२०८३ कार्तिक २० गते बिहिबार

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
job opportunati

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार उक्त पद करार सेवाअन्तर्गत रहनेछ । बैंकको समग्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रमुख सुरक्षा अधिकृत नियुक्त गर्न लागिएको हो ।

नियुक्त हुने प्रमुख सुरक्षा अधिकृतले बैंकका कर्मचारी, ग्राहक, कार्यालय, सम्पत्ति तथा समग्र बैंकिङ कारोबारको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी पाउनेछन् । उनले बैंकको सुरक्षा नीति, रणनीति तथा कार्यविधि तयार गरी कार्यान्वयन गर्नुपर्नेछ । साथै बैंकका शाखा कार्यालय, कर्पोरेट कार्यालय, एटीएम, नगद कारोबार हुने स्थान तथा अन्य भौतिक सम्पत्तिको सुरक्षा व्यवस्थापन गर्नुपर्नेछ ।

त्यस्तै, सम्भावित सुरक्षा जोखिम तथा खतराको पहिचान, मूल्यांकन र न्यूनीकरण गर्ने, सुरक्षा कर्मचारी तथा बाह्य सुरक्षा सेवा प्रदायकको व्यवस्थापन गर्ने र सीसीटीभी, अलार्म तथा प्रवेश नियन्त्रण प्रणालीको प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने जिम्मेवारी पनि उक्त पदमा रहनेछ ।

आपत्कालीन अवस्था तथा संकट व्यवस्थापनका योजना तयार गर्ने, सुरक्षा जोखिम देखिएमा तत्काल आवश्यक कदम चाल्ने र नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने कामसमेत प्रमुख सुरक्षा अधिकृतले गर्नुपर्नेछ । यसका अतिरिक्त बैंकका विभिन्न कार्यालय तथा संरचनाको सुरक्षा निरीक्षण र अडिट गर्ने, सुरक्षा घटनाको अनुसन्धान गरी सुधारका उपाय सिफारिस गर्ने तथा बैंकको उच्च व्यवस्थापनलाई सुरक्षा जोखिम र रणनीतिक आवश्यकताबारे सुझाव दिने जिम्मेवारी पनि तोकिएको छ ।

उक्त पदका लागि व्यवस्थापन, सुरक्षा व्यवस्थापन, कानुन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा अन्य मान्यताप्राप्त सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने निकायमा कम्तीमा १० वर्षको सम्बन्धित कार्यअनुभव आवश्यक पर्नेछ । वरिष्ठ पदमा रहेर काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

बैंकिङ वा वित्तीय संस्थाको सुरक्षा व्यवस्थापनमा काम गरेको अनुभव भएका उम्मेदवारलाई थप प्राथमिकता दिइनेछ । उम्मेदवारसँग भौतिक सुरक्षा व्यवस्थापन, जोखिम मूल्यांकन तथा निगरानी प्रणालीसम्बन्धी राम्रो ज्ञान हुनुका साथै नेतृत्व क्षमता, संकट व्यवस्थापन, कर्मचारी व्यवस्थापन, विश्लेषणात्मक क्षमता, सञ्चार तथा निर्णय क्षमता हुनुपर्नेछ । उच्च नैतिकता, व्यावसायिकता, अनुशासन र गोपनीयता कायम गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

उक्त पदमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको आधिकारिक करियर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति सन् २०२६ नोभेम्बर १८ अर्थात् २०८३ मंसिर २ गते तोकिएको छ ।

प्रकाशित: २०८३ कार्तिक २० गते बिहिबार ०२:१५
प्रतिक्रिया

थप समाचार

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...

राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको...

एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौँः एनआईसी एशिया बैंकले विद्यमान सेयरधनीलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएसँगै...

तिहारका लागि दुई दिन बबरमहलबाट सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँः तिहारको अवसर पारेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। सीमित मौज्दातमा दुई दिन मात्रै बिक्री खुला गरिने भएकाले सुनचाँदीका...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना