२०८३ कार्तिक १६ गते आईतबार

गृहमन्त्री लेखकलाई निकिताको धम्की-‘रविमाथि अन्याय भयो, अन्तर्राष्ट्रिय अदालत जान्छु’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
nikita-paudel-and-rabi-lamichhane
रवि र निकिताको फाइल तस्बिर

काठमाडौँ- पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमाथि गम्भीर हस्तक्षेप भइरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै न्यायका सबै ढोका ढकढक्याउने चेतावनी दिएकी छन्।

उनले गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाउँदै अदालतले दिएका आदेशहरू समेत गृह मन्त्रालयको निर्देशनमा रोकिने आरोप लगाएकी छन्।

उनका अनुसार, अदालतमा मुद्दाको पेसी चढेपछि तुरुन्तै न्यायिक परिषद्मा उजुरी पर्ने, उजुरीको ड्राफ्ट समेत गृहमन्त्री रमेश लेखककै कार्यकक्षमा तयार हुने, त्यसपछि ती सामग्रीहरू सञ्चार माध्यमहरूलाई फैलाउने आदेश दिइनेजस्ता घटना भएका छन्। “न्यायाधीशहरूलाई प्रधानमन्त्री, कानुनमन्त्री, गृहमन्त्रीबाट सिधा फोन जान्छ भन्ने कुरा पहिले विश्वास लाग्दैन थियो, तर अब आफैंले देखेपछि विश्वास गर्न बाध्य भएँ,” सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकलाई सम्बोधन गर्दै उनले लेखेकी छन्।

उनले अदालतमा सरकारी वकिल पटक-पटक नाजवाफ हुँदा पनि फैसला आफूहरूको विपक्षमा आउने गरेको उल्लेख गर्दै भनिन्, “इजलासमा सबै कुरा स्पष्ट हुन्छ, तर फैसला बहसको विपरीत आउँछ। दिउँसो बहस सकिन्छ, तर रातपर्यन्त आदेश आउँदैन, पेनड्राइभ डुल्छ, अस्वाभाविक गतिविधिहरू देखिन्छन्।”

उनका अनुसार मुद्दाको पेसी हुने दिन नै न्यायपरिषद्मा उजुरी पुग्ने, त्यसको समाचार मिडियामा फैलिने र अदालतमा दबाब सिर्जना गर्ने क्रम दोहोरिएको छ। उनले प्रश्न गरिन्, “यस्ता अवस्थामा कुन न्यायाधीशले आफ्नो करियरको जोखिम मोलेर स्वतन्त्र फैसला गर्ने आँट गर्छन्?”

श्रीमानलाई भेट्न कारागार जाँदा समेत संगठनका मान्छेहरूले पछ्याउने गरेको भन्दै उनले आफूमाथि पनि निगरानी राखिएको गुनासो गरिन्। “को बस्न चाहन्छ यस्तो अन्यायपूर्ण र निगरानीयुक्त समाजमा? को बाँच्न चाहन्छ, जहाँ न्याय व्यक्ति हेरेर फरक-फरक दिइन्छ?” उनले प्रश्न गरिन्।

उनले सरकारमाथि प्रत्यक्ष इशारा गर्दै भनिन् रवि लामिछानेमाथि लगाइएका सबै मुद्दाहरू गृहमन्त्री लेखकको कार्यकालपछिका हुन्। “एकपटक पनि मुद्दा हदम्यादमा छैन, तर एउटै शैलीमा मुद्दा दर्ता, उजुरी, मिडिया ट्रायल अनि आदेश विपरीत न्याय हुँदै आएको छ।”

सर्वोच्च अदालतले उस्तै प्रकृतिका मुद्दामा धरौटीमा छोड्नुपर्ने नजिर कायम गरिसकेको उल्लेख गर्दै उनले भनिन्, “तर रवि लामिछाने भने थुनिएको थुनियै छ।”

उनले न्यायका सबै ढोका ढकढक्याउने दृढता व्यक्त गर्दै भनिन्, “म जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल जान्छु। आवश्यक परे अन्तर्राष्ट्रिय अदालत पनि जान्छु।”

अन्त्यमा, उनले सम्माननीय प्रधान न्यायाधीशसमक्ष अपिल गर्दै लेखेकी छन्, “कार्यकाल सकिएपछि लेखिने किताबले होइन, कार्यकालमै लेखिएको आदेशले न्याय दिन्छ।”

प्रकाशित: २०८२ साउन २८ गते बुधबार ०१:५०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना