काठमाडौँ- काठमाडौँमा केही बेरको वर्षाले सडक जलमग्न भएको छ।
दिउँसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न बनेको हो।
वर्षाको समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक ठूलो वर्षा भए सडक जलमग्न हुने समस्या उत्पन्न हुने गरेको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


