजस्तै मनमोहक। बर्नेको चिया बगान, जोरकलश, सुखानीको जंगल हुँदै गर्दा चिसो सुरु भइसकेको थियो। हर्कटे पुग्दा त केही समयअघिको गर्मीलाई नै चटक्कै बिर्साउने चिसो थियो। यसरी नै इलाको विभिन्न रमणीय स्थल घुम्ने मौका पाएँ। कन्याममा त मैले आफैंलाई अलिकति त्यहीँ छोडेर आएँझै लाग्छ। सबै ठाउँ राम्रा। त्यसमा पनि चियाबारीको हरियाली र सुन्दर पहाडहरूले मेरो आँखाको सेरोफेरो रङ्गिएको थियो। पहाडको टुप्पोमा रहेको त्यस ठाउँको बयान गरेर नसकिने सुन्दर थियो।

सहरी परिवेशबाट अन्जान त्यहाँका मानिसहरूको बोलिचाली, भेषभुषा, रहनसहन भिन्न लाग्यो। सडकको राम्रो सुविधा भएर होला, त्यति उत्कृष्ट ठाउँ पर्यटकीय क्षेत्र बनेको थियो। त्यही ठाउँमा बस्ने क्रममा नजिकको स्कुलको अतिरिक्त कार्यक्रम अन्तर्गत हाम्रो संस्कृति हाम्रो सुन्दरता शीर्षकमा वादविवादको हिस्सा हुने अवसर पाएको थिएँ। इलामको बसाई पछि म इटहरी फर्किए। मैले त कति चाँडै पूर्वका धेरै ठाउँ घुमिसकेछु।

चाँडो फड्को मार्दै उपमहानगर भएर महानगरको यात्रामा अगाडि बढ्दै गरेको सहर इटहरीको आधुनिक इतिहास लामो छैन। प्राज्ञिक इतिहास पनि कलिलै छ। सांस्कृतिक र राजनैतिक इतिहास पनि अरू समान छ। सामाजिक र राजनैतिक सभ्यताका लागि इतिहासको महत्त्व हुने रहेछ।

अपराधीहरूलाई ठिङ्गुरा ठोक्ने (तुरुङ हाल्ने)अधिकार थियो उनलाई। थारु भाषामा ‘इटा’ भनेको ‘यो’ र ‘हरी’ भनेको ‘ठिङ्गुरा’ हो। त्यसैकारण ‘इटा-हरी’ (यो ठिङ्गुरा) भन्दाभन्दै इटहरी भएको रहेछ।

त्यहा बस्दै गर्दा घरभेटीसँग परिचय भयो। मैले इटहरी नामको आधारभूमिबारेमा पनि छोटो खोज राखेको थिएँ। निकै पहिलादेखि इटहरीमै बसोबास भएको हुँदा मलाई घरभेटीले भन्नुभएको थियो। त्यसैलाई पुष्टि गर्ने गरी इटहरी चोकमा ठिङ्गुरा बनाएर राखिएको रहेछ। इटहरीमा एक दरोगा थिए र अपराधीहरूलाई ठिङ्गुरा ठोक्ने (तुरुङ हाल्ने)अधिकार थियो उनलाई। थारु भाषामा ‘इटा’ भनेको ‘यो’ र ‘हरी’ भनेको ‘ठिङ्गुरा’ हो। त्यसैकारण ‘इटा-हरी’ (यो ठिङ्गुरा) भन्दाभन्दै इटहरी भएको रहेछ।

इटहरी नामकरणलाई पुष्टि गर्ने गरी इतिहासलाई सम्मान गर्न इटहरी चोकमा ठिङ्गुरा आकृति बनाइएको छ। त्यसको लागि त धन्यवाद दिनैपर्छ, तर ठिङ्गुरा त खुट्टामा लगाएर सजाय दिने साधन हो। त्यसलाई आदिवासी थारुहरूलाई टाउकामा बोकाएर सजाय दिएको प्रतीक किन राखिएको? यसलाई कुन सन्दर्भले पुष्टि गर्न खोजेको होला? मेरो मनमा प्रश्न उब्जियो। त्यसको चित्तबुझ्दो आधार नपाउन्जेल इटहरी चोकको आकृतिले ठीक इतिहास बकेन, सही सन्देश दिएन भनेर भन्नुपर्ने भयो।

इटहरी चोकको ट्राफिक व्यवस्थापन मिलेको थिएन। निर्माणाधीन उत्तर-दक्षिण सडक र चालकहरूमा ज्ञानको कमी देखियो। चोकमा भएको सकारात्मक काम भनेको ट्राफिक लाइट थियो। ट्राफिक लाइटसम्बन्धी ज्ञानको अभावका कारण चालकहरूले आफू जानुपर्नेतर्फको लेन पहिचान गर्न सकेका थिएनन्। सधैँ खुल्ला रहनु पर्ने देब्रेतर्फको लेन सिधा जाने वा दायाँ जाने गाडीले छेकेर बसिदिनाले अनावश्यक जाम हुने गर्थ्यो। म इटहरी फर्केर मनन गरेको कुरा।

त्यतिमै मेरो कलेज लाग्ने दिनहरू सुरु भए। मेरो पहिलो दिनमा विभिन्न पूर्वी जिल्लाबाट आएका विद्यार्थीहरू साथीहरुसँग परिचय भयो। मेरो नाम र ठेगाना सुनेर सबै चकित पर्थे। तर जति समय बित्दै गयो सबैसँग राम्रो सम्बन्ध बन्यो। त्यसै गर्दै मेरो ११ र १२ को पढाइ पनि सकियो। सबै साथीहरुसँग छुटिएर थप अध्ययनको लागि इटहरीबाट निस्किएँ।

म पूर्वी नेपालमा बस्दा आफ्नोपन भेटेँ। सबैलाई समान व्यवहार गर्ने मान्छेहरूसँग मेरो भेट भयो इटहरीमा। त्यो कुरा त्यतातिरको संस्कार नै होला जस्तो लाग्यो। म पश्चिमको र टाढा भए पनि स्नेह गर्ने मान्छेहरू भेटेँ। जात, धर्म, भेषभुषामा विविधता भएपनि त्यसकै आधारमा विभेद गर्ने प्रवृत्ति कम पाएँ। भौगोलिक रुपमा टाढा पुगे पनि पूर्वी नेपालको स्नेहले मलाई सधैं आफ्नोपनको आभाष गराइरहेको छ।

प्रकाशित: २०७९ चैत ४ गते शनिवार ०२:५१
Sanket

जेसश खत्री

खत्री सिभिल इन्जिनियरिङ विषयमा स्नातक अध्ययनरत छन्।
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना