काठमाडौँ- काठमाडौँमा जताततै फुटपाथ अतिक्रमित छ। भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन्। दृष्टि भएकाहरूलाई समेत दृष्टिविहीनलाई फुटपाथमा हिँड्न त्राहीत्राही छ। पाइलापाइलामा अवरोध खडा गरिएको छ। अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कति बेला दुर्घटना हुने ठेगान छैन। ठाउँठाउँमा धराप थापिएको छ।
नेपाल विद्युत् प्राधिकरणले अहिले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ। प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ। यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ। साथै कतिपय ठाउँमा ढुङ्गा बिछ्याउन फुटपाथ भत्काइएको छ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ।
राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था:
तस्बिर : सरोज शाही/ नेपाल फोटो लाइब्रेरी।


