२०८३ कार्तिक १२ गते बुधबार

विष्णु पौडेलले किन लिए ‘यू-टर्न’ ?

 |  सुरेन्द्र सुवेदी
Sanket

सुरेन्द्र सुवेदी

काठमाडौँ, साउन ८
Bishnu-Paudel-1-768×512

पद र शक्तिका लागि माहिर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पछिल्लो राजनीतिक क्रियाकलापले राजनीतिका पण्डित पनि छक्क परेका छन्। आन्तरिक राजनीतिमा समदूरी राखेर ‘लाभ’ लिने बानी परेका पौडेल पछिल्लो समय एमालेको आन्तरिक राजनीतिमा यू-टर्न लिएका हुन्। केही समयअघिसम्म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको मुख्य योजनाकार भएर अघि बढेका पौडेल यतिबेला भने एमाले अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक व्याख्याकार बनेका छन्।

नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको पुष्पलाल स्मृति दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै पौडेलले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा सम्बद्ध हुन नहुने बताए। राष्ट्रपति गणतन्त्रको शान भएको र राष्ट्र प्रमुख भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा आबद्ध हुनु नहुने निष्कर्षसहित एमालेले निर्णय गरेको उनले बताए।

एमाले अध्यक्ष केपी शर्माा ओली ७० वर्ष कटिसकेका र अबको नेतृत्व पूर्वराष्ट्रपति भण्डारीले लिनु पर्ने प्रष्ट विचार राख्ने पौडेलले एमाले केन्द्रीय समितिको बैठकमा राखेका विषयहरू विस्तृत रूपमा सार्वजनिक भएनन्। तर, ओली-विद्या भिडन्तको अन्तिम समयमा भण्डारीलाई दोबाटोमा छोडेर ओलीसितै टाँसिन पुगेका छन् पौडेल।

‘अब उहाँ राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने जहाँसम्म विषय छ। राष्ट्रपति गणतन्त्रको शान हो। राष्ट्रपति राष्ट्र प्रमुख हो। राष्ट्र प्रमुख भएर कुनै एउटा पार्टी विशेषमा, हिजो उपाध्यक्ष हुँदा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो, तर जब उहाँ राष्ट्रप्रमुख हुनुभयो,’ उनले भने, ‘एमालेको मात्र होइन सिंगो राष्ट्रको राष्ट्रप्रमुख हुनुभयो। सिंगो राष्ट्रको राष्ट्रपति जस्तो अभिभारा संविधानको रक्षा, संरक्षण गर्ने अभिभारा वहन गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा उचित हुँदैन।’ ओलीको पक्ष लिँदै उनले ७० वर्षे उमेरहद राख्न जरुरी नरहेको पनि उनले बताए।

विद्यालाई एमाले राजनीतिमा छिराउने प्रकरणका मुख्य योजनकार अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो अभियान पार नलाग्ने देखेपछि ‘मरेको बाख्रालाई उपियाँले छोडे झैं’ कित्ता नै परिवर्तन गरे।

एमालेकी पूर्वनेतृसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई उनकै नेतृत्वमा चीनको भ्रमण गराउनेदेखि त्यहाँको आशीर्वाद लिएर एमाले नेतृत्व नै कब्जा गर्ने अभीष्ट पौडेलको योजनाअनुसार गरिएको थियो। त्यो अहिले भुत्ते भयो। केपी ओलीले एमालेलाई यो स्तरमा पुर्‍याउन गरेको योगदानको कदर गर्दै बहुमत पक्ष उनकै लाइनमा अडिग भयो। अनि, भण्डारीलाई बोक्ने, उचाल्नेदेखि भण्डारी शक्तिमा आएको अवस्थामा ‘भाग’ खान पाइने आशा बोकेकाहरू घर न घाटका भए।

विद्यालाई एमाले राजनीतिमा छिराउने प्रकरणका मुख्य योजनकार अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो अभियान पार नलाग्ने देखेपछि ‘मरेको बाख्रालाई उपियाँले छोडे झैं’ कित्ता नै परिवर्तन गरे। अनि नेपालको कम्युनिस्ट आन्दोलनमा केपीको विकल्प एमालेमा नरहेको पनि सार्वजनिक गर्दै हिँड्न थालेका छन्।

यसअघिदेखि नै पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व लिने गरी एमालेमा फर्कने स्पष्ट रुपमा नबताए पनि प्रधानमन्त्री ओलीले चाहिँ यो विषयलाई आफूमाथिको चुनौतीका रुपमा सोचे। किनभने, भण्डारीलाई तपाई पार्टी नेतृत्वमा फर्कनुपर्‍यो र अभिभावकत्व लिइदिनुपर्‍यो भनेर आग्रह गर्ने एमाले नेताहरुको संख्या बढ्दै गएको छ। र, ती नेताहरुको सूचीमा ईश्वर पोखरेल र विष्णु पौडेलको समेत नाम छ भन्ने रिपोर्टिङ ओलीलाई भएको थियो। यसअनुसार पौडेलले भूमिका पनि निभाएका थिए। तर पछिल्लो केन्द्रीय कमिटी बैठकमा विद्याले एमाले सदस्यता नै नपाएपछि पौडेल ओलीतिर फर्किएका हुन्।

विद्या भण्डारीको नेतृत्वमा प्रचण्ड र माधवकुमार नेपालसमेत एकै ठाउँमा आउन सक्ने र विगतको नेकपासमेत ब्युँतिने कतिपयले विश्लेषण गरेका छन्। उता, एकीकृत समाजवादीका नेताहरुले ओली अध्यक्ष रहुञ्जेल एमालेसँग एकता नहुने बताउँदै आएका छन्। यो परिस्थितिमा विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाएर ओलीलाई प्रतिस्थापन गर्ने एमालेका केही नेताहरूको रणनीतिमा भने धक्का लागेको छ। पौडेलले बाटो मोडेर आफूलाई फेरि सुरक्षित स्थानमा अवतरणको प्रयास गरेका छन्। तर ओली विगतका गतिविधिहरुको पनि हिसाबकिताब राख्ने नेता भएकाले पौडेलले ओलीमा कति छिटो छवि निर्माण गर्न सक्छन् भन्ने चाहिँ प्रष्ट छैन।

प्रकाशित: २०८२ साउन ८ गते बिहिबार ०३:०३
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना