काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आय–व्यय विवरण सार्वजनिक गरेको छ।
मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विवरण सार्वजनिक गरेको हो।
पहिलो संस्करणको एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ पुगेको छ। प्रतियोगितामा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ रहेको छ।
आय–व्ययपछि कुल ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा देखिएको छ।
त्यसमा ८ फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ। फ्रेन्चाइज टोलीले ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ पाए।
यसपछि क्यानको खुद नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए।


