२०८३ कार्तिक १२ गते बुधबार

केपीले नपत्याएपछि फेरि माधवतिर लागे वामदेव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २७
bamdev_gautam1

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच पार्टी एकता गर्ने सहमति भएको छ। अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख छ। ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो’, अध्यक्ष नेपाल र गौतमबिच भएको सहमतिमा उल्लेख छ।

वामदेव गौतमले पटकपटक नेकपा एमालेमा प्रवेश गर्न चाहे पनि सफल हुन सकेनन्। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेवलाई भित्र्याउन अनिच्छा प्रकट गरेपछि उनी फेरि माधवकुमार नेपालतर्फ ढल्किएका हुन्।

000

२०८१ मंसिर २६ गतेदेखि नेकपा एस स्थायी कमिटी बैठक सुरु भयो। उक्त बैठकमा भएका छलफलका विषयबारे नेकपा एस प्रवक्ता जगन्नाथ खतिवडाले वामदेवलाई भित्र्याउने कुरा भएको बताएका थिए। २०८१ पुस २ गते उनले भनेका थिए, ‘केही पार्टीमा रहेका शीर्ष नेताहरू हाम्रो पार्टीमा आउन संवाद चलिरहेको छ, आजको बैठकले उहाँहरूसँग संवाद गर्ने गरी तयारी गरेको छ। उहाँ धेरै सकारात्मक हुनुहुन्छ, पार्टीको औपचारिक प्रक्रिया पूरा गर्न संवाद गर्ने निर्णय स्थायी कमिटीले गरेको छ।’

गौतमले पनि आफू नेकपा एसमा सक्रिय हुन तयार रहेको प्रतिक्रिया दिए। गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’को पदवी दिने तयारी गरिएको थियो। अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरीयतामा गौतमलाई राख्ने माधव नेपालको तयारी थियो। नेकपा एसको विधानमा ‘वरिष्ठ नेता’ रहन सक्ने व्यवस्था छ। वामदेवको अभियानमा लागेका ७२ नेतालाई पनि गौतमसँगै भित्र्याउने तयारीमा नेकपा एस थियो।

तर तत्कालै वामदेव युटर्न भए। उनी एमालेमा छिर्न ओलीसँग कुराकानीमा पुगे।

२०८१ माघ ८ गते बसेको नेकपा एमालेको सचिवालय बैठकले वामदेव गौतमलाई एमालेमा भित्र्याउने निर्णय गर्ला भन्ने आश गरेर बसेका थिए वामदेव। तर ओलीले उनलाई पार्टीमा ल्याइहाल्न चाहेनन्। एमाले सचिवालय बैठकले वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने मात्र निर्णय गरिदियो।

एमालेको त्यही बैठकमा आफ्नो विषयमा राम्रो सन्देश प्रवाह होस् र आफूलाई एमाले छिर्ने वातावरण बनोस् भन्ने उद्देश्यले वामदेवले आफू नमरुन्जेल एमालेमा जान लागेको भनी २०८१ माघ ६ गते कान्तिपुरसँगको अन्तर्वार्तामा बताएका थिए। ‘यति कुरा हो कि म एमालेमा नमरुन्जेल काम गर्न जाने हो,’ कुराकानीका क्रममा उनले बताएका थिए।

एमालेमा फर्कन आफू दुई वर्षदेखि संवादमै रहेको समेत उनको जिकिर थियो। वामदेवले एमालेमा फर्कने कुरा गरेपनि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेशका लागि पनि कुराकानी गरिरहेका थिए। त्यसै बेला माधव नेपालको नेकपा एसमा तेस्रो वरीयता लिएर जाने लगभग निश्चित भइसकेपछि वामदेव यु टर्न भएर एमाले जान लागेको कुरा सार्वजनिक गरिदिएका थिए। बढी उत्साहित हुँदा ओलीले वामदेवलाई फेरि खस्रक्कै पारिदिए।

यस्तै २०८१ पुस १७ गते नेकपा एसको पार्टी कार्यालयमा भएको छलफलपछि वामदेव आफैँले आफू नेकपा एसमा जान लागेको बताएका थिए। ‘माधवजी र म एकजुट हुने भइयो नि त,’ सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले भनेका थिए। त्यसपछि ओलीले गौतमलाई बोलाए। एमालेमा भित्र्याइहाल्ने कुरा गरिदिए। अन्त्यमा वामदेव ओलीको बेवास्ताको सिकार बने।

पुस १७ ताका नै ओलीले आफूसँग एमाले अध्यक्षमा प्रतिस्पर्धामा उत्रिएका भीम रावललाई कारवाही गरेका थिए। रावल पनि नेकपा एसमा जान सक्ने शंका गरिएको थियो। तर पछि रावल छुट्टै दल बनाउन अभियानमा होमिएका थिए।

त्यसअघि पनि गौतमले एमालेमा जान पटकपटक खुट्टा उचालेका थिए। तर त्यस बेला पनि उनको यात्रा सफल हुन सकेन। एमाले वास्तै गरिदिएन। गौतम थेचारिन पुगे। २०८० जेठ २४ गते संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै गौतमले आफू एमालेमा जान लागेको बताएका थिए। त्यसअघि उनी एमालेमा आफूलाई भित्र्याउन केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। ओलीले भने पहिले एमाले भित्रनुस् त्यसपछि बाँकी कुरा गरौँला भनेका थिए।

नेकपाकालमा ९ सदस्यीय सचिवालयमा गौतम पनि एक थिए। नेकपाकालमा नै उनी २०७७ साल असोज १ गते राष्ट्रिय सभाको सांसद पनि बनेका थिए। २०७७ फागुन १३ गते एमाले र माओवादी विभाजन भएपछि गौतम निष्क्रिय बने। फेरि पछि एमाले पनि विभाजन भएर माधव नेपालले नेकपा एस बनाएपछि गौतमले नेकपालाई फेरि एक बनाउन अभियान थाले। तर त्यो अभियान त्यसै तुहियो। वामदेव एक्ला बने। वामदेव एक्लिएपछि गौतम कहिले ओलीसँग त कहिले नेपालसँग कुराकानी गर्दथे। जहाँ गएर कुराकानी गर्‍यो त्यही पार्टीमा आफू प्रवेश गर्न लागेको बताउने गरेका थिए। गौतमको यही बानीले उनलाई यता न उताको बनाइरहेको थियो। त्यो भने अब तोडिने गौतमलाई नजिकबाट नियाल्नेहरू टिप्पणी गर्छन्।

२०८० जेठमा नेकपा एमाले नेताहरुमा लगाएको ७० वर्षे उमेर हदको अंकुश हटायो। नेकपा एमालेले ७० वर्षीय उमेरहदको व्यवस्था खारेज गरेसँगै गौतम एमालेमा फर्कन पाउने वातावरण बन्यो भनेर हौसिएका थिए। ओलीले आफूलाई प्रस्ताव गरेमा आफू तुरुन्तै एमालेमा जाने उनको भनाइ थियो।

‘तपाई आउनुपर्‍यो भन्नुभयो भने म र मसित रहेका जेजति साथी छन्। त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौँ। यही अवस्थामा जान्छौं। अरु केही पर्दैन,’ उनले भनेका थिए, ‘उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ। किनभने पार्टी उहाँसँग छ। मसँग पार्टी छैन अहिले। मैले अरु धेरैसँग सोधेँ–उहाँहरु कसैले पनि बोल्नुभएन। निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ। उहाँहरुले भन्नुभएन।’

आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको उनको भनाइ थियो। ‘मेरो सदस्यता त्यहीँ छ। मैले निर्माण गरेको पार्टी हो। मैले त्यसलाई माया गर्छु,’ गौतमको भनाइ छ। एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि आफू जान नलागेको उनको जिकिर छ।

उता ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका थिए। संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए। ‘उहाँको सदस्यता एमालेमै छ,’ ओलीको प्रतिक्रिया थियो, ‘बाँकी केही छ र थप कुरा? उहाँले एकता अभियान चलाउनुभयो। त्यो अभियान मात्रै हो। पार्टी खोलेको होइन। उहाँको पार्टी सदस्यता एमालेमै छ।’ तर एमालेले वामदेवको आवश्यकता देखेकै छैन। वामदेव ओलीलाई गलाउनका लागि मात्र अन्य पार्टीमा जान लागेको हल्ला गराउने र खास जनाधार पनि नभएको भन्दै ओलीले त्यति चासो दिएकै छैनन्।

२०७८ भदौ १८ गते गौतमले एमाले उपाध्यक्षको पदबाट राजीनामा दिएका थिए। उनले एमाले कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका थिए। ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए।

त्यसबेलै एमाले छोडेर उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका थिए। उक्त पार्टीका लागि उनले गीत पनि लेखिदिएका थिए। तर उनी उक्त पार्टीमा पनि समाहित हुन भने सकेनन्।

२०७७ पुस २५ गते वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै तत्कालीन सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएपछि गौतम दुवैतिर नलागी एकता अभियान चलाएका थिए।

गौतमले ओलीलगायतका नेताहरूको अयोग्यताका कारण पार्टी फुटेको बताएका थिए। पार्टीमा उत्पन्न समस्या समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने घटना पीडादायी भएको उनको भनाइ थियो।

कार्यकर्तालाई तानातान गर्दै केपी शर्मा ओलीको नेतृत्वमा एउटा समूह र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेको भएपनि एकता जोगाउन वा पुनएकीकरण गर्ने उद्देश्य लिएर आफू कतै नगएको बताउने गरेका थिए।

२०७७ चैत ३ गते गौतमले अभियानको नाम फेरे। गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले)एकता राष्ट्रिय अभियान बनाए। एमालेलाई एकताबद्ध गर्न अभियानको नाम फेरिएको उनको भनाइ थियो।

तत्कालीन नेकपाकालमा उनी ९ सदस्यीय सचिवालय कमिटीमा एक जना सदस्य गौतम पनि थिए। नेकपा विभाजन हुँदा प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश माओवादीमा गए। एमाले विभाजन हुँदा माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिए। ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल ओलीतिर लागे। गौतम कुनै पक्षमा खुलेनन्।

ओलीले बनाएको बामदेव किस्सा
प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमसँग जोडिएका किस्सा पनि यदाकदा सम्झन्छन्। फोनमा रमाइलो कुराकानी भएको उनले २०८१ मंसिर २८ गते ओलीले सुनाएका थिए। ओलीका अनुसार त्यो किस्सा त्यही दिनको हो।

आफूलाई राजेश ब्रजाचार्य (प्रधानमन्त्री ओलीका स्वकिय सचिव) सम्झिएर वामदेव पड्किएको ओलीको भनाइ छ। एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएकोसमेत उनले बताए।

यस्तो छ ओलीले सुनाएको वामदेव किस्साः
‘अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो। फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ। कुरा गर्दै गइयो। उहाँले भन्नु थाल्नुभयो– मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ… कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर… सबै मेरै स्वरमा छ। कुराको अन्तिममा त… तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ। यस्तो भनेर पड्किनुभो। हस् हजुर भनेँ। अब के भन्नु। हस् म भन्दिउँला भनेँ। फोन राखेँ।

उहाँलाई समेत भ्रम पर्ने गरी…भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म …त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौं। अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ। उहाँले मेरो आवाज युट्यूवमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहीँ चिन्नुभएन। कांग्रेस र मेरोबीचमा लडार्इं लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला।

प्रकाशित: २०८२ असार २७ गते शुक्रबार ०१:४७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना