२०८३ असोज २२ गते बिहिबार

जलविद्युतमा ठूला व्यवसायिक घरनाको प्रवेश: विशाल र त्रिवेणी ग्रुपले किने कालिगण्डकी गर्जको ५१ प्रतिशत सेयर

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, भदौ १२
foto

काठमाडौं: पछिल्लो समय नेपालका ठूला व्यवसायिक घरनाहरु जलविद्युतमा लगानी बढाउन थालेका छन्। सिमेन्ट, डन्डी, खाद्यन्न, तेल उत्पादनका साथै व्यापारमा संलग्न ठूला व्यवसायिको नजर जलविद्युतमा परेको छ । यसैगरी दुई व्यवसायिक घरना विशाल ग्रुप र त्रिवेणी ग्रुपले जलविद्युतमा आक्रामक भएर लगानी विस्तार गर्न थालेका छन्।

दुई ग्रुपको संयुक्त लगानीमा ५२.४ मेगावाटको लिखु चार केही वर्षअघि नै र भर्खरै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना सञ्चालनमा आएको छ। ग्रुपले व्यवसायी ज्ञानेन्द्रलाल प्रधानसँगको साझेदारीमा १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज अर्धजलासय जलविद्युत आयोजना बनाउन सुरु गरेको हो।

विशाल र त्रिवेणी ग्रुपले कालिगण्डकी गर्जको ५१ प्रतिशत स्वामित्व खरिद गरेर आयोजनामा प्रवेश गरेका छन्।

ग्रुपहरुले ग्रीन भेन्चर्स लिमिटेडमार्फत आयोजनाको बहुमत स्वामित्व खरिद गरेका हुन्। ग्रीन भेन्चर्सले ५२.२ मेगावाटको लिखु चार आयोजना सञ्चालन गरिरहेको छ । ग्रीन भेन्चर्स र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच मंगलबार ५१ प्रतिशत संस्थापक सेयरहरु खरिद सम्झौता भइसकेको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाबाट विद्युत उत्पादन गर्न कालिगण्डकी गर्ज हाइड्रोपावरलाई अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) दिइसकेको छ। आयोजनामा लक्ष्मी सनराईज बैंकको अगुवाईमा विभिन्न बैंकहरुको सहवित्तीयकरणमा ऋण लगानी सम्झौता भईसकेको छ।

आयोजना बनाउन ३९ अर्ब ५० करोड रुपैयाँ खर्च हुने ग्रीन भेन्चर्सले जनाएको छ । बैंकको ऋण ७५ र स्वपुँजी (इक्विटी) २५ प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ।

जसअनुसार लक्ष्मीले बैंकले ९ अर्ब, ग्लोबल आइएमई बैकले ९ अर्ब, सिद्धार्थ बैंकले ५ अर्ब, हिमालयन बैंक र नेपाल एसबिआई बैकले ३ ३ अर्ब र एभरेष्ट बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।

बाँकी लगानी स्वपुँजी संस्थापक लगानीकर्ता त्रिवेणी, विशाल र प्रधान समूहबाट जुटाइने भएको छ । आयोजनामा त्रिवेणी र विशाल ग्रुपको ५१, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको २५ प्रतिशत स्वामित्व हुने गरि लगानी संरचना बनाइएको छ । बाँकी लगानी साधारण सेयर (आईपीओ) जारी गरेर जुटाउने योजना रहेको ग्रीन भेन्चर्सले जनाएको छ।

आयोजनाको अध्यक्षमा सुभासचन्द्र संघाइ, अनुज अग्रवाल र ज्ञानेन्द्रलाल प्रधान सञ्चालक रहेका छन।

अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। वर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ। नेपाल विद्युत प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पीपीए दर निर्धारण गरेको छ । जसअनुसार बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८.४० रुपैयाँ पीपीएदर तोकेको छ।

नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेचेर कम्पनीले वार्षिक सात अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजनाबाट १७ प्रतिशत प्रतिफल प्राप्त हुनेछ। राम्रो प्रतिफल देखिएकाले आयोजना वित्तीय रुपमा आकर्षक भएको छ।

आयोजनाले आउदो २०८६ असारदेखि बिजुली उत्पादन थाल्ने लक्ष्य लिएको छ । अर्धजलासय आयोजना छ घण्टा पिकिङ हुने गरी डिजाइन गरिएको छ। विद्युतगृहमा ६० मेगावाट क्षमताका तीनवटा टवाईन जडान गरिने भएको छ । सुरुङको लम्बाइ ५ किलोमिटर रहेको छ भने हेड ५ सय मिटर रहेको छ।

आयोजनाले प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने छ। सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १ सय ८० मेगावाट बिजुली उत्पादन गर्ने छ।

आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो।

आयोजना म्याग्दीको बेनीबाट २० किलोमिटर टाढा पर्छ। उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको म्याग्दीको दाना सबस्टेशनमा जोडिने भएको छ। आयोजनाले १ किलोमिटर लामो प्रसारण लाइन बनाउनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले जलविद्युतमा न्यूनतम् १० प्रतिशत लगानी गर्नुपर्ने निर्देशित कर्जा नीति लिएका कारण र लगानी जोखिम नहुने देखेपछि बैंकहरुले यस क्षेत्रमा ठूलो लगानी गरेका छन् । आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार ग्यारेन्टी भएकाले पनि बैंक तथा वित्तीय संस्थाले निर्धक्क भएर जलविद्युतमा लगानी बढाइरहेका छन्।

यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै चार खर्ब ३६ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् । गत वर्ष मात्रै बैंक तथा वित्तीय संस्थाहरुले झण्डै ६९ अर्ब रुपैयाँ थप लगानी भएको राष्ट्र बैंकले गरेको छ।

जलविद्युतमा लगानी गर्न खुलेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थापकहरुले गरेको स्वपुँजीसमेत गरी ठूलो लगानी गरेका छन्।

प्रकाशित: २०८२ भदौ १२ गते बिहिबार ०८:३८
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता...

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ: एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट तथा ‘बाइ वान गेट वान’ सुविधा पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई...

‘पल्सर आरपीएम बुटवल’ सम्पन्न, २५ सय युवा सहभागी

बुटवलमा युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको पल्सर आरपीएम  सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा...

अनरको दशैं, तिहार, छठलक्षित उपहार योजना, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौँ: स्मार्टफोन ब्रान्ड अनरले दशैं, तिहार र छठको अवसर पारेर ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ। ४ अक्टोबरदेखि १५ नोभेम्बर  २०२६ सम्म सञ्चालन हुने अभियानमा...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना