नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट आएकाहरूलाई शुक्रबार जिम्मेवारी तोकेको छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो।
गौतम नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बनेका छन्। उनी अध्यक्ष माधव नेपाल र अर्का वरिष्ठ अध्यक्ष झलनाथ खनालसँगै पार्टीको तेस्रो वरीयतामा छन्।
डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।
भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर बागवानले भने केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्। पार्टीमा जिम्मेवारी तोकिएसँगै गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको पार्टीले जानकारी दिएको छ।
प्रकाशित: २०८२ साउन ३० गते शुक्रबार ०२:४४