काठमाडौँ – कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपानेलाई बनाउने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्डमा बसेको पदाधिकारी बैठकले न्यौपानलेलाई सभापति बनाउने निर्णय गरेको हो।
उनी संयुक्त समिति अन्तरगतको संसदीय सुनुवाइ समितिको सभापति समेत छिन्। त्यहाँबाट राजीनामा गराएर कांग्रेसले राज्य व्यवस्थास समितिको सभापति बनाउन लागेको हो।
कुलिङ पिरियड छानबिन समितिले तत्काली सभापति रामहरि खतिवडाले परिभाषित जिम्मेवारी पूरा नगरेको ठहर गरेपछि उनले साउन २८ गते राजीनामा दिएका थिए।
पद रिक्त भएको १५ दिनभित्र पदपूर्तिको प्रक्रिया थाल्नुपर्ने निर्णयअनुसार संसद सचिवालयले सोमबार सभापति चयनको कार्यतालिका सार्वजनिक गरेको छ। जसमा मंगलबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन र बुधबार दिउँसो ३ बजे बस्ने बैठकले सभापति चयन गर्नेछ।


