काठमाडौँ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्का २४ निर्णय सार्वजनिक गरिएको छ। सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। जसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित उच्च पदस्थ व्यक्तिका ८ विदेशभ्रमणसहित २४ वटा निर्णय भएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओली शनिबारदेखि सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा छन्।
यस्तै राष्ट्रिय योजना आयोगका सदस्य राम पदारथ विच्छाको दक्षिण अफ्रिका, अर्थसचिव दिनेशकुमार घिमिरेको जापान, सिँचाइसचिव सरिता दवाडीको मलेसिया र कृषिसचिव गोविन्द प्रसाद शर्माको भारत भ्रमण स्वीकृत भएको छ।
यसैगरी परराष्ट्रमन्त्री आरजु राणा देउवाको मोन्टिनिग्रो, प्रधान सेनापति अशोकराज सिग्देलको चीन र शिक्षासचिव चूडामणि पौडेलको बेलायत भ्रमण स्वीकृत गरिएको छ।
यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय





