काठमाडौं- नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ।
पूर्वमन्त्री तथा पूर्व सांसद् समेत रहेकी पाण्डेको मंगलबार सर्लाहीमा निधन भएको हो।
उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला मन्त्री पनि बनेकी थिइन्।
२०४८ र २०५१ मा प्रत्यक्ष निर्वाचित भएकी मीना २०७४ सालमा समानुपातिक तर्फबाट सांसद् बनेकी थिइन्।


