काठमाडौँ- नेपाली महिलाहरू आज तीज पर्व मनाउँदै छन्। तीजमा खासगरी शिव मन्दिरमा भक्तजनहरूको भीड लाग्छ। काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाहरूको घुइँचो छ।
बिहानैदेखि महिलाहरू शिवजीको दर्शनका लागि श्रद्धालु लाइनमा बसेका छन्। उनीहरूको सेवासुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवकहरू पनि खटिएका छन्।
कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन्। सुरक्षाकर्मीसँगै सञ्चारकर्मी र सफाइकर्मी महिलाहरू काम गरिरहेका देखिन्छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


