काठमाडौँ: सिटी होटल लिमिटेडले १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। सोमबारदेखि हाल कायम शेयरधनीका लागि १ शेयर बराबर नयाँ १:०:८० को अनुपातमा प्रतिशेयर १०० अंकित रूपैयाँका दरले कम्पनीले उक्त हकप्रद निष्काशन गरेको हो।
हकप्रद शेयर खरिदका लागि शेयरधनीले आगामी असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रद खरिदका लागि प्रभु क्यापिटलका कमलादी (काठमाडौँ), इलाम, जावलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ। यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणालीमार्फत समेत आवेदन दिन सकिने छ बताइएको छ।
अनलाइनमार्फ मेरो शेयर अनलाइन प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिने छ सूचनमा उल्लेख छ ।
हकप्रद शेयरको बिक्री बन्द भएको ७ (सात) दिन पछि प्राप्त ड्राफ्ट र दरखास्त फारामलाई शेयर बाँडफाँडमा समावेश गरिने छैन।


