२०८३ कार्तिक २२ गते शनिवार

मध्यपहाडी राजमार्गको ८१ प्रतिशत भौतिक प्रगति, ८४ अर्ब लागत पुग्ने अनुमान

 |  सुरेन्द्र सुवेदी
Sanket

सुरेन्द्र सुवेदी

काठमाडौँ, असार २२
tehrathum

काठमाडौँ- पुष्पलाल (मध्यपहाडी) राजमार्गको लागत बढ्ने देखिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ सकिन केही दिन मात्र बाँकी रहँदा आयोजनाको भौतिक प्रगति करिब ८१ प्रतिशत र वित्तीय प्रगति ८३ प्रतिशत भएको छ। आयोजना आगामी ०८४/०८५ मा पूरा गर्ने लक्ष्य छ।

यो राजमार्ग आर्थिक वर्ष ०६४/६५ बाट निर्माण सुरु भएको हो। सुरु भएको करिव १८ वर्षमा ८१ प्रतिशत प्रगति भएकोले बाँकी ३ वर्षमा १९ प्रतिशत काम पूरा गर्न असम्भव देखिएको छ।

मध्यपहाडका २६ जिल्लाका २१५ वटा गाउँबस्ती जोड्ने यो राजमार्गबाट मध्य पहाडमा बसोबास गर्ने करिब १ करोड जनता प्रत्यक्ष लाभान्वित हुने आकलन छ।

सुरुमा यो आयोजना आव ०७३/७४ सम्पन्न गर्ने उद्देश्य राखिएको थियो। पछिल्यो समय यो आयोजना ०८४/८५ सम्ममा पूरा गर्ने गरी समयावधि थप गरिएको छ।

अयोजना सुरु हुँदा यसको लागत ३३ अर्ब ३६ करोड रुपैयाँ तय गरिएको थियो। अहिले वृद्धि भएर ८४ अर्ब ३३ करोड रुपैयाँ पुग्ने देखिएको छ।

अहिलेसम्म आयोजनाले १ हजार ५ सय ३ किलोमिटर सडक कालोपत्रे गरेको र १ सय १० वटा पुल निर्माण भइसकेको आयोजनाकी सिनियर डिभिजन इन्जिनियर (उपसचिव) सरला न्यौपानेले बताइन्।

सीडीई सरला न्यौपाने

सिनियर डिभिजन इन्जिनियर न्यौपानेका अनुसार आयोजनाको खण्ड ८ अन्तर्गत १ सय ७ किलोमिटर सडक र १६ वटा पुल निर्माण गर्न ठेक्का लगाउनु पर्नेछ।

नेकपा एमालेले ‘झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा– २०८०’ मा यो राजमार्गको कूल लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर यात्रा गरेको थियो। एमालेले गरेको अध्ययनअनुसार केही स्थानमा व्यापारिक केन्द्र र बस्तीहरूलाई बेवास्ता गर्दै जंगल र मानव बसोबास नभएको भू–भागमा सडक निर्माण गरिएको जनाएको थियो। एमालेले मानव बस्तीबाट राजमार्ग टाढा भएका स्थानसम्म सहायक मार्गमार्फत जोड्नु पर्ने राय राखेको थियो।

पुष्पलाल राजमार्गमा पर्ने १० वटा सहरलाई नमूना सहरको रूपमा विकास गर्ने कार्यक्रम पनि राजमार्ग निर्माणसँगै भइरहेको छ। पाँचथरको फिदिमदेखि, तेह्रथुमको बसन्तपुरजस्ता ग्रामीण क्षेत्रका सहरमा सबै किसिमका पूर्वाधार र विकासका सुचाङ्का पुर्‍याएर नमुना सहर बनाउने योजना राजमार्ग निर्माणका साथ भइरहेको छ।

सिडिइ न्यौपाने भन्नुहुन्छ, ‘सरकारले पर्याप्त बजेट, जनशक्ति र राजमार्ग प्रयोग गर्ने उपभोक्ताहरूको राम्रो साथ पाएमा तोकिएको समयमै आयोजना पूरा हुनेछ।’

सुरुमा गरिएको लागत अनुमानभन्दा करिव ५१ अर्ब रुपैयाँ वृद्धि भइसकेकोले आव ०८४/८५ मा आयोजना पूरा नभए यसको लागत बढेर एक खर्ब रुपैयाँ पुग्ने देखिन्छ।

प्रकाशित: २०८२ असार २२ गते आईतबार ०८:०३
प्रतिक्रिया

थप समाचार

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना