२०८३ कार्तिक ११ गते मङ्गलबार

रविलाई टीभीमार्फत् चिनाएको मैले हो, उपप्रधानमन्त्री बनाउन पनि लडेको हुँ : केपी शर्मा ओली [अन्तर्वार्ता]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २
oli

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफूले नै नेपाली राजनीतिमा स्थापित गराएको दाबी गरेका छन्। उनले लामिछानेको हालको कानुनी प्रक्रिया र त्यसप्रतिको प्रतिक्रियालाई ‘स्टन्टबाजी’ को संज्ञा दिए।

वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले लामिछाने प्रकरणमा आफू र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले व्यक्तिगत चासो लिएर फसाउन खोजेको भन्ने आरोपलाई ‘बिलकुल गलत’ भन्दै खण्डन गरे।

यस्तो छ कुराकानीको सम्पादित अंश:
रवि (लामिछाने)जीलाई राज्यले अन्याय गरेजस्तो तपाईँले फिल गर्नुहुन्छ कि हुन्न? जसरी उनलाई राती गिरफ्तार गरियो, पुर्जी दियो भन्छन्। रातिराती दौडाएर लिएर गयो। अर्थात् कोर्टले पनि भन्नुस् न, कोर्टको कुरा कोर्टसँगै थाहा होला कि यो प्रोसेसलाई स्पीड अप गर्नुपर्‍यो। उसलाई दोषी हो भने दोषी करार गर्नुपर्‍यो। जुन रफ्तारमा उनकै पहिलो सांसद सदस्यता खारेज गरेको थियो, सुप्रिम कोर्टका विषयमा कुनै टिप्पणी गरेको होइन, खाली रेकर्ड मात्रै राखेको हो। बट थिंक अबाउट द्याट जेन्टलम्यान एण्ड यु एण्ड आइ मेट।
अप्ठ्यारो मान्छेहरूले नमानेको देख्दा अलिकति अचम्मित हुन्छु। भ्रष्टाचारविरुद्ध, बेथितीविरुद्ध, अनियमितताविरुद्ध, ठगीविरुद्ध भनेर बुरुक बुरुक उफ्रिने !

त्यो तपाईँले भनिसक्नु भएको छ। मैले त यो त विचाराधीन छ। आई डोंट वान्ट टु बी।
ठिक छ, विचाराधीन त सबै हुन्छ नि। विचाराधीनमै प्रवेश नगरेकालाई त विचाराधीनै नभएका विषयहरूमा त संसद व्यवधान अवरोध त फेरि तिनी शक्तिहरूले गरिराखेका छन् त। उनीहरूले विचाराधीन नै छैन कुरा, नितान्त उनीहरूको आरोप मात्रै छ। तर पनि उनीहरूले त बन्द गरिराखेका छन्। जोमाथि बिचाराधिन नै छैन्। त्यहाँ त म यसमा जान चाहन्नँ, विचाराधीन नै छ।

आम जनताले के भन्छ भने, उनी भन्दा खराब मानिसहरू पनि होलान् या दुधले धोएको को छ र? ह्वाई वान्ली हिम भन्छ नि…?
दुधले कसैले धुँदैधुँदैन, त्यसकारण दुधले धोएको को छ र भन्दा कुरा मिल्यो। कोई पनि छैन दुधले नुहाएको। नुहाउँदै नुहाउँदैन कसैले पनि त, कसले नुहाएको हुन्छ दुधले?

त्यो एउटा थेगो हो।
म यो थेगोमा जान चाहन्नँ। तर के भने देशमा शुद्ध मान्छे छैनन् भन्ने कुरा होइन। भ्रष्टाचार नगर्ने मान्छे पनि छैनन्। यो देशले कपुतै मात्रै जन्माउँछन्? यो देशमा भ्रष्टै मात्रै जन्मिन्छ, त्यो त हुँदैन, होइन। यो देशमा इमानदार मान्छे पनि छन्, इमानदारीताका साथ काम पनि गर्छन् र एउटा हिप्पोक्रेटिक तरिका, पाखण्ड भन्ने एउटा, गर्ने अर्कै। अनि भ्रष्टाचारको विरोध गरेकोजस्तै गर्ने, अर्कातर्फ भ्रष्टाचारको धुमधाम मच्याउने, एकतिर तस्करी गर्दै गर्ने अर्कातर्फ केही मान्छेलाई यसो कारबाही गरेजस्तो या कसैले पक्री हाल्यो पुलिसले झुकिएर भने त्यसको श्रेय लिन जाने बहुतै उफ्रिने खालको परिपाटी। अहिले सरकारले, अब राज्यले भन्नुहुन्छ भने राज्यले थुनेको हो। राज्यका त अंगहरू छन् नि, निकायहरू छन् नि, तिनले गरेको काम कार्यकारिणीले नै सबै जिम्मा लिंदैन।

नेपालको राज्य र नेपालको प्रहरी प्रशासन कसरी चल्छ भन्ने चिज तपाईँलाई थाहा छ नि? तपाईंलाई त्यत्रो केशमा विदआउट योर नलेज चिजहरु हुन सक्दैन नि?
हुनसक्छ, यदि हुन नसक्ने हो भने अहिले जति कारबाही भइराखेको छ नि, त्यो पनि नहुन सक्थ्यो। यदि लहलहीमा कुद्ने हो भने छतबाट मान्छे फ्याँक्दा खेरि पनि ठीकै छ। ड्राइभर मरे पनि ठीकै छ। किनभने मानिसहरू हिरो हिरोइनहरु कुदेर गएर पुलिस कहाँ हाहु गरेर घेराबन्दी गरेपछि पुलिसले छोड्नु पर्छ। मुद्दा लगाउनु हुँदैन। एनार्किज्मबाट सबै कुरा डिसाइड हुन्छ यस देशमा। यही कुरा चलाउने यस पक्षमा म छदैं छैन, स्पष्ट कुरा। सडकले सबै कुरा निर्धारण गर्ने र होलिगानिज्मले, अनि केही दुइ चार हजार मान्छे भेला गरेपछि, दुइ चार हजार मान्छेले भनेपछि न्याय हेर्नु नपर्ने, कानुन हेर्नु नपर्ने, कानुनी राज हुनु नपर्ने।

त्यो सबैलाई हेर्नु पर्‍यो नि!
सबैलाई हेर्नुपर्‍यो।

ह्वाइ अन्ली हिम भन्छ नि, सडकमा मानिसले भन्छ त्यो।
अनि त्यसैगरी भएका मानिस थुनामा परेका छैनन्? सहकारीमा ठगी भएका मानिसहरू थुनामा परेका छैनन्? एउटा कुरा नि, कसैप्रति तपाईँको असाधारण एकदम पुत्रस्नेह जागेर आउने, कसैप्रति दुष्मनी बेकारको हुने यो कुरा त उचित होइन नि। जसले जस्तो काम गरेको छ, त्यस अनुसारको कामको फल प्राप्त गर्ने हो। जसले बेठीक गरेको छ, ऊ सबै कुरा फ्रड निस्केको छ भने थुनामा बसेर र कारबाही भोग्नु पर्ने होला। पूर्वपक्षका लागि पनि थुनामा बस्नुपर्ने हुनसक्छ। यो कोर्टले जान्ने कुरा हो। अहिलेको समय भनेको कमसेकम नक्कली मुद्दा लगाएर पनि मलाई १० वर्ष थुनेको थियो। मुद्दा सिध्दिएपछि बाँकी चार वर्ष बिना मुद्दा थुनेको थियो। १० वर्ष अगाडिदेखि बसेको मानिसलाई कमसेकम यहाँलाई पनि एउटा जानकारी होस्, म १४ वर्ष सजाय पारेर बसेको होइन है। सजाय १० वर्ष थियो तर बसेँ १४ वर्ष। १० वर्ष बसिसकेपछि पनि छोडेन। त्यो जमाना अहिलेको होइन।

आम जनताले के भन्छ भने कि एउटा स्टेटको बढ्दा एग्रेशन देखिन्छ ती एउटा व्यक्तिप्रति?
के भएर, त्यत्ति मुख छाड्दाखेरि के कारण थियो, मुख छाड्ने नि। कुनै कारण थिएन, तर पनि म माथि मुख छाडिएको थियो। अरुमाथि पनि छाडिएको हुँदो हो। त्यस्तो गर्दाखेरि मैले कुनै शब्द बोलेको पनि छैन। कतै कसैलाई फलानामाथि यस्तो अलि कडा ढंगले हेर्नु यस्तो भनेको पनि छैन। किनभने मलाई के राम्रै थाहा छ भने, म राज्य सञ्चालनमा छु र मैले कुनै कुराबाट दुष्प्रभावित हुदिनँ।

अदालत तपाईँको क्षेत्राधिकार होइन। मलाई के लाग्छ भने समाजमा एउटा समन्वयात्मक चिजहरु स्थापित गर्नुको निम्ति केशको फैसला कोर्टले पनि आई थिंक स्पिडी फैसलाहरु चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई। किनभने यो विषयलाई एउटा निष्कर्षमा पुर्याउन जरुरी छ।
कोर्टले छानबिन गर्ने कुरा हो।

जो तपार्ईंको विषय होइन, समाजमा चलेको विषय भएको हुनाले…
हो, अब त्यसमा रविलाई छोड्दा मलाई कति घाटा हुन्छ? के घाटा हुन्छ?

यो त तपाईँ हिसाब लगाउने कुरा हो नि?
मेरो कुनै उद्योग बन्द हुन्छ? के हुन्छ? अनि अर्को कुरा रविलाई त नेपालमा चिनाएको मैले हो। मैले चिनाएको हो। मैले टेलिभिजन प्रोग्राममार्फत् चिनाएको हो। अर्को पल्ट पनि मैले महत्व दिएर चिनाएको हो। सरकार बन्दा खेरी मैले कोलिशनको अगुवाई गर्दा, लिडरशिपमा त प्रचण्डजी हुनुहुन्थ्यो। त्यस बेला रविलाई उपप्रधानमन्त्री, गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मानिस म हो। म त्यतापट्टी जान्नँ। त्यसको उहाँले अब कसरी के बुझ्नु भयो, के भयो, म त्यता जान चाहन्नँ। तर त्यसभन्दा अगाडि उहाँहरूले के गर्नु भयो, त्यस बेला के गर्नु भयो, त्यो उहाँहरूको जवाफदेहीको कुरा हो, उहाँहरू जान्नु हुन्छ। मैले गरेका कुरा मेरो जिम्मा हुन्छ। उहाँहरूले गरेका कुरा उहाँहरूको जिम्मा हुन्छ। जसले जे गरेको छ, त्यसको जिम्मा त लिनुपर्छ।

पिपुल्स सेइंङ यु एन्ड द शेरबहादुरजी टुक अ पर्सनल इन्टरेस्ट टु बोकेम भन्ने, इस द्याट करेक्ट अर फल्स ?
यो बिल्कुल गलत हो। बिल्कुल गलत हो। शेरबहादुरजीले कतै भन्नुभयो जस्तो मलाई लाग्दैन, एउटा कुरा। त्यति धेरै मसिनोगरी ख्याल गर्ने मान्छे पनि शेरबहादुरजी होइन, मैले देखेको र चिनेको शेरबहादुरजीमा। अर्को कुरा के भने, अहिले म सरकार सञ्चालनको जिम्मेवारी लिइराखेका बेला कुनै पनि स्नेहभाव वा वैरभाव कुनै पनि भावबाट कतै पनि प्रभावित हुनुहुँदैन र त्यसबाट कुनै निर्णय निर्देशन गर्नुहुँदैन। त्यो कुरामा म बहुत सचेत छु। म स्नेहभावले पनि चल्दिनँ।

तपाईंको पार्टीको पूर्वतिरको एक एमपी हो कि एक राजनीतिक लिडर सहकारी केसमा २४ घन्टामा छुट्यो रे भन्छन् नि, हैन ?
किन एमालेको नाम भएको हुनाले कसैले पोल्यो त्यसमा, अनि झुटो थियो भने छुट्दैन कि छुट्नु हुँदैन ? कि सन्तुलन मिलाउँदा एउटा भ्रष्टाचारी र अर्को भ्रष्टाचार नगरेको मानिसको सन्तुलन मिलाउन कि दुई वटैलाई छोड्नुपर्छ कि…

जासुसहरू साट्छ नि अमेरिका र रसियाले ट्रेडअफ गर्छ नि त्यस्तो ?
त्यो त जासुसहरुको ट्रेडअफ हो। यहाँ एक निर्दोष र एक दोषी फलानु किन छुट्यो ? फलानु किन छुटेन ? यस्तो त कुनै तर्क नै भएन नि।

मलाई पनि के लाग्छ भने, सुप्रिम कोर्टले उसको पहिलो चितवनको केसमा डिसिजन दिएको थियो। आई थिंक कोर्ट सुड अल्सो एक्सप्रेडाइट दिस प्रोसेस भन्छ नि, दोषी निर्दोष त उसले गर्ने चिज हो किनकि समाज…

एउटा कुरा सुन्नुस् न, टोपबहादुर रायमाझीको कुरा उहाँमाथि बेकारमा पुर्पक्षका लागि थुनामा राखिएको छ। त्यो केस फैसला पनि भएको छैन। यो भन्दा धेरै अगाडिको कुरा हो। उहाँ लामो पोलिटिसियन, लामो समयदेखि पोलिटिस गरेको मान्छे।

मलाई टोपबहादुरजीको याद चाहिँ आउँदैन, रविको याद आउँछ।
यही त छ समाज, जो करायो त्यसको याद आउँछ, जसका पछाडि हुल छ, त्यसको याद आउँछ, जसका पछाडि हुल करायो त्यसको याद आउँछ। समाजले न्याय दिने भनेको को करायो कि कराएन भनेर त होइन होला नि। अनि टोपबहादुर रायमाझीलाई शेरबहादुर देउवा र केपी ओलीले थुनेको हो ? थुन्नु भनेको हो ? अनि अदालत केपी ओली र शेरबहादुर देउवाले भनसुन गरेर अदालतलाई यी सबै काम गराएका हुन् ? त्यसो भएर स्वतन्त्र न्यायालयको व्यवस्था हामीले गरेका छौं, स्वतन्त्र न्यायालय स्वतन्त्र ढंगले काम गरेको छ। कतिवटा मलाई चित्त बुझ्ला, कतिवटा नबुझ्ला, नबुझ्दैन कतिवटा काम। तर पनि स्वतन्त्र न्यायालय हो। म के गरुं। अब अर्को कुरा, मेरो जहाँसम्म प्रश्न छ– मैले वैरभाव वा मित्रभाव बिना सरकारमा बसेर काम गर्छु भनेर तपाईँलाई भनें। मेरो कुरा त्यो हो। अब, रवि थुनिन भन्दा अगाडि नै पनि वक्तव्य भिडियो तयार गरेर राखेका थिए, गिरफ्तार हुनुभन्दा अगाडि। त्यो किन गरेका थिए भन्दा एक स्टंटवाजी थियो। यसो गरेपछि समाउन सक्दैन, यसो गरेर एउटा वातावरण क्रिएट गर्न सकिन्छ भनेर। आज कसैलाई केही रिस उठ्यो नि, तपाईँको घरमा अब खाना बनाउँदा अलिकति नुन बढी भयो, दुईपल्ट हालिए छ झुक्किएर भने केपी ओलीलाई गाली गरेर चित्त बुझाउने तरिका यसरी त कुनै कुरासंँग, विषयसँग सम्बन्धित नै हुँदैन।

प्रकाशित: २०८२ साउन २ गते शुक्रबार ११:२९
प्रतिक्रिया

थप समाचार

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो: थापा [अन्तर्वार्ता]

क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ। हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावना...

जलविद्युत्‌का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ: हितेन्द्र देव शाक्य [अन्तर्वार्ता]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत्‌ आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍यायो। सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन...

‘जबसम्म १ करोड ७५ लाख सिलिन्डर भरिँदैनन्, तबसम्म ग्यास आपूर्ति सहज हुँदैन’

मन्त्रीज्यू फ्याक्ट्रीहरूमा घुम्दै जाने, फोन उठाएर ‘आऊ म तिमीलाई ग्यास दिन्छु’ भनेर भन्नु जायज होइन। त्यो गर्नुको सट्टा मन्त्रीले राजदूत वा, फस्र्ट सेक्रेटरी, फरेन अफेयर्स मिनिस्ट्रीमार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना