२०८३ कार्तिक २५ गते मङ्गलबार

ओली-सी भेटमा उठेको भनिएको लिपुलेकको विषयमा चीन मौन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
IMG-20250830-WA0038-scaled

चीनका राष्ट्रपति सी जीनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा उठेको भनिएको लिपुलेकको विषयमा चीनको विदेश मन्त्रालय मौन देखिएको छ। चीनले सार्वजनिक गरेको आफ्नो धारणापत्रमा लिपुलेकको विषय नपरेपछि नेपालमा सो विषयमाथि विभिन्न टिकाटिप्पणी सुरु भएका छन्।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको धारणामा चीन र नेपालबीच ‘द्विपक्षीय हितका विषयमा कुरा भएको’ भनिएको छ।

चीन र नेपालबीचको ७० वर्षे कूटनीतिक सम्बन्धको ऐतिहासिक उत्सव मनाइरहँदा तियानजिनमा नेपाल र चीनीय प्रतिनिधिमण्डलबिच भेट-वार्ता भएको थियो। भेटमा दुई देशबीचको परम्परागत मित्रतालाई अझ प्रगाढ बनाउँदै विकास र समृद्धिका लागि रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याईउने प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।

राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई ‘पहाड र नदीले जोडिएको’ र ‘सुखदुःखको साथी’ को रूपमा व्याख्या गर्दै दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने बताए। उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ) अन्तर्गत पूर्वाधार विकास, विशेषगरी बन्दरगाह, सडक, हवाई सेवा र सञ्चार सञ्जाल विस्तारमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने कुरामा जोड दिएका थिए।

राष्ट्रपति सीले कृषि, नयाँ ऊर्जा, प्रविधि र सुरक्षा जस्ता क्षेत्रमा सहकार्य बढाएर दुवै देशका जनताको जीवनस्तर उकास्न चीन तयार रहेको बताएको मन्त्रालयको वेवसाइटमा उल्लेख छ। जवाफमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल-चीन सम्बन्ध आपसी सम्मान र विश्वासमा आधारित रहेको बताउँदै नेपालको आर्थिक-सामाजिक विकासमा चीनले पुर्यााएको सहयोगको उच्च प्रशंसा गरेको उल्लेख छ।

ओलीले ‘एक चीन नीती’ प्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्या।उँदै नेपाल ‘ताइवान स्वतन्त्रता’ को विपक्षमा रहेको र आफ्नो भूमिमा कुनै पनि हालतमा चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्वता जनाएको विदेश मन्त्रालयले जानकारी दिएको छ।

भेटवार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटनदेखि लिएर जलवायु परिवर्तनसम्मका बृहत् विषयमा सहकार्यलाई गहिरो बनाउने सहमति भएको उल्लेख छ।

उक्त भेटवार्तामा नेपालको परराष्ट्र मन्त्रालयले भने लिपुलेक पासमार्फत भारत र चीनबीच भएको हालैको समझदारी उल्लेख गर्दै, प्रधानमन्त्रीले उक्त क्षेत्र नेपालको भएको र भारत चीन विचको उक्त सहमतिमा गहिरो असहमति राखेको जनाएको थियो। तर चीनीया विदेश मन्त्रालयले भने यो विषयमा मौन रहेको हो।

ओलीको उक्त भनाइमा सीले आफू नेपाल भारत सीमा विवादमा नपर्ने बताएको र भारतसँग आपसी छलफलबाट सिमा विवाद सुझाउन सुझाव दिएको बताइएको छ।

प्रकाशित: २०८२ भदौ १५ गते आईतबार ०७:५३
प्रतिक्रिया

थप समाचार

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना