२०८३ कार्तिक ११ गते मङ्गलबार

कायमै छ जावलाखेललाई उपाधि जित्ने ऐतिहासिक अवसर, सकियो आर्मीको दाबेदारी

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, जेठ १६
jawalakhel
जावलाखेल युथ क्लबका खेलाडी। तस्बिर : एन्फा

काठमाडौँ- जावलाखेलले अहिलेसम्म सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छैन। लिगमा अहिलेसम्म उसको सर्वाधिक उच्चस्थान भनेको दोस्रो हो। अन्नपूर्ण क्लबले लिग जितेका बेला जावलाखेल दोस्रो बनेको थियो।

जावलाखेल दोस्रो स्थानमा पुगेको ४१ वर्ष बितिसकेको छ। यति लामो इतिहास भएको क्लबले लिग जित्न नसक्नु उसका समर्थकका लागि दुखको कुरा हुन्छ। तर यो वर्ष उपाधि जित्ने ऐतिहासिक अवसर उसलाई छ।

‘२०३९ सालको लिग मैले पनि खेलेको हो। त्यतिबेला यसरी लगातार लिग हुँदैन थियो। अहिले लगातार हुन्छ,’ सोमबारको खेलपछि जावलाखेलका प्रशिक्षकले भनेका छन्, ‘सबै टिम नै उस्तैउस्तै छन्। अहिलेसम्म न रेलिगेसन थाहा छ न उपाधि जित्ने क्लब नै टुंगो लागेको छ। तीन क्लब त प्रतिस्पर्धामै छन्। राम्रो खेल्न सकियो भने हाम्रो पक्षमा नतिजा आउने हो।’

दशरथ रंगशालमा १५५औं खेलअघि आर्मी अंकतालिकामा पाँचौं र जावलाखेल तेस्रो स्थानमा थिए। शीर्षस्थानको चर्च बोइजभन्दा चार अंकले मात्र पछि रहेको जावलाखेललाई आज जित निकाल्दै दोस्रो स्थानमा जाने अवसर थियो। लामो समय लिगलिडर बनेको जावलाखेलको आजको लक्ष्य त्यही थियो।

‘आजको तीन अंक टेबलमा फाइट गर्नका लागि महत्वपूर्ण रहेको थियो। अब थोरै मात्र खेल छ। हामीसँग जितबाहेक कुनै विकल्प थिएन र आउँदा खेलमा पनि छैन,’ खेलपछि जावलाखेका प्रशिक्षक सुनिल श्रेष्ठले भनेका छन्।

खेलअघि आर्मीलाई पनि एक स्थान उक्लिने अवसर थियो। तर आर्मीले गोलका लागि गरेको प्रयास भने सफल हुन सकेन। जावलाखेललाई जित निकाल्न मोसाबीको गोल नै काफी रह्यो। उनले एकमात्र गोल गरेनन्। दुई गोल गरे।

‘त्यो दुई गोल चाहिँ डिफेन्सले म्यानमार्किङ गर्न नसकेको कारण भएको थियो। त्यो गोलले नै हारेको हो। तर बाँकी खेलमा पनि हामीलाई धेरै दबाब रहेको छ,’ खेलपछि आर्मीका सहायक प्रशिक्षक राजु तामाङले भनेका छन्।

जावलाखेल र आर्मीबीचको खेल। तस्बिर : एन्फा

जावलाखेलका समिराजको पासमा मोसाबीले गरे गोल गरे। खेलको ५६औं मिनेटमा भएको त्यो गोल निकै नाटकीय थियो। सिक्स यार्ड बक्सको कर्नरबाट समिराज थोकरले दिएको पासमा मोसाबीले सुस्त गतिमा प्रहार गरेका थिए। त्यो बललाई गोलकिपर विकेशले ‘जज’ गरिहाले। उनले बचाउका लागि गोलतर्फ हात बढाए। तर बल भुईंमा ठोक्किएर दिशा परिवर्तन गर्दै विकेशलाई ठक्कर खाएर पोस्टभित्र छिर्‍यो।

आर्मीका लागि यो निकै निशारापूर्ण गोल रह्यो। ‘हामीले चाहिँ पाएको अवसरलाई सदुपयोग गर्न सकेनौँ। तर जावलाखेलले दास्रो हाफमा हामीले भन्दा राम्रो फुटबल खेल्यो,’ खेलपछि पशिक्षक राजुले भनेका छन्।

खेलको २५औँ, २७औँ, ३२औँ मिनेटमा गरेका प्रयास सफल हुन सकेनन्। सुदिल राईले दिनेशबाट पाएको बललाई पोस्टअघिबाट गरेको प्रहार गरे, सो बललाई गोलकिपर रोकिदिए।

आजको हारपछि प्रशिक्षक राजुले भने, ‘अब हाम्रो उपाधि होडमा जाने चाहिँ सकिएको छ। बाँकी खेलमा तलको टिमको अंक हेरेर अघि जाने योजना बनाएका छौं।’ खेलको ३२औं मिनेटमा चाहिँ सेसेहाङ आङ्देम्बेले लामो दूरीबाट सुन्दर प्रहार गरेका थिए। तर उनको प्रहार गोलकिपरले रोकिदिए। आर्मीका लागि यो निकै राम्रो अवसर गुमेको थियो।

खेलको ४६औँ मिनेटमा दिनेशले गरेको प्रहार पनि पोस्टको नजिकैबाट बाहिर गएको थियो। ट्याक्टिकल्ली अवसर बनाए पनि त्यसमा चुकेको प्रशिक्षक राजु बताउँछन्। उनले भने, ‘सुदिल राईले पहिलो हाफमा स्कोर गर्न सकेन। त्यसले पनि हामीले अग्रता बनाउनु चुक्यौँ।’

खेलको ५१औँ मिनेटमा मोसाबीको पासमा विशाल तामाङले छ यार्ड बक्सको ठिक बाहिरबाट निकै सुन्दर प्रहार गरे। उनको प्रहार गोलकिपरको छेउबाट पोस्टभित्र जाने तरखरमा थियो। तर गोलकिपर इश्वर गुरुङले डाइभ गरेर मुस्किलले बचाए।

खेलको ५४औं मिनेटमा जिलेस्पी जंक गार्कीले पोस्टको दायाँबाट निकै सुन्दर प्रहार गरे। तर उनको प्रहार दोस्रो बारको नजिकैबाट बाहिरियो।
खेलको ३० मिनेट बाँकी रहँदा हिसुब थपलियाले गरेको प्रहार विकेशले मैदानतर्फ नै फर्काइदिएका थिए। तर रिबाउन्ड बललाई अनमार्क रहेका फोडे फोफानाले प्रहारको अवसर पाएका थिए। तर उनले बललाई पोस्टबाट निकै माथि प्रहार गर्न पुगे।

‘अहिले गरिरहेको प्रदर्शन हरेर पनि भन्न सकिन्छ कि, हाम्रो टिम निकै सन्तुलित पनि छ। हाम्रो टिममा पुरा २६ खेल खेल्ने खेलाडी पनि रहेका छन्। चोट धेरै छैन। र, हाम्रोमा मेहेनेत गर्ने खेलाडी भने छन्,’ जावलाखेलका प्रशिक्षक श्रेष्ठ आफ्नो टिमबारे बताउँछन्।

यता ७९औं मिनेटमा जावलाखेलको मोसाबीले व्यक्तिगत दोस्रो गोल गरे। जमेर सेलिब्रेसन गर्नुपूर्व उनले हेडरबाट गोल गर्दै जावलाखेललाई २–० को अग्रता दिलाएका थिए। यो अग्रता आर्मीलाई थप निराश बनाउनका लागि पर्याप्त रह्यो।

त्रिभुवन आर्मी क्लबका खेलाडी। तस्बिर : एन्फा

राष्ट्रिय टिमको समेत कप्तान सम्हालिसकेका नवयुगले खेलमा १० मिनेट बाँकी रहदा गरेको प्रहारलाई जिवनले सहजै बचाएका गिए। तर उनले खेलमा राम्रा अवसर सिर्जना गर्न सकेनन्। नवयुगसँग अग्रपंतिमा रहेका जिलेस्पी, दिनेश हेन्जनलगायतले जावलाखेलको रक्षापंतिलाई दबाबमा राख्न सकेनन्। दोस्रो हाफमा मैदान प्रवेश गरेका कमल बहादुर थापाले गरेका केही प्रहार पनि गोलकिपरसम्म पुग्न सकेनन्। उनले डिफेन्स चिर्नै सकेनन्।

अन्ततः आर्मीले गोल गर्न सकेन र हार बेहार्यो। आजको हारपछि नै आर्मीले घोषणा गरेको हो कि ‘हाम्रो उपाधि यात्रा सकियो।’

अब उपाधिका लागि कुन क्लब फेभरेट छन् त ? ‘उपाधिका लागि चर्च बोइज र मछिन्द्र बलिया प्रतिद्वन्द्वी रहेका छन्। जावलाखेलले पनि जितेर मोटिभेट भएको छ। तर अहिले भन्नसक्ने अवस्था छैन्,’ जवाफमा प्रशिक्षक राजुले भनेका छन्। तर उनी आफ्नो टिमको खेललाई पनि बाँकी खेलमा सुधारेर अघि बढ्ने बताउँछन्। भन्छन्, ‘लगातार खेलिरहेको कारण हुने थकान त त छँदैछ। तर हामीसँग खेलाडीको धेरै विकल्प पनि छैन्। हामीले प्रदर्शन पनि राम्रो गर्न सकिरहेको छैनौँ। तर कोसिस गर्छौं।’

आज जित निकालेपछि जावलाखेल प्रशिक्षकले अर्को खेलबारे सोच्ने बताएका छन्। अब अर्को खेल उपाधिका लागि डिसाइडर खेलसरह हुने भएको छ। अब जवालाखेलले शीर्षस्थानमा रहेको चर्च बोइजको सामना गर्नेछ। ‘उपाधि फाइट गरिरहेका अरु टिम हेर्दा राम्रा क्लब पनि छन्। पहिलो चरणको राम्रो क्लब त हामी हो नि। १६औँ चरणसम्मको पहिलो भएको क्लब हो। तर दोस्रो चरणको बीचमा तीन चार खेल बिग्रिएको हो। तर हामीले कमब्याक गरेका छौं। अब तीन खेल छ। चर्च बोइजसँग खेल्न बाँकी नै छ। अब आफ्नो रिजिल्ट हेनुपर्छ।’

मछिन्द्र पनि उत्तिकै बलियो छ। उसँग स्टार खेलाडी छन्। चर्च बोइजमा राष्ट्रिय टिमका भरपर्दा खेलाडी धेरै रहेका छन्। ‘लिगमा सबै टिम उत्तिकै बलिया रहेका छन्। राष्ट्रिय टिमका खेलाडी नभएको टिम त हाम्रो मात्र हो। तर खुसीको कुरा के छ भने टिम एउटा स्तरको छ। र, संघर्ष गर्ने खेलाडीहरु यसमा रहेका छन्,’ प्रशिक्षक क्षेष्ठले भने।

आजको जितपछि जावलाखेल ३७ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। आर्मी पाँचौँ स्थानमा कायम छ।

प्रकाशित: २०८० जेठ १६ गते मङ्गलबार ०७:०१
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना