२०८३ कार्तिक २४ गते सोमबार

साढे दुई अर्ब लगानीमा घोराहीमा सञ्जिवनी हस्पिटल बन्दै, एक वर्षमा सञ्चालनमा ल्याउने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
sanjeevani_hospital

काठमाडौंः पछिल्लो एक दशकयता नेपालमा अर्बौं रुपैयाँ निजी लगानीमा मल्टिस्पेसियालिटी एडभान्स हस्पिटल खुल्ने क्रम बढ्दै गएको छ।

हस्पिटलसहितको मेडिकल कलेजमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी बढाइरहेका छन्। कतिपय हस्पिटलले क्षमता विस्तारमा लगानी गरिरहेका छन्। गत वर्ष मात्र हस्पिटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ९ प्रतिशत बढेको छ।

यसैक्रममा तीन ठूला मेडिकल कलेजका सञ्चालकहरुको लगानीमा दाङको घोराहीमा ५ सय बेडको सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु भएको हो।

युनिभर्सल इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड रिसर्च, गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल र नेपालगञ्ज मेडिकल कलेजको दुई अर्ब ४२ करोड २० लाख रुपैयाँ लगानीमा सञ्जिविनी इन्टिच्युट अफ एडभान्स स्टडिज खुल्न लागेको हो।

पहिलो चरणमा आउदो नोभेम्बर (मंसिर) सम्म हस्पिटलमा १०० बेड सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाँकी ३०० बेड आगामी सन् २०२६ मा सम्पन्न गर्ने लक्ष्य सञ्जिविनीको छ।

यसअघि दुई अर्ब २३ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । परियोजना स्पेसिफिकेसन परिवर्तन भएपछि गत बढेको सञ्जिनी इन्टिच्युटले जनाएको छ।

हालसम्म सञ्जिवनीको ६७ प्रतिशत वित्तीय प्रगति भएको छ। हस्पिटलले एक अर्ब ७२ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। आउँदो जनवरी २०२६ को पहिलेको योजनाबद्ध मितिको तुलनामा थप उपकरण खरिद र सञ्चालनमा ढिलाइका कारण हस्पिटलको अझै पनि बढ्दो लागतको जोखिममा छ।

लागतमा अपेक्षित र अप्रत्याशित वृद्धिको सन्दर्भमा परियोजनालाई मध्यम कोष जोखिममा पनि छ । यसबाट हस्पिटल ऋणमा उच्च निर्भरता हुनसक्छ। स्थिरीकरण प्राप्त नगरेसम्म सञ्चालनको प्रारम्भिक वर्षहरूमा कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा दबाब दिन सक्छ।

सञ्जिविनीको ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। सञ्जिवनीको प्रतिवेड लागत ८० लाख रुपैयाँ रहेको छ।

ऋण भुक्तानी २०२६ बाट सुरु हुने तालिका रहेको छ । जबकि, प्रस्तावित प्यारामेडिकल पाठ्यक्रमहरू आर्थिक वर्ष २०२७ बाट मात्र सुरु हुने सम्भावना छ।

जसले गर्दा कलेज खण्डको आम्दानीले सहयोग नगरेसम्म ऋण सेवा सूचकहरूमा दबाब पर्ने सम्भावना छ। अस्पताल र कलेज सञ्चालनका लागि स्वीकृति लिन अझै बाँकी रहेको र सामान्यतया परियोजना पूरा भएपछि प्राप्त हुने भएकाले नियामक जोखिमहरूबाट प्रभावित रहन्छन्।

संरचना निर्माणसँगै आयोजना विकास मध्यम चरणमा छ। यद्यपि, निर्धारित समय र लागतमा हस्पिटल परियोजना सम्पन्न गर्न चुनौती देखिएको छ । समय बढ्यो भने परियोजनाको लागत पनि थपिनेछ । दाङको घोराहीमा हस्पिटलका लागि राम्रो क्षेत्र हो।

सञ्जिविनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटल सन् २०११ मा स्थापना भएको हो। टिचिङ हस्पिटलमा नर्सिङ र पारामेडिकल कोर्स पनि सञ्चालनमा ल्याउने तयारी सञ्जिवनी इन्टिच्युटको छ।

चिकित्सा क्षेत्रका अनुभवी व्यक्तिहरू, प्रमुख संस्थापक अन्य अपरेशनल मेडिकलमा आबद्ध छन्। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले हस्पिटलमा ७१ अर्ब ८० करोड रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक वर्षमा मात्रै ६ अर्ब ३० करोड रुपैयाँ थप ऋण लगानी भएको छ।

प्रकाशित: २०८२ भदौ १७ गते मङ्गलबार ०८:००
प्रतिक्रिया

थप समाचार

लक्ष्मीपूजाका दिन बिजुलीको माग १८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात

काठमाडौं। लक्ष्मीपूजाका दिन मुलुकमा बिजुलीको माग १ हजार ८१३ मेगावाट पुगेको छ। आइतबार साँझ सवा ६ बजे बिजुलीको उक्त माग रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आन्तरिक विद्युत् माग...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना