२०८३ कार्तिक १२ गते बुधबार

विद्या पक्षमा खुल्नेलाई अप्ठेरो पार्दै एमाले संस्थापन, ईश्वरको पद नै धरापमा!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
bidya_oli_ishwar

काठमाडौँ- पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेताहरूप्रति नेकपा एमाले संस्थापन पक्षले वक्रदृष्टि राख्न थालेको छ। विद्या भण्डारीको पक्षमा खुलेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पद नै खारेज गर्ने दिशामा एमाले संस्थापन अघि बढेको हो।

बिहीवार एमालेले सचिवालय कमिटीको बैठक बोलाएको छ। बैठकमा पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नरहने गरी विधान संशोधनको निर्णय गर्ने तयारी एमालेको छ। आगामी भदौमा हुने विधान महाधिवेशनमाको तयारी र त्यसमा पेस गर्ने प्रस्तावहरूका विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागिएको एमालेका एक नेताको भनाइ छ। ती नेताका अनुसार एमाले सचिवालयले गरेको निर्णय विधान महाधिवेशनमा पेस गरिने र त्यहाँबाट पारित गराएर वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने योजना छ।

एमालेले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। एमाले सचिवालयले त्यस्तो निर्णय गरी विधान महाधिवेशनबाट पारित गराए ईश्वर पोखरेलको पद खारेज हुनेछ। विधान महाधिवेशनसम्म पोखरेलको वरिष्ठ उपाध्यक्ष पद कायमै रहनेछ। महाधिवेशनपछि भने एमालेमा कोही पनि वरिष्ठ उपाध्यक्ष रहनेछैन।

एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ। यो विषयमा पनि सचिवालयमा छलफल हुने बताइएको छ।

एमालेमा ओली पक्षका नेताहरूले विद्या पक्षमा खुल्ने नेताहरूलाई अप्ठेरो पार्ने कोसिस गरिरहेका छन्। एमालेको संगठन समन्वय विभाग संयोजकसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले असार २६ गते जनसंगठनका पदाधिकारीको भेलामा संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको भन्दै विद्या पक्षमा लाग्ने नेताहरूलाई चेतावनी दिएका थिए।

‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ,’ उनको भनाइ थियो। ढकालवाणी प्रस्फुटन भएपछि एमालेमा खैलाबैला सुरु भएको थियो।

‘पार्टीका नीति, विधिमाथि तलबितल गरियो भने मात्र नेता होइन्छ भन्ने सोचाइ त्याग्नुस्,’ ढकालको निर्देशन थियो, ‘पार्टीको संस्थागत निर्णय नमान्दा हुन्छ भन्ने मानसिकता केही संगठनका पदाधिकारीमा देखिन्छ। यस्तो प्रवृत्ति पार्टीको नोटिसमा छ।’

एमाले महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित भएका विषयमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने र त्यसलाई नमान्नेलाई ‘नोटिस’ गरिएको अभिव्यक्ति दिएका थिए। भेलामा पोखरेलले सङ्ठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशनसमेत दिएका थिए।

१० वर्षपछि एमालेमा फर्किएर नेतृत्व लिन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षमा खुल्ने नेताहरूको संख्या भने बढ्दो क्रममा छ। आफ्ना पति मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनको कार्यक्रम गरी असार १४ गते उनले एमाले राजनीतिमा फर्किएको उद्घोष गरेपछि उनको पक्षमा खुल्ने एमाले नेताहरूको लर्को लागेको छ।

तर एमाले महासचिव शंकर पोखरेल ओली कित्तामा अडिग छन्। उनले विद्या भण्डारी राजनीतिमा आउनु नै सकारात्मक नभएको भन्दै आएका छन्। ‘विद्या भण्डारी दुईदुईपटक राष्ट्रपति भएको मान्छे। भण्डारी एमाले राजनीतिमा फर्कँदा गणतन्त्रलाई नै कमजोर बनाउन सक्छ,’ पोखरेलले आफू निकटकाहरूसँग भन्ने गरेका छन्।

प्रकाशित: २०८२ साउन १ गते बिहिबार १२:४८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना