२०८३ कार्तिक २५ गते मङ्गलबार

अपांगता भएका बालबालिकालाई घरमै विद्यालय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
home-school

महोत्तरी- ‘हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,’ (मलाई लाग्दैनथ्यो,हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका-११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया बबिता पण्डित कुम्हालले बौद्धिक अपांगता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भने,‘आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि’ (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्)।

रचनामात्र होइन, जलेश्वर-८ का शारीरिक अपांगता भएका सात वर्षीय प्रेम बैठा धोबी, जलेश्वर-४ सुगाका चार वर्षीया विवेक महतो, जलेश्वर-७ अन्कारका सात वर्षीय नजाबुल राइन, जलेश्वर-३ मलिवाराका ६ वर्षीय साकिव अन्सारी र जलेश्वर-७ महादेवपट्टी बस्तीका १० वर्षीय वीरेन्द्र मण्डल पनि शारीरिक रूपमा अपांगता भएर पनि अब लेखपढ गर्न जान्न थालेका छन्। कुनै जन्मले नै र कतिपय जीवनका विभिन्न घटनामा परी अपांग भएर घरमैं कुँजिएका बालबालिकाका लागि अहिले रतौली युवा क्लबले सञ्चालन गरेको ‘घरमै विद्यालय’ कार्यक्रम वरदान भएको छ।

क्लबले जिल्लाका जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकामा सञ्चालन गरेको यो कार्यक्रममा अहिले शारीरिक रूपमा अपांगता भएका बालबालिकालाई घरमै हेरचाह र पठनपाठन अभ्यास गराउँँदैछ। धेरैजसो बौद्धिक अपांगता भएका बोल्न नसक्ने बालबालिका अहिले नियमित अभ्यास र शिक्षकको हेरचाहले लेखपढ गर्न, चित्र कोर्न र जुडो खेल्न जान्ने भएका छन्।

‘हामीले यस्ता बालबालिकाका लागि उनीहरूकै घरमा विद्यालयको झल्को दिने शैक्षिक सामग्री र शिक्षकको व्यवस्था गरेका छौँ,’ क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी भन्छन्,‘नियमित एक वर्षको देखभालले यी बालबालिका विद्यालय जानसक्ने बनाउनु हाम्रो उद्देश्य हो।’ सन् २०२५ जनवरीदेखि सुरू गरिएको यो कार्यक्रम आउने डिसेम्बरमा एक वर्ष पूरा हुनेछ। त्यसपछि आवश्यकतानुसार अवधि थपिने उनको भनाइ छ। यो कार्यक्रम सञ्चालन गर्न क्लबलाई अन्तरार्ष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले आर्थिक सहयोग जुटाएको चौधरीले बताए।

यो कार्यक्रमअन्तर्गत सहयोगी शिक्षक दिनहुँ ‘घरमै विद्यालय’ का बालबालिकालालाई अभ्यास गराउन पुग्छन्। दिनहुँ चारघण्टा आफ्नो विद्यार्थीसँग बसेर उनकै अनुकूलतामा गराइने लेखन तथा वाचन अभ्यासले यस्ता बालबालिकामा निकै सुधार भएको जलेश्वर-११ पिगौनाको वनटोलवाको ‘घरमै विद्यालय’ का सहयोगी शिक्षक सजनीकुमारी मण्डल बताउँछिन्।

‘मैले हेचरचाह गरेकी रचना त बोल्दै बोल्दिनथिन्,पछिपछि विस्तारै उनीसँगै खेल्दै बोल्दैजाँदा बल्ल लेखपढ गर्न थालिन्’,आफूले हेरचाह गरिरहेकी रचना पण्डितबारे जानकारी दिँदै सजनीले भनिन्,‘अब साउँ अक्षर सबै लेख्ने भएकी छन्, चित्र कोर्नमा यिनको अभिरूचि बढेको छ।’ बोल्दैनबोल्ने छोरी अब घरका परिवारजनलाई नाता लगाएर बोलाउने र शिक्षक पढाएर फर्केपछि पनि कापीकलम लिएर चित्र कोर्ने गरेकी रचनाकी आमा बबिताले खुसी हुँदै बताइन्।

अहिले लेखपढ र चित्र कोर्नेमात्र नभई व्यक्तिगत आहारव्यवहारमा पनि पोख्त बनेकी देखिन्छ। आफ्ना घर आउने जोसुकै अतिथिलाई नमस्कारको अभिवादनबाट रचना स्वागत गर्छिन्। रचनामा आएको यो परिवर्तनले पिगौनावासी चकित छन्।

क्लबले सुरू गरेको यो कार्यक्रमलाई जिल्लाका बुद्धिजीवीले सराहना गरेका छन्। आर्थिक रूपले निकै कमजोर भएका परिवारका बालबालिकाले यो कार्यक्रमबाट शिक्षामात्र नभएर आहारव्यवहार सिक्ने अवसर पनि पाएका राजकीय संस्कृत माध्यमिक विद्यालयका मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेलको प्रतिक्रिया छ। ‘कसैको नजर नपुगेको क्षेत्रमा यो कार्यक्रम थालिएको छ,यसको विस्तारमा अब राज्यका शैक्षिक निकायले पनि सहकार्य बढाउन आवश्यक छ’,पौडेलको भनाइ छ।

यो कार्यक्रम सरकारी अवधारणालाई नै बल पुर्याउन सुरू गरिएको क्लबका कार्यक्रम प्रबन्धक पूजनारायण साहको भनाइ छ। ‘घरमै विद्यालय’ नेपाल सरकारकै अवधारणा रहेको बताउँदै साहले आफ्ना कामले यस्ता कार्यक्रम सञ्चालन गर्न राज्यका निकाय र मधेशका अन्य संघसंस्थालाई उदाहरण बनेको बताए।

‘यो कार्यक्रम सञ्चालन गर्न ठाउँ नै पिच्छे व्यवस्थापनमा र शिक्षकको पारिश्रमिकमा मुख्य खर्च रहेको छ’,साहले भने। अब यो कार्यक्रम स्थानीय तहले बनाउनुपर्ने साहको सुझाव छ। ‘अहिले त दातृसंस्थाको सहयोग छ, तर यो त केही दिनका लागि हो’, साह भन्छन्, ‘यसलाई जीवन्त राख्न स्थानीय तहहरूले आफ्ना कार्यक्रममा समावेश गर्नुपर्छ।’

कार्यक्रमप्रति स्थानीय तहका जनप्रतिनिधिले पनि सकारात्मक चासो बढाएका छन्। जलेश्वर-११ का वडाध्यक्ष मनोज साहले अब बन्ने बजेट र कार्यक्रममा यो कार्यक्रम समावेश गर्न पहलकदमी लिने प्रतिबद्धता जनाए। यसैगरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले आफ्नो गाउँपालिका क्षेत्रभरिका यस्ता बालबालिकाको नयाँ लगत बनाएर यिनीह केन्द्रित कार्यक्रम बनाइने बताए। रासस

प्रकाशित: २०८२ भदौ १३ गते शुक्रबार ०३:०६
प्रतिक्रिया

थप समाचार

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना