२०८३ कार्तिक २५ गते मङ्गलबार

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २५
bitcoin

काठमाडौं। नेपालमा चालु आर्थिक वर्ष २०८३/०८४ को साढे तीन महिनाको अवधिमा मात्रै सवा दुई अर्ब रुपैयाँ बराबरभन्दा बढीको क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को अवैध कारोबार भएको पाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले पाँच वटा घटनामा मात्रै उक्त रकम बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

नेपाल राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले पछिल्लो समय विश्वभरि क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पृष्ठभूमिमा नेपालले मौजुदा नीतिबारे पुनर्विचार गर्नुपर्ने सुझाएका छन्।

नेपालमा क्रिप्टोकरेन्सीको माइनिङु र कारोबार अवैध भए पनि बदलिँदो परिवेशमा नियन्त्रण गर्न सहज नभएको नरबहादुर थापाको तर्क छ।

नेपालमा विसं २०७४ सालयता क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारलाई अवैध घोषणा गरिएको छ।

क्रिप्टोलगायतका डिजिटल मुद्राका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ (२) मा अभौतिक (भर्चुअल) मुद्रा प्रयोगसम्बन्धी कसुर भनेर त्यसलाई गैरकानुनी मानिएको छ।

विद्यमान कानुनी व्यवस्थाका आधारमा हालका लागि त्यसलाई गैरकानुनी मानिएको अधिकारीहरूको तर्क रहिआएको छ । गैरकानुनी हुँदाहुँदै नेपालमा क्रिप्टोकरेन्सीको कारोबार नरोकिएकोमा अन्तर्राष्ट्रिय संस्थाले समेत ध्यानाकर्षण गराइसकेको अवस्था छ।

गत जुन महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एउटा प्रतिवेदनले प्रतिबन्धका बावजुद नेपालमा क्रिप्टोकरेन्सीको कारोबार बढेको जनाएको थियो।

उक्त निकायका अनुसार सन् २०१९ देखि सन् २०२४ को अवधिमा क्रिप्टोकरेन्सीको कारोबार उल्लेख्य रूपमा बढेको पाइएको थियो।

सन् २०२४ मा मात्रै नेपालमा ५ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको उसले उल्लेख गरेको थियो।

प्रहरीले दिएको विवरणअनुसार अघिल्लो आर्थिक वर्षभरि भएको भन्दा चालु आर्थिक वर्षको साढे तीन महिनामै धेरै कारोबार भएको देखिन्छ।

आर्थिक वर्ष २०८२/०८३ मा २ अर्ब एक करोड ८६ लाख रुपैयाँ बराबरका २१ वटा मुद्दा दर्ता भएका थिए। त्यसमा ३५ जना नेपाली र सात विदेशी गरी ४२ जना पक्राउ परेकाू प्रहरी प्रवक्त काफ्लेले बीबीसी न्यूजलाई बताए।

ूचालु आर्थिक वर्ष २०८३/०८४ मा अहिले ृकार्तिक आधोसम्म दुई अर्ब २७ करोड रुपैयाँ बराबरका पाँच वटा मुद्दा दर्ता भएका छन्।ू

प्रहरी प्रवक्ता काफ्लेका अनुसार हालै पक्राउ परेका धनुषाका आरोपित मानिसले बाइनान्सको यूजर आईडीमार्फत्‌ कारोबार गर्दै आएको पाइएको छ। बाइनान्स क्रिप्टोकरेन्सी विनिमय गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको सूक्ष्म निगरानीपश्चात्‌ उनलाई पक्राउ गर्न प्रहरी सफल भएको काफ्ले बताउँछन्।

अवैध सट्टेबाजीबारे अनुसन्धान गर्ने क्रममा क्रिप्टोकरेन्सी कारोबारको केही प्रवृत्तिबारे खुलेको प्रहरी अधिकारीहरू बताउँछन्।

विदेशमा रहेका कतिपयले हुन्डीलगायतबाट आर्जित रकम क्रिप्टोकरेन्सीबाट भुक्तानी गर्ने गरेको अनुसन्धानबाट देखिन्छ। अवैध भन्सार चोरीपैठारीमा पनि विदेशबाट क्रिप्टोकरेन्सीबाट भुक्तानी गरेको अनुसन्धानले देखाएको छ,ू काफ्लेले बीबीसी न्यूजसँग भने।

त्यसै गरी विदेशबाट आयात गर्ने सामानको हकमा लो इनभोइसिङुमार्फत्‌ कर छलीमा समेत क्रिप्टोकरेन्सीको प्रयोग भएको पाइएको छ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबारका लागि बैंकिङ प्रणालीको प्रयोग नगरी डिजिटल वालेटहरूको प्रयोग गर्ने गरेको पाइएको प्रहरी प्रवक्ता काफ्ले बताउँछन्।

पछिल्ला वर्षमा नेपालीहरूको उपस्थिति संसारभरि फैलिँदै जाँदा विश्वले दिने अवसरबाट लाभ लिने पहुँच र इच्छा बढेको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा बताउँछन्।

लाखौँ नेपालीहरूले विदेशमा काम गरिरहेकाले लगानीको दृष्टिकोणले विदेशी मुद्राको उपलब्धता बढेको छ,ू नेपालमा क्रिप्टोकरेन्सीको अवैधा कारोबार बढ्नुका कारणबारे बीबीसी न्यूजसँग उनले भने।

सूचना तथा प्रविधि क्षेत्रको विकासका कारण लगानी गर्न सजिलो भएकाले अस्वाभाविक लाभ लिने तीव्र इच्छाले नेपालीहरूले पनि क्रिप्टोकरेन्सीमा लगानी गरेको हुनुपर्छ।

कतिपय जानकारहरूले समयक्रमसँगै विश्वले क्रिप्टोकरेन्सीलाई अँगाल्नुको विकल्प नभएको तर्क गर्ने गरेका छन्, जसमा थापा सहमत देखिन्छन्।

क्रिप्टो माइनिङ गर्ने प्रविधितर्फ संसार गइरहेको छ। समग्र आर्थिक क्षेत्रलाई आधुनिकीकरण गर्न र वित्तीय पहुँच बढाउनका लागि बिस्तारै क्रिप्टोकरेन्सी आधारित प्रविधिलाई अँगाल्न थालेका छन्।

त्यसैले नेपालले पनि त्यो प्रविधिलाई छिटोभन्दा छिटो आत्मसात्‌ गर्नुपर्छ। त्यही सन्दर्भमा हाम्रा कानुनहरू बन्नुपर्ने उनको भनाई छ।

थापाका अनुसार नेपालको सन्दर्भमा अर्को समस्या भनेको पुँजी खातामा नेपाली रुपैयाँ अझै परिवर्तत्य बनाउन सकिएको छैन।

त्यो भनेको पुँजी कारोबारका लागि हामीले सटही सुविधा दिने व्यवस्था हामीले गरेका छैनौँ। यसले गर्दा पनि नेपाललाई समस्या भइरहेको छ। त्यसैले जता भविष्य छ, त्यतै हाम्रा कानुनहरू सोझ्याउँदा राम्रो हुन्छ भन्ने उनको भनाई छ।

तर, अहिलेसम्म सरकारी अधिकारीहरूले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अङ्गीकार गर्ने दिशामा केही स्पष्ट पारिसकेको अवस्था छैन।

क्रिप्टोकरेन्सी के हो?

क्रिप्टोकरेन्सी भनेको भर्चुअलु मुद्रा हो, जसको अस्तित्व अनलाइन माध्यममा सीमित छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।

यो भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन। यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन। संसारभरिका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।

क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।

सबै क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटक्वाइन पहिलो क्रिप्टोकरेन्सी हो।

बिटकोइनको स्थापना गर्ने श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। तर, रोचक कुरा के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।

हालसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ।

प्रकाशित: २०८३ कार्तिक २५ गते मङ्गलबार ०७:०४
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना